बिज्ञापन
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीन दिनभित्र जगेडा (अतिरिक्त)समूहका रहेका कर्मचारीलाई जिम्मेवारी दिन परिपत्र गरेको भए पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अटेरी गरेको छ ।
बिज्ञापन
सामान्यको बरण्डामा आधा दर्जन सहसचिवहरु थन्काइएका छन् । उनीहरुको दैनिकी हाजिरी गरेर फर्कनेमा सीमित छ । त्यहाँ प्रेमबहादुर सिंह, गोविन्दप्रसाद अधिकारी, टंकनाथ लम्साल,रूद्रप्रसाद लामिछानेलाई जिम्मेवारीविहिन छ । सहसचिवका दरबन्दी भएका ६ मध्ये दुई महानगरपालिका र ११ उपमहानरपालिकामध्ये २ वटा बाहेक बाँकी ९ उपसचिव नै निमित्तले चलाइरहेका छन् ।
संघीयता कस्तो ‘गलगाँण’ भयो भने दरबन्दी छ,कर्मचारी छैनन, संघले खटाइएका कर्मचारी जनप्रतिनिधि लिन मान्दैनन् । आर्थिक बर्ष अन्त्यमा अहिले संघीय मामिलामा जात्रा छ, त्यहाँ हाकिम माग्दै जनप्रतिनिधिहरु धाइरहेका छन् भने हाजिर गर्न दिइएन भन्दै फिर्ता भएका कर्मचारीको लस्कर उस्तै देखिन्छ । महानगरपालिकामध्ये विराटननगर महानगरपालिकामा तीन महिनादेखि उपसचिव रामप्रसाद ढुङ्गेलले काम चलाइरहेका छन् । विरगञ्जमा अरविन्द्र कर्ण (उपसचिव) नै प्रमुख प्रशासकीय अधिकृत छन् ।
बिज्ञापन
जेठो दाई ९महानगरपालिका०कै यो गति भए पछि अरु भाइ (पालिका)को कुन हाल होला ? सहजै अनुमान गर्न सकिन्छ । उपमहानगरपालिकाको कन्तबिजोग कस्तो छ भने, भएका सहसचिव फिर्ता गरेर उपसचिवलाई निमित्तको जिम्मेवारी दिइएको अबस्था छ । यता सिंहदरबारमा कर्मचारी थुपारिएको छ,स्थानीय तह दरबन्दीका कर्मचारी नपाएर एक तह मुनीका हाकिमलाई जिम्मेवारी दिइरहनु पर्ने स्थिति छ । जनप्रतिनिधि कर्मचारी पाइएन भन्दै मन्त्रालयमा धाँइरहँदा खटाइएका कर्मचारी जनप्रतिनिधिहरुले हाजिर गर्न दिइएनन् भन्दै धमाधम फिर्ता हुने सिलसिला पनि उस्तै छ । धरान उपमहानगरपालिकामा अम्बिकाप्रसाद चौलागाईं,ईटहरी उपमहानगरपालिकामा मिनबहादुर भट्टराई, जनकपुरधाम उपमहानगरपालिकामा मित्रलाल ढकाल,बाराको कलैया उपमहानगरपालिकामा नाथु साह, बुटवल उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा मित्रमणि खनाल,तुलसीपुरमा केशवराज पार्थे,घोराही उपमहानगरपालिकामा ऋषिराम केसी,नेपालगञ्ज उपमहानगरपालिका रामहरि शर्मा,धनगढी उपमहानगरपालिकामा नरेन्द्रबहादुर खाती प्रमुख प्रशासकीय अधिकृत छन् ।
सहसचिव दरबन्दी भएको उपमहानगरपालिकामा सहसचिवै प्रमुख प्रशासकीय अधिकृत कार्यरत रहेका जितपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका शान्तिराज प्रसाईं र हेटौंडा उपमहानगरपालिकामा भरत गौतम मात्र हुन ।