राष्ट्रियसभामा काँग्रेसलाई ‘लोटरी’,आज हुँदैछ मनोनयन

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरुको मनोनयन हुँदै छ । राष्ट्रिय सभामा अगामी फागुन २० गते पदावधि सकिने १८ जना सदस्यका लागि आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ । एमालेका ८, नेकपाको ८ र जसपा नेपालको २ जनाको पदावधि सकिन लागेका कारण निर्वाचन गर्न लागिएको निर्वाचन आयोगले जनाएको छ । माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ ।

बिज्ञापन

राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदै छ । आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले राष्ट्रिय जनगणना २०७८ अनुसार मतदाता र मतभार सार्वजनिक गरिसकेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा र स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहनेछन् । पछिल्लो मतभार अनुसार प्रदेश सभाको ५३ र स्थानीयत तहको १९ कायम भएको छ ।

बिज्ञापन

आयोगले सार्वजनिक गरेको सूची अनुसार कोशी प्रदेशमा ९३ प्रदेशसभा, २७४ स्थानीय तह गरी कुल ३६७ मतदाता छ । प्रदेशसभातर्फ ४९२९, स्थानीय तहतर्फ ५२०६ गरी कुल १० हजार १३५ मतभार छ ।
निर्वाचन कार्यतालिका अनुसार, आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार पुस १९ गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली सार्वजनिक गरिनेछ । पुस २२ गते दिउँसो ३ देखि ४ बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध तथा निवेदनमाथि छानविन गरी अन्तिम नामावली प्रकाशित गर्ने, पुस २३ गते बिहान १० देखि ३ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने तालिका प्रकाशन गरेको छ । यस्तै, पुस २४ गते बिहान १० देखि ४ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने कार्यक्रम छ । पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । यस्तै, पुस २८ गते उमेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन कार्यतालिका छ । माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ ।

यसैबीच, राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र मधेशकेन्द्रित जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच तालमेल गर्ने सहमति भएको छ । तालमेलका लागि कांग्रसले सात, एमालेले सात, नेपाली कम्युनिस्ट पार्टीले तीन र जसपाले एक सिट लिने गरी समझदारी बनेको छ ।
यही सहमति अनुसार अगाडि बढे राष्ट्रिय सभामा काँग्रेसलाई चिठ्ठा पर्ने छ । राष्ट्रिय सभामा अहिले १८ जनाको पदावधि सकिन लागेकोमध्ये कांग्रेसको एक जना पनि छैन । सहमति अनुसार एमालेले साविकमध्ये एक सिट गुमाउँदा नेकपाले पाँच सिट गुमाउने भएको छ । त्यस्तै जसपा नेपालले एक सिट गुमाउने देखिन्छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

तीन दिनमै तेह्र सयको मोतियाबिन्दुको शल्यक्रिया

क्याविनेटबाट ओएनएम स्वीकृत भए लगतै १० प्रहरी एसपी एसएसपीमा बढुवा

कीर्ते हाजिरी प्रकरणमा जोडिएका महानिर्देशक तानिए मन्त्रालय

६ जना उपसचिवमा बढुवा

प्रमुख प्रशासकीय अधिकृत,लेखापालसहित चार विरुद्ध भ्रष्टाचार मुद्धा दायर

सशस्त्र प्रहरीका तीन डीआईजी अनिवार्य अवकाशमा

संघीय सचिवालयमा करोडौँको अनियमितता, उच्चस्तरीय छानबिनको माग

राजीनामा दिने तयारीमा मन्त्री घिसिङ

बिशेष