बागमती प्रदेशमा सचिवहरूको हेरफेर : ६ जना सचिव सरुवा र पदस्थापन

बागमती प्रदेश सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत ६ जना प्रदेश सचिवहरूको पदस्थापन तथा सरुवा गरेको छ।

बिज्ञापन

बैठकले हालै सङ्घीय सरकारबाट बागमती प्रदेशमा सरुवा भएर आएका ३ जना सचिवलाई पदस्थापन गरेको छ भने प्रदेशमै कार्यरत ३ सचिवलाई मन्त्रालय फेरबदल गरी सरुवा गरेको हो।

बिज्ञापन

नयाँ जिम्मेवारीअनुसार —ईश्वरचन्द्र मरहठ्ठा भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवमा,इन्द्रदेव भट्ट ऊर्जा, खानेपानी तथा सिँचाइ मन्त्रालयमा,बलराम ढकाल श्रम तथा यातायात मन्त्रालयमा पदस्थापित भएका छन्।

यस्तै, प्रदेशमै कार्यरत सचिवहरूलाई यसरी सारिएको छः

बिज्ञापन

झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयमा,वीरेन्द्रदेव भारतीलाई युवा तथा खेलकुद मन्त्रालयमा,पूर्णबहादुर दर्जीलाई सामाजिक विकास मन्त्रालयमा जिम्मेवारी दिइएको छ।

यसअघि अधिकारी युवा तथा खेलकुद मन्त्रालयमा, भारती श्रम रोजगार तथा यातायात मन्त्रालयमा र दर्जी सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत थिए।

मन्त्रिपरिषद्को बैठकले यससँगै अर्को महत्वपूर्ण निर्णय पनि गरेको छ। प्रदेश आर्थिक ऐनअनुसार प्रदेश सरकार मातहतका करार र अस्थायी कर्मचारीलाई महँगी भत्ता उपलब्ध गराउने निर्णय गरिएको छ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिटायर भएको पाँच दिनमै अख्तियारमा चल्यो भ्रष्टाचार मुद्दा

अर्थमन्त्रीको सुशासनको गफ : राजश्व विभागमै छन् दरबन्दी बाहिरका १४ स्थायी कर्मचारी

महासचिव पोखरेलले उल्टो वर्णानुक्रमबाट बोल्न प्रस्ताव गरेपछि एमाले बैठकमा होहल्ला,त्यसपछि ‘खाजा व्रेक’

मुख्य सचिव अर्यालको छोरीलाई दवावमा नियुक्ति नगरिएको दावी

सशस्त्रका १६८ कमाण्डरको जिम्मेवारी हेरफेर

एकै पटक ६६५ इन्स्पेक्टरको सरुवा

सीमित व्यवसायी पोस्ने गरी मापदण्डमै छेडखानी,समितिको प्रतिवेदन विपरित सचिवको पत्राचार

जेष्ठता र कासमुका आधारमा १६ सहसचिव र ३३ उप सचिव बढुवा हुँदै, मंसिर ३ भित्र आवेदन दिइसक्नुपर्ने

बिशेष