१ मिनेटमै सकियो महानगरपालिकाको बैठक : २५ अर्वको बजेट आइतबार

काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्वको बजेट ल्याउने भएको छ । आज बसेको महानगरको कार्यपालिका बैठकले आइतबार दिउँसो २ बजेका लागि नगरसभा बैठक बोलाउने निर्णय गरेको हो । सोही दिन बिहान ९ बजे कार्यपालिकाको बैठक बस्नेछ ।

बिज्ञापन

आज दिउँसोका लागि बोलाइएको बैठकमा मेयर वालेन साहसँग २४ वटा एजेन्डा रहे पनि एउटा मात्र प्रस्ताव राख्ने राखेका मेयर साहले २३ वटा एजेण्डामा प्रवेशै गरेनन् । उनले प्रमुख प्रशासकीय अधिकृतलाई समेत सम्बोधन गरेनन् । यस अघि पालिकाको प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गर्ने प्रचलन भए पनि मेयर वालेन साहले उपमेयर सुनिता डंगोललाई सम्बोधन गरेका थिए भने सबै कर्मचारीहरुलाई एकमुष्ठमा कर्मचारीज्यूहरु भन्दै सम्बोधन गरेका थिए । बालेनले महानगरपालिकाको बजेट आगामी २९ असार (आइतबार) आउने जानकारी दिए । सोही दिन बिहान ९ बजे कार्यपालिका बैठक बस्ने समेत उनले जानकारी दिए ।

बिज्ञापन

साहले महानगरपालिकाको आगामी २९ असार (आइतबार) कार्यपालिका बैठक बस्ने जानकारी गराए पछि सो एजेन्डामा नगरकार्यपालिकाका सदस्यहरूले ताली बजाएर समर्थन जनाए। लगत्तै मेयर बालेनले बैठक सकिएको घोषणा गरे ।

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष