अनि महावीर पुनलाई झोक चल्यो

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुनले आफू चुनावमा होमिनुको कारण खुलाएका छन् ।

बिज्ञापन

निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।

बिज्ञापन

पुनले आफू मन्त्री रहेका बेला चाहेको काम गर्न नपाएका कारण रिस उठेर चुनाव लड्न दगुरेको उनले बताएका हुन । राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकार गरेको भए आफूमा यो निर्वाचनमा नलड्ने मनसाय नै नभएको उनको भनाइ छ ।

“शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो। तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन,” उनले भनेका छन् । एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्मल्याए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ ।’

बिज्ञापन

पुन शिक्षामन्त्रीबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

सुध्रिने पालो हामी कर्मचारीको

नीलो क्रान्तिले खोजेको योग्यता प्रणाली

बिशेष