तिलगंगा आँखा अस्पताल काठमाण्डौले एकै स्थानमा १३ सय जनाको आँखाको सर्जरी सम्पन्न गरेको छ । अस्पतालले सिङ्गापुरको अपरेसन रेगोइस परोपकारी संस्थाको आर्थिक सहयोगमा बृहत आँखा सर्जरी सम्पन्न गरेको हो ।
बिज्ञापन
डा.रिता गुरुङ्ग नेतृत्वको टोलीले बाराको निजगढमा पुष १४ गते देखि १७ गते सम्म सञ्चालन भएको शिविरमा १ हजार २ सय ९१ जनाको मोतियाबिन्दूको सर्जरी सम्पन्न भएको हो । तिलगंगा आँखा अस्पतालमा तीन दिनको अवधिमा १ हजार ५५ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरेको हो । एकै ठाँउमा यति धेरैको सर्जरी भएको सम्भवत बिश्वमा पनि बिरलै रेकर्ड भएको अस्पतालले जनाएको छ ।
नेपाल र यस क्षेत्रमा अन्धोपनाको रोकथाम र नियन्त्रणलाई सहयोग गर्न जुलाई १९९२ मा नेपाल आँखा कार्यक्रम आधिकारिक रुपमा सुरु गरिएको थियो । तिलगङ्गा आँखा केन्द्रको रुपमा चिनिने तिलगङ्गा आँखा संस्थान नेपाल आँखा कार्यक्रमको कार्यान्वयन निकाय हो । जुन एक गैर नाफामुखी, समुदायमा आधारित संस्था हो ।
२०८१ कात्तिकमा स्थापना गरिएको निजगढ तिलगंगा आँखा अस्पतालले हाल नियमित आँखा परीक्षण, शल्यक्रिया सेवा, चश्मा तथा औषधि वितरणका साथै सामुदायिक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। एकै पटक १ हजार ५ सय जनाको मोतियाबिन्दु शल्यक्रिया गर्ने लक्ष्यसहित शिविर सञ्चालन गरिएको यो निजगढ तिलगंगा आँखा अस्पतालको पहिलो अभियान हो।


























