सरकारले चलाएका ४५ सार्वजनिक संस्थान : २८ नाफामा,१४ घाटामा

सार्वजनिक संस्थानहरु निरन्तर ओरालो लाग्दै गएका छन् । सार्वजनिक संस्थामा राज्यले गरेको लगानी ७ खर्ब ३ अर्ब रुपैयाँ नाघेको र प्रतिफल भने १३ अर्ब रुपैयाँ मात्रै पाएको अर्थमन्त्री पौडेलले पेश गरेका छन् । नेपालमा हाल विभिन्न औद्योगिक, व्यापारिक, सेवा, सामाजिक, जनोपयोगी र वित्तीय क्षेत्रमा गरी ४५ वटा सार्वजनिक संस्थान सञ्चालनमा रहेका छन्। जसमध्ये २० वटा पूर्ण सरकारी स्वामित्वका र २५ वटामा सरकारको अधिकांश स्वामित्व रहेका हुन ।

बिज्ञापन

यी मध्ये २८ वटा नाफामा १५ घाटामा २ वटा बन्द रहेको छ । जसमध्ये  सरकारले सञ्चालन गरेका १० मध्ये ९ उद्योगहरु घाटामा चलिरहेका छन् । जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी, धौवादी फलाम कम्पनी, दुग्ध विकास संस्थान, हेटौंडा सिमेन्ट उद्योग, नेपाल औषधि लिमिटेड, उदयपुर सिमेन्ट, नेपाल ओरियन्ट म्याग्नेसाइट प्राइभेट लि , बुटवल धागो कारखाना र नेपाल मेटल कम्पनी घाटामा रहेका हुन्। यसमध्ये पनि सञ्चालनमा नरहेको जनकपुर चुरोट कारखाना घाटामा छैन।

बिज्ञापन

यता आर्थिक वर्ष २०८०/८१ मा सार्वजनिक संस्थानको कुल सम्पत्ति गत आर्थिक वर्ष भन्दा २ दशमलव २० प्रतिशतले वृद्धि भई रु २९ खर्व १० अर्ब १७ करोड पुगेको छ।सार्वजनिक संस्थानमा नेपाल सरकारको लगानी ५ दशमलव ८६ प्रतिशतले वृद्धि भई रु ७ खर्ब ३ अर्ब ९३ करोड पुगेको छ। जसमा सेयर लगानी रु ३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी रु ३ खर्ब ३९ अर्ब ७ करोड रहेको जनाइएको छ ।

बिज्ञापन

यस्तै यी संस्थानको कुल सञ्चालन आय रु ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक ० दशमलव २२ प्रतिशतले कम रहेको जनाइएको छ । यी संस्थानबाट खुद नाफा रु ४२ अर्ब ६२ करोड पुगेको छ, जुन गत समीक्षा अवधिको तुलनामा १२ दशमलव ८८ प्रतिशतले कम हो।

नाफामा रहेका संस्थानहरूको खुद नाफा गत आर्थिक वर्षको तुलनामा ११.५० प्रतिशतले घटेको छ भने नोक्सानीमा रहेका संस्थानहरूको खुद नोक्सानी गत वर्षको तुलनामा ८.६५ प्रतिशतले बढेको छ।

सार्वजनिक संस्थानमा नेपाल सरकारको कुल लगानी समीक्षा अवधिसम्ममा ५.८६ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ढ३ करोड पुगेको छ। जसमा सेयर लगानी रु।३ खर्ब ६४ अर्ब ८६ करोड र ऋण लगानी ३ खर्ब ३९ अर्ब ७ करोड रहेको छ।

आर्थिक वर्ष २०८०/८१ मा संस्थानको कुल सञ्चालन आय ६ खर्ब ६० अर्ब १५ करोड पुगेको छ, जुन अघिल्लो आर्थिक वर्ष २०७९/८० को तुलनामा ०.२२ प्रतिशतले कम हो। कुल गार्हस्थ्य उत्पादनमा सञ्चालन आयको अनुपात ११.५७ प्रतिशत रहे । सरकारी स्वामित्वमा रहेका व्यापारिक प्रकृतिका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कृषि सामग्री लिमिटेड, नेपाल आयल निगम र नेपाल वन निगम नाफामा चलेका छन् ।

सेवा क्षेत्रतर्फ सञ्चालनमा रहेका ७ संस्थानमध्ये ५ नाफामा छन् भने २ वटा घाटामा चलिरहेका छन् । जन अनुसार औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी, नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पूर्वाधार निर्माण कम्पनी, साझा यातायात, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र विशालबजार कम्पनी नाफामा देखिएका हुन्। नेपाल वायुसेवा निगम र नेपाल रेल्वे कम्पनी भने यो वर्ष घाटामा चलिरहेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

यी प्रावधान उल्टाउँदै राष्ट्रिय सभाबाट पारित भयो संघीय निजामती सेवा विद्येयक

संघीय निजामती सेवा विधेयक राष्ट्रिय सभाबाट पारित

निजामती कर्मचारीलाई कार्यालय समय बाहिर लोकसेवा तयारी कक्षा पढाउन अनुमति

लेखाका ५५ कर्मचारी काज सरुवा

ऊर्जामा सचिव पद: तीन सहसचिवबीच रोचक प्रतिस्पर्धा

कर्मचारीको अवकासको उमेर हद सम्बन्धी मेरो प्रस्ताव कसैको व्यक्तिगत स्वार्थमा थिएनः मन्त्री न्यौपाने

सरकार पछि हटेपछि निजामती विधेयकको गाँठो फुक्यो

निजामती विद्येयकको गाँठो फुक्यो,कर्मचारीको अवकाश उमेर अब तीन चरणमा

बिशेष