एमाले उपाध्यक्ष पौडेलले खोसे ठाकुर गैह्रेको टिकट

नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गरेपछि पार्टीभित्र असन्तुष्टि चर्किएको छ । शनिबार झण्डै ८ घण्टा बसेको एमाले सचिवालय बैठकमा निश्चत मापदण्ड विनै उम्मेदवार छनोट गरिएपछि नेताहरुले असन्तृष्टि जनाउन थालेका छन् ।

बिज्ञापन

विशेष गरी टिकट वितरणमा पार्टी अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेताहरुले आपत्ति जनाएका छन् । अध्यक्ष केपी शर्मा ओलीले ईश्वर पोखरेल पक्षधर योगेश भट्टराईसहित सुरेन्द्र पाण्डे, गोकुल बास्कोटा, कृष्णगोपाल श्रेष्ठ, विनोद ढकाल, कर्ण थापा, गणेश पहाडी, झपट रावल, तारा लामा लगायतप्रति ओली अनुदार भएको पाइएको छ । यी नेताहरू एमालेको ११ औैं राष्ट्रिय महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट प्रतिस्पर्धा गरेका थिए ।

बिज्ञापन

यता, एमाले उपाध्यक्ष विष्णु पौडेल पाल्पा २ मा पुग्दा ठाकुर गैरेको टिकट खोसिएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले निर्वाचन क्षेत्र परिवर्तन गरेर पाल्पा पुगेका हुन । नेकपा एमालेको शनिबार बसेको सचिवालय बैठकले देशभरीका उम्मेवारको टुंगो लगाउँदा पौडेल पाल्पा २ जाने निर्णय भएको छ । उनी यसअघि रुपन्देही २ बाट निर्वाचित हुँदै आएका थिए। यसपटक पनि उनको नाम त्यही क्षेत्रबाट एकल सिफारिस भएको थियो। तर त्यहाँ हार्ने स्थिति देखेसँगै उनी पाल्पाबाट चुनाव लड्ने भएका हुन ।
पाल्पा २ मा यसअघि ठाकुर गैरे ले निर्वाचन जितेका थिए । तर यसपटक गैरेलाई टिकट नदिइएर उपाध्यक्ष पौडेललाई टिकट दिइएकोले विवाद उत्पन्न भएको हो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पूर्वसचिव आचार्यको राष्ट्रिय गीत सार्वजनिक : जेनजी युवालाई देश निर्माणको आह्वान

व्हाट्सएप अभिव्यक्तिका कारण मतदान अधिकृत गैरे हटाइए

राष्ट्रिय सुरक्षा परिषद् बैठक सम्पन्न

मतदान अधिकृत जिम्मेवारीबाट हटाइए

मौन अवधिमा सरकारी सवारीमाथि शंका: निजी नम्बर प्लेट जडान आरोपमा पूर्वसभामुखका ज्वाइँ नियन्त्रणमा

मध्यपूर्वमा बदलिँदो शक्ति–सन्तुलन, आतंकवाद र इरान–अमेरिका तनाव 

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

निर्वाचनमा खटिएका २ लाख २१ हजार कर्मचारीलाई शतप्रतिशत सुविधा, २० लाखसम्म बिमा

बिशेष