अन्तरिम सरकारको मन्त्रिमण्डलमा नियुक्तिका लागि थप पाँच जनाको नाम राष्ट्रपतिसमक्ष पुगेको छ ।
बिज्ञापन
आइतबार पूर्वन्यायाधीश अनिल सिन्हालाई उद्योग र कानुन , अतिरिक्त स्वास्थ्यसचिवबाट राजीनामा दिएपछि संगीता कौशल मिश्रालाई स्वास्थ्य, शिक्षामा महावीर पुन, जगदीश खरेललाई सञ्चार र समता फाउन्डेसनका अध्यक्ष मदनप्रसाद परियारलाई कृषि मन्त्रीको रुपमा नाम सिफारिस गरिएको छ ।
बिज्ञापन
जसमध्य सिफारिस भएकी संगीता कौशल मिश्रका कारण नयाँ मन्त्रीहरुको शपथ रोकिन पुगेको छ । स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिव रहेकी मिश्रा सचिवमा बढसवा नभएका कारण सात महिना लामो विदामा बसेकी थिइन । अन्तरिम सरकार बनेसँगै उनी अस्ति विहिबारमात्र मन्त्रालयमा पुगेर हाजिर गरेकी थिइन । लगतै उनले आइतबारमात्र पदबाट राजीनामा बुझाएको बताइएको छ ।
मिश्राको विवादित पृष्ठभूमिबारे गृहमन्त्री ओमप्रकाश अर्यालले प्रधानमन्त्री सुशीला कार्कीलाई जानकारी गराएपछि प्रधानमन्त्रीले नै राष्ट्रपति कार्यालयमा फोन गरेर नियुक्ति रोक्न लगाएको कारण नयाँ मन्त्रीहरुको शपथ होल्ड हुन पुगेको छ ।
बिज्ञापन
काँग्रेस एमाले सरकारले अन्याय गरेको भन्दै झण्डै सात महिनादेखि विदामा बसेकी कर्मचारी हुन उनी । आफूलाई सचिव नबनाइएको झोकमा ७ महिना बिदामा बसेकी संगीता गत फागुन २१ गते विकास देवकोटालाई सचिवमा बढुवा गरेसँगै पहिलो चरणमा ७ दिन,दोश्रो २,तेश्रो ४,चौथौं पटक ६ दिन,पाँचौं पटक १५ दिन विदा स्वीकृत गराएकोमा छैटौंमा ३० दिन र सातौं र आठौं पटक गरी ३८ र ३५ दिनको सञ्चित विदा स्वीकृत गराएकी उनको विदा १० साउनबाट सकिएको थियो । त्यस यताको ५३ दिनपछि उनी बिहिबारदेखि मन्त्रालयमा हाजिर भएकी उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी हुन । डा मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत भइसकेको जनाइएको छ ।
भारत झारखण्डस्थित जन्मेर हुर्केकी र प्रारम्भिकदेखि एमबिबिएससम्मको शिक्षा उतै हासिल गरेकी हुन । एमबीबीएसको अध्ययन पुरा गरेपछि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अफिसरको रुपमा मे २०५७ सालबाट काम शुरु गरेकी संगीता यस पछि कान्ति बाल अस्पताल हुँदै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सन् २००५ मा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा आफ्नो स्नात्तकोत्तर तह (एमडी) को अध्ययन पुरा गरी नोवल मेडिकल कलेजमा लेक्चरर हुँदै एमपीएच पुरा गरेपछि कोशी अञ्चल अस्पतालमा स्त्री तथा प्रसूति रोग विशेषज्ञको रुपमा कार्यरत रहेकी उनी सोही समयमा ११ औं तहमा बढुवा भएकी थिइन ।
कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट,परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल हुँदै स्वास्थ्य मन्त्रालयमा सरुवा भएकी मिश्र ०७० असोज १० गतेबाट सेवा प्रवेश गरेर डकुमेन्ट ‘किर्ते’ गरेर बढुवा भएको आरोप उनका केही सहकर्मीहरुले लगाउँदै आएका छन् । यही कारण उनलाई ओली सरकारले बढुवाबाट बञ्चित गरेको एकाथरी स्वास्थ्यका अधिकारीको तर्क सुनिन्छ । सर्वोच्चमा मुद्धा विचराधिन रहेको अवस्थामा मिश्रलाई सोही मन्त्रालयको जिम्मा लगाईँदै छ । गत चैतमा सरकारले सचिवमा बढुवा नगरेको भन्दै सर्वोच्चमा मुद्दा दायर गरेकी थिइन् । अदालतले सरकारको नाममा कारण देखाउ आदेश मात्रै जारी गरेका कारण उनको मुद्दा विचाराधीन छ ।
अदालतमा मुद्धा विचराधिन रहेको अवस्थामा मन्त्री बनाउन नमिल्ने भन्दै उनको नियुक्ति रोकिने सम्भवना रहेको जनाकारहरुले बताएका छन् ।