सरकारलाई तिर्नुपर्ने बाँकी बक्यौता लामो समयसम्म नबुझाउने व्यक्ति तथा संस्थाहरूको नाम सार्वजनिक भएको छ ।
बिज्ञापन
कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कार्यालयले ५२ जना व्यक्ति तथा फर्महरूको तीनपुस्ते विवरणसहितको नामावली सार्वजनिक गर्दा ९ जना कर्मचारी र दुई सशस्त्र प्रहरीको नाम समेत सार्वजनिक भएको छ ।
सरकारले सार्वजनिक गरेको ५२ जनाको सूचीमा सशस्त्र प्रहरी बलका मनोज थापा, श्याम कुमार आचार्य रहेका छन् । उनीहरुको नाममा ६० हजार बढी सरकारी बाँकी रहेको उल्लेख छ ।
यस्तै,खानी तथा भूगर्भ विभागका विष्णुलाल श्रेष्ठ,राजेन्द्र श्रेष्ठ,विमला देवी शर्मा,स्वास्थ्य सेवा विभागको काली प्रसाद खनाल,कृष्ठरोग नियन्त्रण आयोजनाका लालबहादुर रोक्का,शेरबहादुर खड्का,नार्कको उत्तमबहादुर सिंह रहेका छन् ।
यसअघि पटक–पटक पत्राचार गर्दा र कार्यालयको वेबसाइटमार्फत जानकारी गराउँदा पनि बक्यौता बुझाउन नआएपछि सरकारले अन्तिम पटकका लागि यो सार्वजनिक सूचना जारी गरेको जनाएको छ । सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र साँवा र नियमअनुसार लाग्ने ब्याजसहित सम्पूर्ण रकम चुक्ता गर्न कार्यालयले ताकेता गरेको छ ।
बिज्ञापन
निर्धारित ३५ दिनको अवधिभित्र पनि रकम राफसाफ नगरेमा प्रचलित कानुनबमोजिम यी व्यक्तिहरूको चलअचल सम्पत्तिबाट सरकारी बाँकी असुल उपर गरिने सूचनामा उल्लेख छ ।



























