राजनीतिक भागबन्डाको मारमा लोक सेवा,५ महिनादेखि विज्ञापन शून्य

कर्णाली प्रदेशमा लोकसेवा आयोग राजनीतिक दलहरुको भागबण्डाको मारमा पर्दा वर्ष दिनदेखि नेतृत्वविहीन अवस्थामा छन् । २०८१ पुसदेखि बन्धक बनेको लोकसेवा आयोगलाई पूर्णता दिने बिषयमा काँग्रे र एमाले लगायतका दलबीच कुरा नमिल्दा प्रदेश लोकसेवा आयोगले विज्ञापन समेत गर्न सकेको छैन ।

बिज्ञापन

लोक सेवा आयोग ०८१ पुस ३ गतेदेखि नेतृत्वविहीन छ । २०७७ फागुन ६ गते अध्यक्ष उपाध्यायसहित सदस्यमा वसन्तीकुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त भएका थिए । आयोगका अध्यक्षको पदावधि ६ वर्षको भए पनि उपाध्याय उमेर हदका कारण चार वर्षमै निवृत्त भएका थिए । उनीसॅगै नियुक्ति पाएका खड्काले पनि अबकाश पाइसकेका छन् तत्कालीन अध्यक्ष रामप्रसाद उपाध्यायले ६५ वर्षे उमेर हदका कारण अनिवार्य अवकाश पाएपछि पद रिक्त हुन पुगेको हो । अहिले सदस्य सिंह शाहीले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

बिज्ञापन

कर्मचारी अभावको चर्को मार खेपिरहेको कर्णाली प्रदेश लोकसेवा आयोग कामविहीन हुनपुग्दा कर्मचारी भर्ना समेत अगाडि बढ्न सकेको छैन । प्रदेश सरकारले चालू आर्थिक वर्ष नयाँ कर्मचारी पदपूर्तिका लागि माग फाराम पठाएको छैन । त्यहाँ २८ प्रतिशत कर्मचारी अभाव छ । आयोगले नवौँ, सातौँ, पाँचौँ र चौथो तहका लागि मुख्यमन्त्री कार्यालयमा माग फाराम भरेर पठाउन आग्रह गरेको थियो तर प्रदेश सरकारले दरबन्दी नै नपठाएकाले कुनै काम हुन सकेको छैन । गत आर्थिक वर्षको अन्तिममा गरिएको प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायकस्तर चौथो तह (अप्राविधिक र प्राविधिक) ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनद्वारा हुने बढुवा, आन्तरिक अन्तरसेवा प्रतियोगिता, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापनयता कुनै पनि विज्ञापन समेत निकालेको छैन । उता, २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत नहुँदासम्म पदपूर्तिका लागि कुनै विवरण नपठाउने निर्णय गरेको छ ।

नयाँ ओएनएम तयार भए हाल कायम कर्मचारी दरबन्दी संख्यामा बृद्धि हुने प्रदेश सरकारको भनाइ छ । नयाँ ओएनएमका लागि कार्यालयले स्थानीय तहबाट विवरण मागेको छ । अहिले कर्णाली प्रदेशका लागि दुई हजार नौ सय जनाको दरबन्दी कायम गरिएको छ । यसैबीच, केही दिनअघि प्रदेश सरकारले आर्थिक भार कम गर्न मन्त्रालय गाभेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय औपचारिक रूपमै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लगिएको छ । प्रदेशमा हाल दुई हजार हाराहारी कर्मचारी कार्यरत छन् । कर्णाली सरकारले आर्थिक व्यभार बढेको भन्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मंसिर १ गतेदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा गाभेको छ । मन्त्रालय मुख्यमन्त्री कार्यालयमा गाभिएसॅगै मन्त्री, सचिवसहित २५ जना कर्मचारीको दरबन्दी कटौती गरिएको छ । पदपूर्ति प्रक्रिया रोकिँदा प्राविधिकतर्फका कर्मचारीको चर्काे अभाव खेपिरहेको छ,कर्णाली ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लाङटाङ निकुञ्जको एक्सन: तीन वर्षदेखिको अतिक्रमण अन्त्य, ७ हेक्टर सार्वजनिक जग्गा संरक्षणमा फर्काइयो

वागमती परियोजनामा रहँदा महानिर्देशक बोहराले गरेका थिए ठेक्का नियम मिचेर अर्बाैको भेरियसन

राजनीतिक भागबन्डाको मारमा लोक सेवा,५ महिनादेखि विज्ञापन शून्य

खेलकुद विकास परिषद्को सदस्यसचिवमा तीन जनाको नाम सिफारिस

एमाले उपाध्यक्ष पौडेलले खोसे ठाकुर गैह्रेको टिकट

सचिवको सरुवा टुंग्याएपछि चुनाव लड्ने तयारीमा सञ्चारमन्त्री

हिमशृङ्खला एकेडेमीले मनायो ३१औँ स्थापना दिवस

ललितपुर मालपोत प्रमुखको सरुवा सदर,भक्तपुरका प्रमुख र सुव्वाको सरुवा बदर

बिशेष