गृह मन्त्रालयले १४ कर्मचारीको हाजिरी काटेको छ । महिना दिन अगाडि नै काठमाडौं बाहिरका इलाका प्रशासन,जिल्ला प्रशासन,कारागार प्रशासनमा सरुवा भए पनि गृहले खटाएको ठाउँमा जान अटेरी गर्दै सिंहदरबार छाड्न नमानेका अधिकृत र सुव्वाहरुको हाजिरी काटेको हो गृह मन्त्रालयले ।
बिज्ञापन
महिना दिन अगाडि मन्त्रालयले शाखा अधिकृत र नासु तहका कर्मचारीहरुलाई इलाका प्रशासन,जिल्ला प्रशासन,जिल्ला कारागार लगायतका स्थानमा सरुवा गरेको थियो तर यसरी खटाइएको ठाउँमा जान अटेरी गर्दै आएका ती कर्मचारी खटाएको ठाउँमा नगएपछि मन्त्रालयले सार्वजनिक सूचना निकालेर २४ घण्टाभित्र हाजिर हुन निर्देशन दिएको भए पनि ती अधिकृत र सुब्बाहरुले सरकारी निर्देशनलाई ‘पानीको फोका’ बनाउँदै आएका थिए ।
बिज्ञापन
गृहका अनुसार असार १६ गते निर्णय अनुसार १, असार १८ गते निर्णय भएका ७ र साउन ७ गते निर्णय भएका १० शाखा अधिकृतहरु खटाएका ठाउँमा जान अटेरी गर्दै आएका छन् यस्तै असार १८ को निर्णय अनुसार सरुवा भएर महिना दिनसम्म खटाएका स्थानमा नगएका ५ नायब सुब्बाहरुलाई २४ घण्टाभित्र खटाएको ठाउँमा हाजिर हुन मन्त्रालयले भनेको थियो तर सरुवा र पदस्थापनपछि खटाएको स्थानमा हाजिर हुन दिएको २४ घण्टे उर्दी कर्मचारीले नटेरे पछि उनीहरुको हाजिरी काटेको हो ।
यस अघि कर्मचारी प्रशासन शाखाले खटाइएका स्थानमा नजाने १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टे उर्दी जारी गरेको थियो । गृहले गत साउन १५ मा एक सूचना जारी गर्दै १८ शाखा अधिकृत र ५ नायब सुब्बालाई २४ घण्टाभित्र खटाएको स्थानमा हाजिर हुन अल्टिमेटम दिएको थियो । यसरी २४ घण्टे उर्दी जारी भएपछि ७ अधिकृत र १ नासु बाहेकका १४ कर्मचारीले सिंहदरबार छाडेको छैनन् । ती कर्मचारीको गत २० साउनदेखिको हाजिरी काटेको हो गृहले ।
बिज्ञापन
यस अघि गृहले १५ साउनमा एक सूचना सार्वजनिक गर्दै २३ जना कर्मचारीको नाम सार्वजनिक गर्दै खटाएको ठाउँमा जान अल्टिमेटम दिएको थियो । यसरी २४ घण्टे अल्टिमेटम दिएका कर्मचारीहरुमा अध्यागमन विभागमा खटाइएको फर्सुराम भट्टराई,इलाका प्रशासन कार्यालय बाँकेमा खटाइएका शाखा अधिकृत मानबहादुर बूढा,इलाका प्रशासन सुर्खेतमा पदस्थापन गरिएको रेणुका भट्टराई,इलाका प्रशासन खोटाङमा पदस्थापन गरिएको जानुका कुमारी पोखरेल,इलाका प्रशासन रौतहटमा पदस्थापन भएका भागवत प्रसाद रेग्मी,इलाका प्रशासन कार्यालय सुनसरीमा पदस्थापन भएकी शिला तिमिल्सिना,जिल्ला प्रशासन कार्यालय सप्तरीमा पदस्थापन भएका युगेश कुमार यादव,इलाका प्रशासन तेह्रथुममा खटाइएका वावुराम पन्थी,जिल्ला प्रशासन कार्यालय पाँचथरमा खटाइएका सुजन शुभ भ्लोन,कारागार कार्यालय कपिलवस्तुमा सरुवा गरिएका दल बहादुर बस्नेत,जिप्रका पाँचथरमा पठाइएका मोहन प्रशासन निरौला,रौतहट प्रशासनमा खटाइएका आनन्द विष्ट,इलाका प्रशासन खोटाङमा सरुवा गरिएका सुन्दर वान्तवा,जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा प्रशासकीय अधिकृतका रुपमा पदस्थापन भएका चिरञ्जिवी जिएम,त्रिवि अध्यागमनबाट गृहमा फिर्ता भएर इलाका प्रशासन तेह्रथुममा पदस्थापन भएका युवराज कट्टेल,इलाका प्रशासन कार्यालय जाजरकोटमा पदस्थापन गरिएको खगराज गौतमका अलवा कारागार व्यवस्थापन विभाग अर्न्तगत खटाइएका भिम कुमार बस्नेत,प्रशासकीय अधिकृतको रुपमा पर्सामा खटाइएका न्युटन लम्साल लगायत रहेका थिए । उनीहरुले सिंहदरबार छाडेर जान नमानेका हुन ।
यस्तै नासुहरु कमल आचार्य,कृष्ण भट्टराई,विष्णु पौडेल घिमिरे,रामबाबु बराल र सुवास पौडेलहरु खटाएका स्थानमा नगए पछि गृहको रजिस्टरको हाजिरी र ई हाजिरी दुवै काटिएको हो ।
तीमध्ये शाखा अधिकृतहरूमा सुजन शुभ भ्लोन, चिरन्जीवी जिएम, जानुकाकुमारी पोखरेल, भीमकुमार बस्नेत, न्युटन लम्साल, फर्सुराम भट्टराई र रेनुकाकुमारी पाण्डे खटाएको ठाउँमा गएका छन् भने बाँकी १० अधिकृतहरु तोकिएको ठाउँमा गएका छैनन् अर्थात उनीहरुले अझैं सिंहदरबार छाड्न मानेका छैनन् । यस्तै एक नायब सुब्बा तोकिएको स्थानमा गएका छन् । बाँकीको हाजिरी काटिएको हो ।