कांग्रेस सांसद बस्नेतको पद स्वतः निलम्बन

नेपाली कांग्रेसका सांसद मोहन बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको छ । टेलिकम्युनिकेशन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) खरिद प्रकरणमा प्रतिवादी बनाउँदै आज अख्तियारले विशेषमा मुद्धा लगेसँगै उनको पद निलम्बनमा परेको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स खरिदमा बस्नेतसहित १६ जनाविरुद्ध ३ अर्ब २१ करोडभन्दा बढी बिगो र कैद माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको सांसद पद निलम्बनमा परेको हो ।

बिज्ञापन

पूर्व सञ्चारमन्त्री बस्नेतले दूरसञ्चार ऐन, २०५३ को दफा १८ र २० मा रहेका नेपाल सरकार मन्त्रिपरिषद्ले मात्र प्रयोग गर्न पाउने अधिकार ९नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने नेपाल सरकारमा निहित अधिकार० को अपव्याख्या गरी अन्तर्राष्ट्रिय कल अनुगमन,भीओआईपी नियन्त्रणका लागि उपयुक्त उपकरण र प्रणाली सञ्चालन गर्ने भनी निर्देशन दिएको अख्तियारको आरोप छ।

बिज्ञापन

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेपछि बस्नेतको सांसद पद निलम्बनमा परेको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५८ अख्तियार दुरुपयोग अनुसन्धान आयोग, २०४८ मा भएको व्यवस्थाअनुसार सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ ।

बिज्ञापन

बस्नेत २०७९ को चुनावमा सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् । उनी ०७४ मा सञ्चार मन्त्री थिए । सोही समयमा टेरामक्स घोटाला भएको भन्दै अख्तियारले लामो समयको अनुसन्धानपछि आज विशेषमा मुद्धा दायर गरेको हो ।

मुद्दा दायरसँगै बस्नेतको सांसद पद स्वतः निलम्बनमा परेको हो ।यस अघि काँग्रेसकै सांसद टेकबहादुर गुरुङको सांसद पद निलम्बनमा परेको थियो । पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने उपर सम्पत्ति शुद्धीकरणको मुद्धा चलेसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

उत्तरगया–४ मा फोहोर व्यवस्थापनदेखि विश्रामस्थलसम्म : युवाले गरे, पालिका र वडा ‘दर्शक’ मात्र

अमर्यादित शब्द प्रयोग प्रकरण : महेश बस्नेत थप अनुसन्धानमा तानिए

रुपान्तरण, बहिर्गमन र बहिष्करण

अस्थायी र करार सेवा सम्झौता रद्द

काठमाडौंका सडक खाल्डाखुल्डीमुक्त बनाउन सडक डिभिजनको अभियान तीव्र

ब्रेन ट्युमर पीडित मोक्तानलाई थाङ्दोर युवा समाजको आर्थिक सहयोग

इटहरी सवारी परीक्षण कार्यालयमा अनियमितता खुलासा : प्रमुख र लेखापाल मन्त्रालयमा तानिए

शेरबहादुर देउवाका साला भूषण राणाको घरमा प्रहरीको छापा

बिशेष