हिजो एमाले कार्यकर्ता खेद्ने, आज भोट माग्ने ? नवराज न्यौपानेले उठाए गम्भीर प्रश्न

क्यानडामा रहेका नवराज न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत रसुवाली जनतालाई लक्षित गर्दै लामो अपील सार्वजनिक गरेका छन्। उनले आगामी २०८२ साल फाल्गुण २१ गते हुने निर्वाचनलाई केन्द्रमा राख्दै रसुवाली आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीलाई सचेत, सजग र प्रश्नशील बन्न आग्रह गरेका छन्।

बिज्ञापन

न्यौपानेले आफ्नो अपीलमा निर्वाचनका बेला उम्मेदवार घरदैलोमा भोट माग्न आउने उल्लेख गर्दै नेकपा (एमाले)बाट उम्मेदवार बनेका प्रेमबहादुर तामाङसँग जनताले विगतका गतिविधिबारे स्पष्ट प्रश्न गर्नुपर्ने बताएका छन्। उनले “पार्टी हाइज्याक गरेर उम्मेदवार बनेका पात्र” भन्ने कडा शब्द प्रयोग गर्दै विगतका राजनीतिक हिंसा, कुटपिट, धम्की, तोडफोड र आर्थिक गतिविधिका विषयमा जवाफ खोज्नुपर्ने धारणा राखेका छन्।

बिज्ञापन

उनले आफ्नो स्टाटसमा एमालेका नेता भिमलाल हिराचनको हत्या प्रकरणदेखि २०५२ देखि २०६४ सम्म एमाले नेता–कार्यकर्तामाथि भएको भनिएको कुटपिट, गाउँ निकाला, चन्दा असुलीको नाममा अपहरणजस्ता घटनाको स्मरण गराएका छन्। ती सबै घटनाहरू अहिले एमालेमै आएर उम्मेदवार बन्ने उद्देश्यले गरिएको थियो कि होइन भन्ने प्रश्न जनताले सोध्नुपर्ने उनको भनाइ छ।

न्यौपानेले विभिन्न व्यक्तिहरूमाथि भएको भनिएको शारीरिक आक्रमणको सूचीसमेत प्रस्तुत गर्दै चिरञ्जीवी पौडेल, विष्णु आचार्य, भरत पौडेल तथा रामकुमार न्यौपानेजस्ता व्यक्तिहरूलाई उदाहरणका रूपमा उल्लेख गरेका छन्। एमाले कार्यकर्ता भएकै कारण कति दुःख दिइयो भन्ने विषयमा उम्मेदवारसँग जवाफ माग्नुपर्ने उनको आग्रह छ।

बिज्ञापन

त्यसैगरी, २०६४ सालमा एमाले उम्मेदवार माधव अर्याललाई भोट माग्न नदिएको, बास बस्न नदिएको र राति खेदिएको आरोप पनि उनले स्मरण गराएका छन्। २०७० सालमा एमाले उम्मेदवार जनार्दन ढकालको चुनाव प्रचारमा अवरोध गरिएको, स्याफ्रु लगायत विभिन्न स्थानमा मोटरसाइकल र गाडी तोडफोड तथा दोहोरो भिडन्त हुँदा सयौँ कार्यकर्ता घाइते भएको दाबीसमेत अपीलमा समेटिएको छ।

न्यौपानेले पार्टीभित्रको आन्तरिक राजनीतिलाई पनि प्रश्नको विषय बनाएका छन्। उनका अनुसार पार्टी अध्यक्षसमेत रहेका जनार्दन ढकालमाथि मानमर्दन, अपमान र बहिर्गमनको अवस्था सिर्जना गरिएको विषयमा पनि उम्मेदवारसँग स्पष्ट जवाफ मागिनुपर्छ।

उनले आर्थिक विषयलाई झनै गम्भीर रूपमा उठाएका छन्। सेयरको नाममा, गरिबी निवारण कोष, हिमाली प्रोजेक्ट (बङ्गुर पालन) तथा कालिका सहकारीको नाममा उठाइएको भनिएको रकम कहिले र कसरी जनतालाई फिर्ता हुन्छ भन्ने प्रश्न रसुवाली जनताले सोध्नुपर्ने उनको भनाइ छ।

अपीलमा पार्टी परिवर्तनको प्रवृत्तिप्रति पनि प्रश्न उठाइएको छ। “सिजन–सिजनमा पार्टी बदल्नुको उद्देश्य के हो ?” भन्दै उनले भविष्यमा एमाले कमजोर भएपछि पुनः अर्को पार्टीतर्फ जाने ग्यारेन्टी के छ भन्ने प्रश्नसमेत उठाएका छन्। आगामी निर्वाचनपछि एमाले रसुवामा कमजोर भई एक वडा पनि जित्न नसक्ने र कार्यकर्ता पलायन हुने अवस्था आए त्यसको जिम्मेवारी लिन उम्मेदवार तयार छन् कि छैनन् भन्ने प्रश्न पनि उनले समेटेका छन्।

न्यौपानेले अन्त्यमा ती सबै प्रश्नहरू एमाले समर्थक र आम रसुवाली जनताले कापीमा टिपेर उम्मेदवार घरदैलोमा आउँदा निर्भीक रूपमा सोध्न आग्रह गरेका छन्। “उचित, तथ्यपूर्ण र चित्त बुझ्दो जवाफ आए मात्र भोट दिनुहोस्, अन्यथा आफ्नो मताधिकारबारे गम्भीर सोच्नुहोस्,” भन्ने सन्देशसहित उनले अपील टुंग्याएका छन्।

उनको यो अपील सामाजिक सञ्जालमा सार्वजनिक भएसँगै रसुवाको राजनीतिक वृत्तमा व्यापक चर्चा र बहस सुरु भएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अनि महावीर पुनलाई झोक चल्यो

हिजो एमाले कार्यकर्ता खेद्ने, आज भोट माग्ने ? नवराज न्यौपानेले उठाए गम्भीर प्रश्न

सहसचिवद्धय दाहाल र केसीले गरे विद्यावारिधी

थप पाँच शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

८७ बर्ष पूर्व प्रशासक पनि चुनावी मैदानमा

उम्मेदवारी दर्ता गराउँदा समेत जेनजी मन्त्रीले फिर्ता गरेनन् सरकारी गाडी

जेन्जी आन्दोलनका घाइतेको उपचारमा स्वास्थ्य सचिव डा. देवकोटाको त्यो ‘कमान्ड’

प्रधानमन्त्रीले सम्हाल्ने तीन मन्त्रालय

बिशेष