निर्वाचन सुरक्षामा उच्च सतर्कता, सशस्त्र प्रहरी पूर्ण तयारीमा

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मुलुकको समग्र सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सशस्त्र प्रहरी बल नेपाल उच्च सतर्कताका साथ परिचालित भएको छ। एकीकृत सुरक्षा रणनीतिअनुसार दोस्रो घेराको प्रमुख जिम्मेवारी पाएको सशस्त्र प्रहरीले कुनै पनि सुरक्षा कमजोरी हुन नदिने स्पष्ट संकेत दिएको छ।

बिज्ञापन

सशस्त्र प्रहरी बलका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउन संगठनका सबै संरचना क्रियाशील बनाइएका छन्। मुख्यालयदेखि बाहिनी र जिल्लासम्म निर्वाचन केन्द्रित ‘सेल’ गठन, जनशक्ति व्यवस्थापन, तालिम तथा आवश्यक बन्दोबस्ती सम्पन्न भइसकेको छ।

बिज्ञापन

निर्वाचनलाई लक्षित गर्दै मतदान क्षेत्रलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य गरी वर्गीकरण गरिएको छ। सोही आधारमा सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरीको भनाइ छ। कुनै अप्रत्याशित अवस्था आए तत्काल नियन्त्रणका लागि केन्द्रमा ‘स्पेसल टास्क फोर्स’ तयारी अवस्थामा राखिएको छ भने प्रत्येक बाहिनीमा ‘क्विक रियाक्सन टिम’ परिचालित गरिएको छ।

मोबाइल स्ट्राइकिङ टिम, क्विक रेस्पोन्स टिम र रिजर्भ फोर्सलाई पनि आवश्यक परे तत्काल परिचालन हुने गरी तयारी अवस्थामा राखिएको छ। सुरक्षा निकायबीच समन्वयलाई प्राथमिकतामा राखेर रणनीति कार्यान्वयन भइरहेको जनाइएको छ।

बिज्ञापन

निर्वाचन सुरक्षामा सशस्त्र प्रहरीतर्फ ३४ हजार ५७६ जना र थप १५ हजार ११० जना निर्वाचन प्रहरी परिचालित हुनेछन्। जनशक्ति अभाव पूर्ति गर्न निर्वाचन प्रहरी लिइएको जनाउँदै उनीहरूलाई सशस्त्र प्रहरीले नै कमाण्ड गर्ने स्पष्ट पारिएको छ। छोटो अवधिको तालिमपछि उनीहरूलाई सशस्त्र प्रहरीसँगै मोबाइल टोलीमा खटाइनेछ।

निर्वाचन अवधिभर कुनै पनि अप्रिय घटना हुन नदिन सशस्त्र प्रहरीले उच्च सतर्कता अपनाएको छ। जिल्लास्तरीय सुरक्षा समिति र अन्य सुरक्षा निकायसँग समन्वय गरी परिचालन हुने व्यवस्था मिलाइएको छ। आवश्यकता परे १० मिनेटभित्र घटनास्थलमा पुग्ने गरी सुरक्षा फौजलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीको दाबी छ।

निर्वाचनसँगै सीमा क्षेत्रबाट हुनसक्ने अवाञ्छित गतिविधि रोक्न बोर्डर आउट पोस्ट (बीओपी)हरूलाई थप सक्रिय बनाइएको छ। छिमेकी देशका समकक्षी सुरक्षा निकायसँग नियमित गस्ती र समन्वय बैठक भइरहेको जनाइएको छ।

यसैबीच, सशस्त्र प्रहरीले पछिल्लो छ महिनामा मात्रै एक अर्ब ८५ करोड रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर राजस्व अनुसन्धान र भन्सार कार्यालयमा बुझाइसकेको जनाएको छ।

सुरक्षा फौजको मनोबलबारे उठेका प्रश्नलाई अस्वीकार गर्दै सशस्त्र प्रहरीले आफ्नो मनोबल उच्च रहेको दाबी गरेको छ। विगतका निर्वाचन व्यवस्थापन अनुभवका आधारमा यसपटक पनि जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास संगठनले व्यक्त गरेको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

हरेक चुनावमा चिन्ह फेरिरहने एक उमेद्धार,यस पटक सूर्यबाट सिफारिस

सिन्धुलीबाट पूर्व मन्त्री,लेखा अधिकृतदेखि भूगोलविद्सम्म सिफारिस

 चेतनात्मक विकास र प्रकृति संरक्षण         

सहरी विकास मन्त्रालय : सुधारको परीक्षा कि पुरानै सेटिङको निरन्तरता?

भक्तपुर मालपोत कार्यालयमा बिचौलिया–सेटिङ र घुस असुलीको जालो, करोडौँको चलखेलको आरोप

किन भुत्ते भए भ्रष्टाचार नियन्त्रणका लागि खडा भएका सरकारी संयन्त्र ?

प्राविधिकतर्फका चार शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

घुसकाण्डसँग जोडिएका व्यक्ति पुनः विभागमा, भाइ–दिदी भित्र्याउँदै महानिर्देशक

बिशेष