कुनै पनि राजनीतिक पार्टी नेता र कार्यकर्तालाई विधिको बाटोमा लैजान राजनीतिक दलमा अनुशासनसम्बन्धी अलग्गै निकाय हुन्छन् । जसलाई अनुशासन आयोग नामाकरण गरिएको छ ।
बिज्ञापन
राजनीतिक दलभित्र अराजकता, भ्रष्टाचार, दण्डहीनता, नैतिक पतनका सवालहरु देखिँदा अनुशासनको डण्डा बर्साउनुपर्ने अधिकार पाएको सो निकायमा विगतमा भ्रष्टचार मुद्धामा दोषी ठहर भएका व्यक्ति नै निर्वाचित भए पछि सो पार्टीको अनुशासन कस्तो होला ? अहिले प्रश्न उठ्न थालेको छ । यस अघि एमालेको उक्त आयोगमा अमृत बोहरा,अमिश शेरचन हुँदै केशव वडालहरुले नेतृत्व गरिरहेका थिए । ११ औं महाधिवेशन आइपुग्दा सो आयोगको नेतृत्व गर्ने ठाउँमा आइपुगेका छन्,प्रा डा भरतरजा पहारी ।
भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्ति नै एमालेको अनुशासन आयोगको नेतृत्वमा पुगेका हुन । हिजो भएको नोमिनेसनमा अर्काे पक्षबाट कुनै उमेद्धारी नपरेपछि दुई आयोगतर्फका ६ जना अन्य ५ गरी केन्द्रीय सदस्यतर्फ ११ जना निर्विरोध निर्वाचित भएको हो ।
जसमध्ये महत्वपूर्ण मासनिने केन्द्रीय अनुशासन र लेखा आयोगको अध्यक्षमा एकल उमेद्धारी परेसँगै उनीहरु निर्विरोध छानिएका छन् । लेखा आयोगको अध्यक्षमा डा पुष्पराज कँडेल निर्विरोध भएका छन्। त्यस्तै, केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा प्रा डा भरतराज पहारी निर्विरोध निर्वाचित भएका छन्।
बिज्ञापन
यस्तै केन्द्रीय अनुशासन आयोगतर्फ उपाध्यक्ष चक्रबहादुर पराजुली र सचिवमा डा राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् भने लेखा आयोगको अध्यक्षमा उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेलको एकल उम्मेदवारी परेपछि निर्विरोध निर्वाचित भएका छन् ।
केन्द्रीय अनुशासन आयोगमा निर्विरोध चयन भएका पहारी विशेष अदालतबाट भ्रष्टचारी ठहर भएका व्यक्ति हुन । उनी पुल्चोक इन्जिनियरीङ क्याम्पसको डिन हुँदा अकुत सम्पत्ति आर्जन गरेको भनेर अख्तियार दुरुपयोग अनुसन्धानले उनीविरुद्ध मुद्दा दायर गरेकोमा बिशेष अदालतले २०७५ सालमा दोषी ठहर गरी १० महिना कैद र ९८ लाख जरिवानाको सजाय सुनाएको थियो ।
जसमा लुम्बिनी प्रदेश महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल छन्। यस्तै मधेशी कलस्टरबाट युवातर्फ अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन्। मधेशी कलस्टरतर्फ २ जना युवा निर्वाचित हुने भए पनि एक जनाको मात्रै उम्मेदवारी परेको हो। समावेशी मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी निर्वाचित भएकी छन् भने समावेशी श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
त्यसैगरि पिछडिएको क्षेत्रतर्फको महिलामा वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे, ४० वर्ष मूनिको केन्द्रीय सदस्य युवामा नरेश रोकाया र सुशिलकुमार थापा निर्विरोध निर्वाचित भएका छन्।

























