हरेक चुनावमा चिन्ह फेरिरहने एक उमेद्धार,यस पटक सूर्यबाट सिफारिस

एक जना राजनीतिक व्यक्ति,कतिसम्म अस्थिर र अवसरवादी हुनसक्छ ? यस्को जर्वजस्त उदाहरण हुन रसुवाका प्रेम तमाङ । उनको दुई दशकको राजनीतिक जीवनमा प्रवेश गर्न बाँकी पार्टी रास्वपा बाहेक अरु छैन । कुनै समय राप्रपा,माओवादी,नयाँ शक्ति,काँग्रेस हुँदै अहिले खाँटी कमरेड भएर नेकपा एमालेमा पुगेका उनै प्रेमलाई रसुवाली एमालेका एकाथरी कमरेडहरु वन साङ्लाले घर साङ्लालाई लखेटेको रुपमा टिप्पणी गर्न थालेका छन् ।

बिज्ञापन

तमाङ एउटा यस्तो उमेद्धार हुन,जस्को पछिल्लो दुई दशकमा प्रत्येक निर्वाचनमा पार्टी फेरिएको छ,चुनाव चिन्ह परिवर्तन भएको छ । हालैमात्र नेकपा एमालेले जिल्ला कमिटीमा चुनावसम्मका लागि जिल्ला संयोजन गर्ने इञ्चार्ज समेत तोकेको छ । प्रेम ०६४ को संविधानसभा निर्वाचनमा रसुवाबाट माओवादी प्रतिनिधिको रूपमा विजयी भएका थिए । त्यसपछि उनी ०७४ सालमा तत्कालीन नयाँ शक्ति पार्टीको तर्फबाट रसुवा क्षेत्र नम्बर १ ख बाट बागमती प्रदेशसभामा विजयी भएका थिए । पछि उनी काँग्रेस बनेका हुन र ८० साल वैशाख ९ मा एमालेमा प्रवेश गरे । रोचक चाहिँ प्रेम जुन पार्टीमा सक्रिय रहे,सोही पार्टी र राजनीतिमा लफडामा पर्दै आएको छ । पछिल्लो समय उनी एमाले पार्टीमा प्रवेश गरेसँगै पार्टीमा आन्तरिक कलह चुलिएको थियो । पार्टीभित्रका जनजाती पृष्टभूमिका नेताहरुलाई एकत्रित गरेर जातीय राजनीति गर्न थालेपछि जनार्दन एकिलदै गएका थिए र उनी अहिले पार्टीमा निस्क्रिय अवस्थामा पुगेका छन् । प्रेमलाई प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालको विशेष पहलकदमीमा एमाले प्रवेश गरेका थिए । पछि उनैलाई पार्टीको केन्द्रीय सदस्य र रसुवा इन्चार्जको जिम्मेवारी दिएका थिए ।

बिज्ञापन

नेकपा एमाले रसुवाले उनै तामाङसहित एमालेका निवर्तमान केन्द्रीय सदस्य तथा उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
गत पुस २० गते बसेको जिल्ला कमिटी बैठकले भवानी प्रसाद न्यौपाने,हित बहादुर न्यौपाने,कृष्ण बहादुर तामाङ, माधब अर्याल,टासी फिन्जो तामाङ,प्रेम बहादुर तामाङ,छोवाङ तेन्जिन तामाङ,अशोक कुमार घिमिरे,कर्णेल लामा र तेम्रेल तामाङको दाबी प्रस्तुत गरे पनि सहमति नजुटेपछि बैठकले पार्टी पदाधिकारीलाई उम्मेदवारहरूबीच छलफल गरी प्रेम र अर्यालको नाम सिफारिस गरेको हो ।

प्रेम तामाङ २०६४ सालमा संविधानसभा सदस्य तथा २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो । त्यस्तै, माधव अर्याल २०५४ सालमा गाविस अध्यक्ष, २०६४ मा संविधानसभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट उम्मेदवार तथा २०७९ सालमा उत्तरगया गाउँपालिकाका अध्यक्षको भूमिकामा रहेका छन् ।

बिज्ञापन

राजनीति आर्दश,मूल्य,मान्यताका आधारमा हुने गर्दछ,जता मल्खु,उतै ढल्कु प्रविृत्तिका व्यक्ति राजनीतिमा लागेर तिनै व्यक्ति नेतृत्व तहमा पुग्दा जनताको भाग्य र भविष्य कस्तो होला ? यो कोणबाट समेत प्रश्न गर्न थालेका छन्,रसुवाका बुद्धिजीविहरु ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन

मुलुकले कहिलेसम्ममा पाउँछ नयाँ प्रधानमन्त्री ?

भावी प्रधानन्यायधीशका लागि ६ जनाको संवैद्यानिक परिषद्मा सिफारिस,कस्ले मार्लान बाजी ?

कर्मचारीको सेवासुविधा दोब्बर नगरे प्रशासन चल्दैन : पन्थी

प्रतिनिधि सभामा निर्वाचित १६५ सांसदमध्ये सबैभन्दा पाका टेकबहादुर गुरुङ

नक्कली सर्टिफिकेटमा बढुवा, अख्तियारले चलायो मुद्दा

काठमाडौंको वायु प्रदूषण निकै अस्वस्थ तहमा

सचिव बढुवाका लागि तीन सहसचिव सिफारिस, मन्त्रिपरिषद् नबस्दा निर्णय रोकियो

बिशेष