मन्त्री उत्पादन गर्ने ‘कारखानामा’ कुन सचिव कति समय टिके ?

पछिल्लो समय प्रदेश सरकारहरु मन्त्री उत्पादन गर्ने कारखानामात्र भएका छैनन् कि कर्मचारीहरु थन्काउने थलोको रुपमा समेत रुपान्तरित हुँदैछन् ।

बिज्ञापन

प्रदेश स्थापनाको १० वर्षमा चार मुख्यमन्त्री र ४३ जना मन्त्री बनेका छन् । यो अवधिमा महेन्द्र बहादुर शाहीले ०७४ साल फागुन ३ गतेदेखि ०७८ कार्तिक १५ सम्म मुख्यमन्त्री चलाए । उनी पछि जीवन बहादुर शाही मुख्यमन्त्री बने । शाहीले ७८ कार्तिक १६ गतेदेखि ०७९ पुस २७ सम्म मुख्यमन्त्री चलाएका थिए भने राजकुमार शर्मा ०८० चैत्र २८ सम्म मुख्यमन्त्रीका कुर्सीमा रहे ।यस्तै अहिले त्यहाँ यामलाल कँडेल मुख्यमन्त्रीको जिम्मेवारीमा छन् । राजनीतिक नेतृत्व यसरी परिवर्तन हुँदा प्रशासनिक नेतृत्व प्रमुख सचिव समेत १० बर्षको अवधिमा ११ जना परिवर्तन भएको भेटिन्छ । पछिल्ला ११ बर्षमा सो प्रदेशमा चार मुख्यमन्त्री र ४३ मन्त्रीहरु फेरिँदा ११ जना प्रमुख सचिवहरु हेरफेर भएको भेटिएको छ ।
प्रदेशको पहिलो मुख्य सचिव थिए सुरेश प्रधान,जो जम्मा २ महिनामात्र मुख्यसचिवको कुर्सीमा रहे । उनी ०७४ साल माघ १९ मा जिम्मेवारी सम्हालन पुगेका थिए भने ७४ साल चैत्र २६ मा सरुवा भएका थिए ।
सो प्रदेशमा झण्डै एक बर्ष प्रदेश सचिव भएर रहे राम प्रसाद थपलिया,जसलाई सरकारले ७५ वैशाख १२ मा कर्णाली खटाएकोमा ०७६ वैशाख १० मा उनी त्यहाँबाट सरुवा भएर सिंहदरबार भित्रिने मौका पाएका थिए ।
थपलिया पछि त्यहाँ सचिव बनेर गए केवल प्रसाद भण्डारी,उनी ०७६ वैशाख १९ मा सरुवा भएर प्रदेश झरेका थिए । झण्डै १० महिना प्रदेशमै बिताए भण्डारीले पनि ।

बिज्ञापन

पूर्व सचिव भण्डारी पछि सोही प्रदेशमा पुगेका थिए टेकनारायण पाण्डे । ७६ फागुन २९ मा कर्णाली झरेका पाण्डे ०७७ साउन ०७ अर्थात चार महिनामै सरुवा गराएर भूमि मन्त्रालयमा ल्याइयो । उनकै समयमा हो गिरिवन्धु जग्गा प्रकरण अगाडि बढाइएको । उनी अघिका सचिव केदार न्यौपानेले कलम चोप्न नमाने पछि पाँच महिनामै खेदेर जीवनभर शिक्षामा बिताएका पाण्डेलाई व्यापारीको स्वार्थ अनुकुल काम गर्ने गरी कर्णालीबाट चार महिनामै सिंहदरबार भित्र्याइएको थियो ।
यस्तै,सहसचिव हुँदा भ्रष्टाचार मुद्धा लागेर निलम्बनमा परेका,जीवनभर यातायात लगायतका मालदार कार्यालयमै बिताएका चन्द्रमान श्रेष्ठ निलम्बन फुकुवा भएसँग ०७७ साल भदौं २५ मा कर्णाली पठाइएकोमा ९ महिना पछि ०७८ जेठ १४ मा सरुवा भएका थिए ।

यस्तै सचिव गणेश प्रसाद पाण्डेय दुई महिना पनि त्यहाँ बस्नु परेन । उनी सचिव बढुवा भएसँगै ०७८ असार २८ मा कर्णाली झारिएकोमा ०७८ भदौं २३ मा सिंहदरबार भित्र्याइएको् थियो । उनी पछिका प्रदेशका प्रमुख सचिव हुन्, राजकुमार श्रेष्ठ,स्थायी घर गोरखा भएका श्रेष्ठ ७८ भदौं ३० मा प्रदेश झरेका थिए भने झण्डै ११ महिना प्रदेशमा बिताएर ०७९ को साउन ६ मा काठमाडौं फर्किएका थिए ।

बिज्ञापन

यस्तै गोपीकृष्ण खनालले पनि कर्णाली प्रदेशमा गोपी कृष्ण खनाल एक बर्ष बिताएर ८० साउन १० मा काठमाडौं सरुवा भएको कर्णाली प्रदेश सरकारले उपलव्ध गराएको छ । सो प्रदेशको प्रमुख सचिवको जिम्मेवारी सम्हालन पगेका थिए,चुडामणि पौडेल । पौडेल ८० भदौं २४ मा कर्णाली झरेका थिए भने ८१ माघ ०३ मा सिंहदरबार फिर्ता भएका थिए । सो प्रदेशको सबैभन्दा छोटे अवधि जिम्मेवारी सम्हाल्ने प्रमुख सचिव हुन लोकनाथ पौडेल,उनले करिब एक महिनामात्र सो प्रदेशको जिम्मेवारी सम्हालेका थिए । ०८१ माघ २० मा कर्णालीको प्रमुख सचिव भएर गएका उनी महिना दिन पछि नै अर्थात फागुन २५ मा सरुवा भएका थिए । अहिले त्यहाँ विरेन्द्रबहादुर यादव प्रमुख सचिवको भूमिकामा छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

१४ सहसचिव र उपसचिवको सरुवा

बिशेष