कर तिर्ने समय एक महिना थप

सरकारले कर तिर्ने समय एक महिना थप गरेको छ । जेनजी प्रदर्शनले क्षति पुगेको भन्दै अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई कर तिर्न समय थपिदिएका छन्।

बिज्ञापन

हिजो उनले मन्त्रीस्तरीय निर्णय गर्दै राजस्व बुझाउन एक महिनाको समय थप गरेका हुन्। निजी क्षेत्रको मागअनुसार तत्काल राजस्व विवरण बुझाउने समय एक महिना थप गरिदिएका हुन । भदौ ३१ गते अर्थमन्त्रीस्तरीय बैठकबाट यो निर्णय भएको हो। थप गरिएको अवधिभित्र कर बुझाएको खण्डमा कुनै पनि प्रकारको ब्याज, जरिवाना वा शुल्क लाग्ने छैन ।

बिज्ञापन

मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशूल्कलगायत कर हरेक महिनाको २५ गतेभित्र सम्बन्धित कर कार्यालयमा बुझाउनुपर्ने कानुनी व्यवस्था छ । यसपटक विषम परिस्थितिका कारण कर तिर्ने समय थपिएको जनाइएको छ ।

अब भदौ २५ गतेसम्म बुझाउनुपर्ने साउन मसान्तसम्मको मासिक मूल्य अभिवृद्धि कर, अन्तःशुल्क, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम अब असोज २५ गतेसम्म बुझाउन सकिनेछ ।

बिज्ञापन

 

कानुनअनुसार यही भदौ २५ गतेभित्र बुझाइसक्नुपर्ने गत साउन महिनाको कर तिर्नका लागि एक महिनाको समय थप गरिएको आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहालले जनाए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

गृहले तयार पारेको नयाँ ओएण्डएम प्रस्ताव अर्थमा

बिशेष