तीन सीइओको अगाडि राष्ट्र बैंक मुकदर्शक : निर्देशन न एक्सन

बैंक तथा वित्त संस्थासँग सम्बन्धित ऐनलाई धज्जी उडाउँद छन्,तीन वटा वाणिज्य बैंकहरु । अहिले सञ्चालनमा रहेका बैंकहरु मध्ये नेपाल इन्भेष्टमेन्ट मेगा,प्रभु र हिमालयन बैंकले बाफिया ऐनको धज्जी उडाइरहेको भेटिएको छ ।

बिज्ञापन

बैंक तथा वित्तीय संस्था ऐन, २०७३ (बाफिया)का प्रावधानको व्याख्या विपरित यी तीन वटा बैकहरु सञ्चालित छन् । बैंक व्यवस्थापनकै उच्च पद सिइओमा पुग्नेहरू एउटै बैंकमा लगातार दुई कार्यकाल (८ वर्ष) भन्दा बढी बस्न पाउदैनन् । लगातार रुपमा एउटै बैंकमा दुई कार्यकाल काम गरिसकेपछि केही सिइओहरु अर्काे बैंकमा पुगेका छन् । केही त यही प्रावधानका कारण डेपुटी सिइओ बनेर समेत अर्काे बैंकमा पुगेका उदाहरण पनि छ बैंक क्षेत्रमा ।

बिज्ञापन

बाफिया ऐनको दफा २९ को उपदफा २ मा भनिएको छ, ‘कार्यकारी प्रमुखको कार्यकाल बढीमा चार वर्षको हुनेछ । र निज अर्को एक कार्यकालका लागि पुनः नियुक्त हुन सक्ने व्यवस्था घुसाइएको छ । तर सो ऐन विपरित अहिले पनि चार वटा बैंकहरु चलिरहेका छन्,तिनलाइ लगाम लगाउन सकेको छैन नेपाल राष्ट्र बैंकले ।

बाफिया ऐन विपरित नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका सिइओको कुर्सीमा छन्,ज्योतिप्रकाश पाण्डे । उनी १३ बर्षदेखि बैंकको सिइओको कुर्सीमा छन् । उनीझैं हिमालयन बैंकका सिइओ अशोकशमशेर राणा, प्रभु बैंकका अशोक शेरचनहरु बैंकको कुर्सीमा विराजमान छन् । यसरी दुई कार्यकालभन्दा बढी समय एउटै व्यक्ति सीईओ कुर्चीमा बसेका इन्भेष्टमेन्ट मेघा,हिमालय र प्रभु बैंक लगायतका केही बैंकमा समस्या देखिन थालेको,बैंकको प्रतिष्ठा खस्कन थालेको चर्चा हुँदैछ ।

बिज्ञापन

जस्तो प्रभु बैंकका सिइओ अशोक शेरचन भने प्रभु बैंकले प्राप्ती गरेको संस्थालाई मर्जरको नाम दिएर गैरकानूनी रुपमा पुनः तेस्रो कार्य कार्यकालका लागि पनि नियुक्त भएका छन् । त्यस विरुद्ध अदालतमा मुद्धा नै दायर भएको थियो ।

उता सहकारी ठगी प्रकरणमा जोडिए पनि केपी ओलीको राज हुँदा उन्मुक्ति पाउँदै आएका प्रभु ग्रुपका देवी भट्टचन जेनजीको सत्ता आएपछि पक्राउ परे । सहकारीको झण्डै १ अर्ब रुपैयाँ ठगीको आरोप लागेको भट्टचन एमाले शक्ति र सत्ताको आडमा उन्मुक्ति पाउँदै आएका थिए । उनी लामो समय कांग्रेसको राजनीतिमा थिए । उनलाई कांग्रेस सभापति शेरबहादुर देउवाले २०७८ साउन १५ गते पार्टीको संगठन विभागको उपप्रमुखमा मनोनित गरेका थिए । २०७४ मा कांग्रेसबाट समानुपातिक सांसदको सूचीमा थिए । तर उनी सांसद भएनन् । २०७९ मा भने उनी एमालेको समानुपातिक सूचीमा परे । त्यो पनि जनजाति क्लस्टरको पहिलो नम्बरमा । त्यसपछि सांसद पनि चुनिएका थिए । भर्खरै कांग्रेसबाट प्रवेश गरेका मान्छेलाई एमालेले सांसद बनाएकाले त्यहाँ आर्थिक लेनदेन हुन सक्ने धेरैले आशंका गरेका थिए । नभन्दै सोही आशंकालाई मलजल पुर्याउने काम गरेको थियो ओली सरकारले । नेपालको ठूलो ब्यापारिक घराना प्रभु ग्रुपका सञ्चालक समेत रहेका भट्टचनले तीन दशक अगाडि सालतिर काठमाडौंमा ओशो ट्राभल्स नामको ट्राभल एजेन्सी खोलेका थिए । त्यो ट्राभल एजेन्सीबाट उनले ट्राभल, टुरिजमको काम सँगै नेपाली कार्पेट विदेशमा बिक्री पनि गर्दै आएका थिए । व्यवसाय शुरु गरेको ६ बर्ष पछि त्यो व्यवसाय गरेपछि उनले ओशो ट्राभल्स आफ्नै साथीलाई बिक्री गरे । र उनले अर्को ट्राभल एजेन्सी नै खोले, जसको नाम राखे प्रभु ट्राभल्स ।

