स्थानीय तहका ३०५ कर्मचारीको अन्तरपालिका सरुवा (सूचीसहित)

स्थानीय तहमा कार्यरत ३०५ कर्मचारीहरुको सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशले प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरुको हिजो सरुवा गरेको हो । प्रदेश सरकारले अनमी, सब इञ्जिनियिर,प्रशासकीय अधिकृत,बरिष्ठ प्रशासन सहायक,सि अहेब,पशु सेवा प्राविधिक,लेखा साहायक,आन्तरिक लेखा परीक्षक,सहायक महिला विकास निरीक्षक लगायतका पदमा कार्यरत चौथौंदेखि छैंटौ तहका कर्मचारीहरुको अन्तरपालिका सरुवा गरेको हो ।

बिज्ञापन

सूची अनुसार,स्थानीय तहमा कार्यरत रहेका चौथो,पाँचौं र छैटौं तहका कर्मचारीहरुको सरुवा गरिएको छ । सूची अनुसार,विरेन्द्र डाँगी काइके गाउँपालिकाबाट लेकवेशी गाउँपालिकामा पुगेका छन् भने हिमराज विष्ट खर्पुनाथ गाउँपालिकाबाट वनगाढ,कपिण्डे नगरपालिका पुगेका छन् । अनमी शारदा फरेडालाई खर्पूनाथ गाउँपालिकाबाट अदानचुली गाउँपालिका हुम्ला पठाइएको छ । प्रशासकीइ अधिकृत (छैटौं तह)का दुर्गा प्रसाद रिजाल काइकेबाट डोल्पाकै मुड्केचुलामा सरुवा भएका छन् । कुमाखबाट पव्लिक हेल्थ नर्स रोशनी थापा चिङ्गाढ गाउँपालिका सुर्खेत,तपेन्द्रबहादुर शाहीलाई सल्यानको वनगाढ कुपिन्डेबाट कालिकोटमा शूभपालिकामा खटाइएको छ ।

बिज्ञापन

यस्तै,कविराज गणेश चौधरी मुगुको खत्याडबाट जाजरकोटको शिवालयमा पुगेका छन् । सरुवाको सूची अनुसार,अनमी एलिना खड्कालाई सल्यानकै कुमाखबाट छत्रेश्वरीमा पठाइएको छ । प्राविधिक साहायक मन्राख बूढालाई हुम्लाको नाम्खाबाट दैलेखको दुम्लु पुर्याइएको छ । कुमाखबाट जुना खड्का चौरजहारी रुकुम पश्चिम पुगेकी छिन् ।

स्थानीय तहका कर्मचारीहरुको सरुवा विवरण

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रिक्त तीन विभागको महानिर्देशकमा क- कस्को सम्भवना ?

म डिभोर्सी हूँ!

भिजिट भिसा ‘सेटिङ’ धन्दा अझै जीवित : दुई अधिकृत हटाइए पनि मूल जालो यथावत्

आठ सिडिओ बाहिरिए, सात सहसचिव भित्रिए

प्रदेशबाट ११ सहसचिव सिंहदरबार भित्रिदा एक पुगे स्थानीय तह

संघीय मन्त्रालयबाट १८ सहसचिवलाई खटाइयो प्रदेशमा

६० सहसचिवको एकैपटक सरुवा, सिफारिस १५ बाट बढेर ६० पुग्दा प्रश्नै–प्रश्न

एकै पटक १२९६ निजामती कर्मचारी शुद्धीकरणमा : किताबखानाले हटायो प्रणालीबाट

बिशेष