सम्पत्ति शुद्धीकरणको प्रहरी दरबन्दी कटौती,सिंहदरबार गणको नेतृत्व अब एसपीको कमाण्डमा

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गृह मन्त्रालयले पेश गरेको दरबन्दी हेरफेरको प्रस्तावलाई स्वीकृति प्रदान गरेको छ ।  मन्त्रिपरिषदले स्वीकृत गरेको ओएन्डएम प्रतिवेदनअनुसार प्राविधिकतर्फ ९ जना एसपीको दरबन्दी थप भएको छ । ९ मध्ये ८ एसपीलाई प्रहरी अस्पतालमा र एक जनालाई प्रहरीको विधिविज्ञान प्रयोगशालामा जिम्मेवारी दिइने उल्लेख छ ।

बिज्ञापन

यस्तै केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)मा आर्थिक तथा वित्तीय अपराध महाशाखाका लागि दरबन्दी थप भएको छ। महाशाखाका लागि एक एसएसपी, एक एसपी, एक डिएसपी र दुई इन्स्पेक्टरको दरबन्दी थप गरिएको हो। एआइजीको नेतृत्वमा रहने सिआइबीमा अब एक डिआइजी, एसएसपी दुईजना एसपी तीनजना हुने भएका छन् ।

बिज्ञापन

गृह मन्त्रालयका अनुसार, नेपाल प्रहरीमा एसएसपी, एसपी र डिएसपीका ३–३ दरबन्दी थप गरेको छ । त्यस्तै, इन्सपेक्टरका ६ दरबन्दी थपिएको हो । थपिएका तीनमध्ये एसएसपीका तीन पद प्रहरी महानिरीक्षकको सचिवालय, सिआइबी र कानून महाशाखामा राखिएको छ। त्यस्तै, एसपीको तीन दरबन्दी थप र एक दरबन्दी स्थानान्तरण गरिएको छ। प्रहरी महानिरीक्षकको सचिवालय, सिआइबी र प्रहरी अस्पतालमा एसपीको दरबन्दी थप गरिएको हो।
यस्तै,सिआइबी, कानून र अन्वेषणमा डिएसपीको १–१ दरबन्दी थप भएको छ। इन्सपेक्टरका ६ दरबन्दी पनि यीनै निकायमा थप गरिएको छ ।

प्रहरी अस्पतालमा तल्लो पद कटौती गरी एसपीका ८ दरबन्दी थप गरिएको छ। प्राविधिक र प्रशासनतर्फ गरेर समग्रमा एसपीको ११ दरबन्दी थप भएको छ ।

बिज्ञापन

उता सम्पत्ति शुद्धीकरण विभागबाट व्यापक मात्रामा प्रहरी दरबन्दी कटौतीमा परेको छ । गृह मन्त्रालयका अनुसार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा रहेको ३१ पदमध्ये केही कटौती तथा केही स्थानान्तरण गरी आर्थिक भार नपर्ने गरी मिलान भएको गृह मन्त्रालयले जनाएको छ ।यसरी सम्पत्ति शुद्धीकरणमा एपसीको दरबन्दी कटौती हुँदा मुलुककै मुख्य प्रशासनिक निकाय सिंहदरबारमा एपसी खटाउने तयारी भएको छ । यस अघि सिंहदरबार गणको कमाण्ड डिएसपीले गर्दै आएका थिए ।

गृह मन्त्रालयका अधिकारीका अनुसार, सिंहदरबार गणमा पनि एसपी राख्ने तयारी छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको एसपीको पदलाई स्थानान्तरण गरी सिंहदरबार गणमा राख्न लागिएको हो। सो गणमा हाल डिएसपी इन्चार्ज रहँदै आएका थिए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी हुन जगेडामा रहेका ३६ मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत

यी ६ कारणले स्थगित भयो उपसचिवको परीक्षा

उपसचिव पदको परीक्षा कार्यक्रम स्थगित

‘घुस्याहा अड्डा’बाट सरुवा भएका दुई मालपोत प्रमुख पुगे प्रशासकीय अदालत

नवौं तहका १६ कर्मचारीहरुको सरुवा,फेरिए यातायात र उद्योग कार्यालयका प्रमुखहरु

करार सेवाका कर्मचारीलाई बोक्ने स्थायीलाई छेक्ने,सचिवज्यू, यही हो त सुशासन ?

इपीएस परीक्षा पास गरेकाहरुको पक्षमा श्रम मन्त्रालयले गर्‍यो यस्तो निर्णय

“घर… एक सपना” अब DishHomeGO OTT एपमा, भोलिबाट सुरु स्ट्रिमिङ

बिशेष