२०५९ सालमा व्यापार विस्तार गर्दै प्रभु मनि ट्रान्सफर खोले । रेमिट्यान्स कम्पनीमार्फत धेरै पैसा आउन थाल्यो । पछि उनले फाइनान्सको लाइसेन्स लिए । त्यही प्रभु फाइनान्स बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु गाभ्दै गाभ्दै अहिले प्रभु बैंक बनेको हो । जहाँ कुहिएको संस्था किष्ट बैंक समेत मर्ज गरिएको थियो । उनै भट्टचनले तीन दशकमा व्यापारको सम्राज्य यसरी विस्तार गरकी अहिले उनीसँग बैंक,सहकारी,फाइनान्सदेखि हेलिकप्टरका ३६ वटा व्यवसाय छ । उनै भट्टचन एक अर्ब सहकारी ठगी प्रकरणमा मुछिएर सिआइबीको फन्दामा परेका थिए । सीआईबीले गत असोज ५ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रभु ग्रुपका दुई कम्पनीबाट भएको ठगीबारे प्रतिवेदन बुझायो । यो प्रतिवेदनमा देवीप्रकाश भट्टचनलाई प्रतिवादी पनि बनाइएको थिएन । त्यो मुद्दा चलाउँदा देवी भट्टचनले सोझै उन्मुक्ति पाउने अवस्था थियो । तर असोज ११ गते जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले त्यो प्रतिवेदन सीआईबीलाई नै फिर्ता पठाइदियो । सरकारी वकिल कार्यालयले फाइल फिर्ता गरेको एक महिनापछि सीआईबीले देवीप्रकाश भट्टचनलाई उनको ललितपुरस्थित उनको घरबाटै पक्राउ गरेको थियो । उनलाई सरकारी वकिलको कार्यालयले उन्मुक्ति दिइसकेको छ ।

यस्का अलवा नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकका प्रमुख ज्योती १३ बर्षदेखि र हिमालय बैंकका सिइओ अशोक राणा समेत १३ बर्षदेखि सोही बैंकको अध्यक्षको भूमिकामा छन् ।

विज्ञहरु भने एकै व्यक्ति लामो समय नेतृत्वमा रहँदा त्यो संस्थाको संस्थागत सुशासनको अवस्था कमजोर हुने भएकाले बैंकमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत २ कार्यकाल मात्रै बस्नुपर्ने बताउँछन् तर यी सीइओहरु ऐनको अपव्याख्या गरेर १३ बर्षदेखि सीइओको कुर्सीमा विराजमान छन् ।

एकै व्यक्ति एउटा संस्थामा २ कार्यकालभन्दा बढी बस्दा अनेकौ विकृतिहरु देखा पर्ने गरेको,वित्तीय क्षेत्रमा सुशासन कायम गर्नका लागि एकै व्यक्तिलाई लामो समयसम्म बैंक तथा वित्तीय संस्थाहरुको नेतृत्व गर्न दिन नहुने अर्थविद्हरुको धारणा छ तर यी निकायका नियमन गर्ने जिम्मेवारी प्राप्त राष्ट्र बैंक नै बैंकर तथा सीइओका अगाडि ‘भिजेको विरालो’ बन्दा सुशासन कागजमा मात्र सीमित हुन पुगेका छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

सर्वोच्चको फैसला उल्ट्याएर नामसारी: मालपोत बाँकेका पूर्व प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

मालपोत कार्यालय प्रमुखसहित नासु–खरिदारको सरुवा

टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला

सरकारी शिक्षक–कर्मचारीलाई चुनावी प्रचारमा नलाग्न निर्वाचन आयोगको कडा चेतावनी

मन्त्रिपरिषद् बैठक बस्दै

अधिकृतदेखि सचिवसम्मको सरुवामा जेनजी अभियन्ताको दवाब

प्रशासकीय अदालतको आदेशपछि उपसचिव बढुवाको सूची संशोधन

मन्त्रीले स्पष्टीकरण सोध्ने तयारी गरेपछि काफ्लेले दिए राजीनामा,कामचलाउको जिम्मेवारी पाए पौडेलले

बिशेष