पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्वउपकुलपति डा संगीता भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी विवादित पूर्व उपकुलपति संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भण्डारी उपकुलपति हुँदा प्रतिष्ठानले लुम्बिनी हेल्थकेयर प्रालिसँग ११ करोड ४५ लाख रुपैयाँमा एमआरआई मेसिन खरिद गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियारले विशे अदालतमा मुद्दा दायर गरेको हो।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध १२ करोड रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनले एमआरआई मेसिन खरिदमा घोटाला गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

भण्डारीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम बिगो १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ अठार पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको कैद र बिगोबमोजिमको जरिवानाको सजाय गरी खर्च भएको बिगो रकम ९ करोड ३४ लाख २६ हजार ६ सय १९ रुपैयाँ ८७ पैसा असुलउपर हुन मागदाबी लिइएको छ । साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २४ बमोजिम थप सजायको पनि माग गरिएको छ ।

बिज्ञापन

यस प्रकरणमा भण्डारीसहित १३ जना प्रतिवादी छन्। भण्डारी पूर्वमन्त्री शरतसिंह भण्डारीकी बहिनी पनि हुन्। उनी हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापन गर्छिन्।
स्वास्थ्य क्षेत्रमा पटक–पटक विवादमा मुछिँदै आएकी डा संगीता भण्डारी यस अघि पाटन र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति भइसकेकी उनी हाल  विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्राध्यापक रहेकी डा भण्डारी भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बनमा परेकी छिन्।

अख्तियारले भण्डारीसहित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन का मु रजिस्ट्रार झन्कार लामिछाने, तत्कालीन फाईन्यान्स मेनेजर कैलाशप्रसाद देव, बोयोमेडिकल इन्जिनियर शरद भण्डारी, शिक्षण अस्पताल महाराजगन्ज, काठमाडौंका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डि सी, शाखा अधिकृत श्रीराम चौधरी, आईटी अफिसर हिरालाल भण्डारी, प्रतिष्ठानका तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, प्रतिष्ठानका तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा र लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका अध्यक्ष पोस्टराज ज्ञवाली लगायतलाई प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फागुन २१ मा निर्वाचन नभए के हुन्छ ?

पूर्वउपकुलपति डा भण्डारीविरुद्ध १२ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौंको सुरक्षा व्यवस्था कडा,सात हजार प्रहरी तैनाथ

काँग्रेसको बैठकमा देउवा नजाने,पूर्णबहादुरले चलाउने

सत्ताच्यूत भएपछि कालोसूचीमा परेका ओलीले गुण्डुबाट विशेष सम्बोधन गर्दै

मन्त्रिपरिषद्को बैठक बस्दै

३४ उपसचिवको सरुवा तथा पदस्थापन

परिणामप्रति आसक्तिविना : कर्म गर्ने संस्कृति

बिशेष