यी हुन् सरकारको पैसा लिएर फिर्ता नगर्ने ९ कर्मचारी

सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक भएको छ ।

बिज्ञापन

कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गर्दा ९ जना कर्मचारी र दुई सशस्त्र प्रहरीको नाम समेत सार्वजनिक भएको छ ।

बिज्ञापन

सरकारले सार्वजनिक गरेको ५२ जनाको सूचीमा सशस्त्र प्रहरी बलका मनोज थापा, श्याम कुमार आचार्य रहेका छन् । उनीहरुको नाममा ६० हजार बढी सरकारी बाँकी रहेको उल्लेख छ ।
यस्तै,खानी तथा भूगर्भ विभागका विष्णुलाल श्रेष्ठ,राजेन्द्र श्रेष्ठ,विमला देवी शर्मा,स्वास्थ्य सेवा विभागको काली प्रसाद खनाल,कृष्ठरोग नियन्त्रण आयोजनाका लालबहादुर रोक्का,शेरबहादुर खड्का,नार्कको उत्तमबहादुर सिंह रहेका छन् ।

यसअघि पटक–पटक पत्राचार गर्दा र कार्यालयको वेबसाइटमार्फत जानकारी गराउँदा पनि बक्यौता बुझाउन नआएपछि सरकारले अन्तिम पटकका लागि यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र साँवा र नियमअनुसार लाग्ने ब्याजसहित सम्पूर्ण रकम चुक्ता गर्न कार्यालयले ताकेता गरेको छ ।

बिज्ञापन

निर्धारित ३५ दिनको अवधिभित्र पनि रकम राफसाफ नगरेमा प्रचलित कानुनबमोजिम यी व्यक्तिहरूको चलअचल सम्पत्तिबाट सरकारी बाँकी असुल उपर गरिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पालिकाका कर्मचारीसँग नक्कली शैक्षिक प्रमाणपत्र,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

बजारमा ग्यासको हाहाकार,आयल निगमलाई प्रतिवादी बनाएर सर्वाेच्चमा रिट दायर

आज पनि नबस्ने भयो क्याविनेट,दर्जनौं प्रस्ताव होल्ड

प्रत्यक्ष निर्वाचित सांसदबाटै मन्त्री बनाइने,मन्त्रालयको संख्या घटाइने

चुनाव जित्नेको भन्दा हार्नेहरुको खर्च धेरै

८ मन्त्रालय र ७०१ कर्मचारी दरबन्दी कटौतीको प्रस्ताव,कार्यन्वयन भए बार्षिक ४८ करोड बचत

बागमती प्रदेशमा मन्त्रालय कटौतीको प्रस्ताव, ७०१ कर्मचारी दरबन्दी घटाउने सुझाव

प्रधानमन्त्रीका स्वकीयको फोनपछि सतर्कता केन्द्रमा तरंग, सचिव तनावमा

बिशेष