आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएका पूर्वशिक्षामन्त्री महावीर पुनले आफू चुनावमा होमिनुको कारण खुलाएका छन् ।
बिज्ञापन
निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षा क्षेत्रमा सुधारका लागि अघि सारेका तीन वटा अध्यादेश ल्याउन सहयोग नपाएपछि आफूले म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएको बताएका छन्।
पुनले आफू मन्त्री रहेका बेला चाहेको काम गर्न नपाएका कारण रिस उठेर चुनाव लड्न दगुरेको उनले बताएका हुन । राष्ट्रपति र संसद्को विधान समितिले आफूले प्रस्ताव गरेका तीन अध्यादेश र चार नियमावली स्वीकार गरेको भए आफूमा यो निर्वाचनमा नलड्ने मनसाय नै नभएको उनको भनाइ छ ।
“शिक्षा क्षेत्रमा आमूल सुधार गरेर देशलाई अघि बढाउने उद्देश्य थियो। तर तीन वटा अध्यादेश ल्याउन आवश्यक सहयोग नै भएन,” उनले भनेका छन् । एउटा छुट्टै बलियो विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय बनाउन मुख्य सचिवले अल्मल्याए । अनि त रिस उठ्यो र म्याग्दीतिर दगुरेँ ।’
बिज्ञापन
पुन शिक्षामन्त्रीबाट राजीनामा दिएर चुनावमा होमिएका हुन् ।


























