२७ बर्ष पूरानो भन्सार मूल्यांकन प्रणाली बन्द, देशभर कारोबार मूल्यमा आधारित प्रणाली लागू

नेपालको भन्सार प्रशासनले ऐतिहासिक फड्को मारेको छ ।

बिज्ञापन

विभागले २७ बर्ष पूरानो भन्सार मूल्यांकन प्रणाली बन्द गरी नयाँ मूल्यांकन प्रणाली लागू गरेको हो । यो सँगै देशैभरका भन्सार कार्यालयमा  डाटाबेस मूल्यांकन प्रणाली लागु गरेको छ । अन्तर्राष्ट्रिय व्यापारलाई थप सहज, पारदर्शी बनाउन र लागत न्यूनीकरण गर्न भन्दै विभागले देशभरका भन्सार कार्यालयमा अब अनलाइन भन्सार मूल्यांकन डाटाबेस प्रणालीको प्रारम्भ गरेको हो ।

बिज्ञापन

भन्सारमा सामान भित्रिँदा त्यसको मूल्य कति हो र त्यसमा कति कर लाग्छ भन्ने निर्धारण गर्ने प्रक्रिया नै भन्सार मूल्यांकन हो । विगतमा भन्सार प्रशासनले सन्दर्भ मूल्यलाई आधार बनाएर भन्सार मूल्यांकन गर्दै आएका थिए । तर सन्दर्भ मूल्य तत्काल परिवर्तन हुन नसक्ने तर वस्तुको मूल्य छोटो समयमै घटबढ हुने भएकोले यसले व्यवहारिक समस्या निम्तिँदै आएको थियो ।

विभागले कारोबार मूल्यमा आधारित भन्सार मूल्यांकन प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याएसँगै भन्सार जाँचपासमा विवाद र अपारदर्शिताको मानिएको रेफरेन्स बुक राख्ने परम्पराको अन्त्य भएको छ । तीन महिनाअघि विराटनगर भन्सार नाकामा परीक्षणको रुपमा सुरु गरिएको कारोबार मूल्यमा आधारित भन्सार मूल्यांकन प्रणाली अब देशभरका सबै भन्सार नाकाहरूमा लागू भएको हो।

बिज्ञापन

यो प्रणाली लागू भएसँगै दशकौंदेखि चल्दै आएको मूल्यांकनको सन्दर्भ पुस्तिका राख्ने परम्पराको अन्त्य भएको छ। भन्सार अधिकारीहरुले अब व्यापारिक कारोबारको वास्तविक मूल्यका आधारमा शुल्क लगाउने व्यवस्था मिलाइएको छ।

भन्सार मूल्यांकनलाई वैज्ञानिक बनाउने भन्दै शुरुमा गत ८ असोजमा विराटनगर भन्सारबाट सुरु भएको थियो । त्यहाँको सफल परीक्षणपछि कात्तिक १६ गते मुलुककै ठूलो वीरगञ्जस्थित आईसीपीमा यो प्रणाली लागू गरियो । भन्सार विभागले विराटनगर, वीरगञ्ज भन्सारमा यो प्रणालीको परीक्षण गरिएकोमा अब देशैभरका बाँकी १८ वटा भन्सार भन्सार कार्यालयमा यो प्रणालीको प्रारम्भ भएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रास्वपा नेताले मातेर फोनमै मनपरी

कर्मचारी सुरक्षाबिना सेवा प्रवाह सम्भव छैन : निजामती कर्मचारी संगठन

प्रशासकीय अदालतको आदेश पछि उपसचिव बढुवा सूची संशोधन

दुई शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस

१८ बर्ष नपुगेकालाई स्थायी सरकारी नियुक्ति,अख्तियारले चलायो भ्रष्टाचार मुद्धा

अतिरिक्त स्वास्थ्य सचिव पदमा १४ जनाको आवेदन, को–को छन् ?

पाँच दर्जन प्रश्नको जबाफ दिएपछि ओलीको स्थान हद फुकुवा

निर्वाचन आचारसंहिता लाग्नु अघि धमाधम बढुवा र नियुक्ति

बिशेष