दुर्गा प्रसाइले नेतृत्व गरेको जेठ १५ को आन्दोलन होस वा जेनजीको आन्दोलन । त्यसमा सबैभन्दा बढी टार्गेटमा राखिएको थियो भाटभेटनी सुपरमार्केट । गत भाद्र २३ र २४ मा भएको आन्दोलन तथा प्रदर्शनको क्रममा भाटभेटनी सुपरमार्केटका एक दर्जन बढी आउटलेटमा तोडफोड र आगजनी भयो । अर्बाै होइन खर्बको सम्पत्ति क्षणभरमा खरानी बनाइयो । यो घटनासँगै ती आउलेटमा कार्यरत कर्मचारीहरु दशैको मुखमा जागिरबाट निकालिन सकिने आकलन गरिएको थियो तर सर्वसाधरणको आँकलन विपरित भाटभेटनीका प्रवन्ध निर्देशक मीनबहादुर गुरुङले फेरि मन फुकाएका छन् ।
बिज्ञापन
भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भाटभटेनीका १६ बढी स्टोरमा क्षति भयो । १२ वटा स्टोरमा आगजनी गरेर पूर्ण क्षति बनाइयो । जेनजीको आन्दोलनमा भएको तोडफोड र आगजनीका कारण भाटभटेनीलाई १० देखि १५ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको अनुमान गरिएको छ । तर, भाटभटेनीले भने ती स्टोरमा काम गर्ने कर्मचारीलाई कामबाट ननिकाल्ने, उल्टै दशैं भत्ता समेत दिने भएको छ । साथै भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले जलेर नष्ट भएका स्टोरमा हजारौँ कर्मचारी रहेको उल्लेख गर्दै कसैलाई पनि अहिले बिदा नगर्ने,दसैंको एक महिनाको पूरा तलब दिने ”बताएका छन् ।
बिज्ञापन
भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले राष्ट्रिय विपतमा पटक पटक मन फुकाउँदै उदाहरणीय व्यवसायीका रुपमा आफूलाई चिनाउँदै आएका छन् । चाहे कोराना काल होस वा भूकम्प,वाढी पहिरोको वितण्डा हुँदा होस सबैभन्दा पहिला दान गर्ने अग्रसर हुन्छन्,गुरुङ । यस अघि बाढीपहिरो र डुबान पीडितको राहतका लागि करोडौं रकम दान दिएका छन् । यस अघि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुविधा सम्पन्न आकस्मिक कक्ष बनाएर उनैले अहिले पुनः विस्तार गरिदिएका छन् । केही महिनाअघि डा भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ५० औं करोड रूपैयाँ सहयोग गर्नुका अलवा उनले दुर्गम भेगका र चिकित्साशास्त्र अध्ययनका लागि आर्थिक पहुँच नभएका छ जना विद्यार्थीलाई पूर्ण सहयोग गरेका छन् ।
केही अघिमात्र भक्तपुरको एउटा इँटाभट्टामा काम गर्दै एसईईमा ४ जीपीए ल्याएकी गोमा श्रेष्ठलाई गुरुङ दम्पतीले एमबीबीएससम्म पढाउने निर्णय गरेका थिए । चाँगुनारायण नगरपालिका–८ सुडालस्थित इँटाभट्टामा काम गर्दै अध्ययन गरेकी गोमाले ४ जीपीए हासिल गरेपछि गुरुङ र उनकी श्रीमती सावित्रीले एमबीबीएससम्मको अध्ययनमा लाग्ने खर्च व्यहोर्ने जनाएका थिए ।