निर्वाचन आचारसंहिता लागू : सरकारी नियुक्ति सरुवा, बढुवामा आजदेखि लगाम

आइतबार मध्य रातदेखि उक्त आचारसंहिता लागू गरिएको आयोगले सूचना जारी गर्दै जनाएको छ । आयोगले यसअघि माघ ३ गतेदेखि नै आचारसंहिता लागू गर्ने जनाए पनि आजदेखि कार्यान्वयनमा ल्याएको हो ।

बिज्ञापन

यो आचारसंहिता सबै तहका सरकारी कार्यालय, सार्वजनिक संस्थान, विश्वविद्यालय, सङ्घसंस्था तथा प्रतिष्ठान, राजनीतिक दल तथा उम्मेदवारका लागि लागू हुने आयोगले जनाएको छ ।

बिज्ञापन

आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ। आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

आयोगबाट अर्को सूचना प्रकाशन नभएसम्म विभिन्न निकाय र त्यसमा कार्यरत व्यक्तिलाई आचारसंहिता लागू हुनेछ। आयोगका अनुसार नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र सो निकायका पदाधिकारी र नेपाल सरकार वा प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारीलाई आचारसंहिता लाग्नेछ।

बिज्ञापन

स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भातृ सङ्गठनलाई आचारसंहिता लाग्नेछ।

उम्मेदवार तथा सम्बन्धित व्यक्ति,राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधि, सार्वजनिक पद धारणा गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्तालाई आचारसंहिता लाग्ने छ।

पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी आचारसंहिताको दायरामा परेका छन्।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा परियोजनाका कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा सो संस्थाका कर्मचारी पूर्ण रुपमा आचारसंहिताको दायरामा परेका छन्।

निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, सोका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी, कर्मचारी तथा कामदार र आयोगले तोकेका अन्य निकाय वा व्यक्तिलाई आचारसंहिता लाग्नेछ।

आचारसंहिताको पूर्ण कार्यान्वयन र पालनाका लागि आयोगले सबैको सहयोगको अपेक्षा गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

रातो पासपोर्ट फिर्ता गरे अर्थमन्त्री रामेश्वर खनालले

बिशेष