अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिव,लेखापालसहित आठ विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ ।
बिज्ञापन
किशोरीहरुको लागि खेलौना बनाउने तालिममा विनियोजित भएको रकम हिनामिना गरेको अभियोगमा सर्लाहीको बलरा नगरपालिकाका नगर प्रमुख रामा शंकर प्रसाद कुशवाहासहित प्रमुख प्रशासकीय अधिकृत सुशील कुमार साह, वडा नम्बर ५ का अध्यक्ष मनोजमोहनकुमार सिंह, राजकुमार महतो, योजना शाखा प्रमुख उदयकुमार साह, शान्ति विकास कल्याण केन्द्र गौरका सविन्द्रनारायण साह, सदस्य कुमार पासवान र जाजुल मियाँ कवारीविरुद्ध मुद्दा दायर गरिएको छ। तालिम नै नदिई नक्कली बिल बनाएर बजेट हिनामिना गरेको देखिएपछि मुद्दा दायर गरिएको हो ।
अख्तियारका अनुसार, बलरा नगरपालिकामा आर्थिक बर्ष ०८०/ ०८१ मा विभिन्न कार्यक्रम तथा परियोजना अनुसार बजेट बिनियोजन भएकोमा बलरा नगरपालिकाले ११ औं नगरसभाबाट पारित नगरस्तरीय कार्यक्रम “किशोरीहरुको लागि खेलौना बनाउने तालिम” को ४ लाख बजेट बिनियोजन भई उक्त तालिमको लागि बलरा नगरपालिकाले ३ लाख ९९ हजार ९९९लागत अनुमान तयार गरी बलरा नगरपालिका र शान्ति विकास कल्याण केन्द्र गौर ८, रौतहट बीच ३० कार्यदिन तालिम संचालन गर्न सम्झौता गरी नक्कली कागजात तयार पारिएकोमा पछि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला शाखा कार्यालय बर्दिबास महोत्तरीले १७ जना सहभागीहरु मध्ये ९ जना सहभागीहरुको हस्ताक्षर औंठाछाप नमिलेको भनी परीक्षण प्रतिवेदन दिएको देखिएको अख्तियारले जनाएको छ ।
उक्त तालिमको उपादेयता हासिल गर्न अनिवार्य रुपमा ३० दिन संचालन गर्नै पर्ने अन्यथा त्यसको उपादेयता नै नहुने कुरा जानी बुझी तोकिएको तालिम सञ्चालन नगरी झुट्टा तथा नक्कली बिल भरपाई सहितका कागजात तयार एवं स्वीकृति गरीरगराई सोही बमोजिम बलरा नगरपालिकाबाट भुक्तानी लिए दिएको नगर प्रमुख कुशवाहासहितको आपसी मिलेमतोमा तथा योजनामा ३० कार्य दिन नै संचालन भए गरेको भनी देखाउन उद्घाटनरसमापनको हाजिर विवरणमा नगर प्रमुख कुशवाहा र वडा अध्यक्ष सिंह उपस्थित भई सोही उपस्थितिसमेत देखाई हस्ताक्षर गरेको थियो ।
सम्झौता बमोजिम तालिम संचालन नै नगरी सहभागी भनिएकाहरुको झुट्टा तथा नक्कली बिल भरपाई लगायतका कागजात तयार गरी गराई गलत प्रतिवेदन दिई दिन लगाई सोही झुट्टा तथा नक्कली बिल भरपाई लगायतका संलग्न कागजातहरुको आधारमा शान्ति विकास कल्याण केन्द्रलाई ३ लाख ८२ हजार ०५३ रुपैयाँमा विगो दावी गरिएको छ


























