भारतद्वारा पाकिस्तानका विभिन्न स्थानमा आक्रमण,चीनले भन्यो : खेदजनक

भारतीय सेनाले पाकिस्तानविरुद्ध सुरु गरेको अपरेशन सिन्दूर’ लाई चीनले खेदजनक भनेको छ ।

बिज्ञापन

भारतले गए राति पाकिस्तानका एका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानले पनि जवाफी आक्रमण गर्ने बताएको छ। बहावलपुर, कोटली तथा मुजफ्फाबादलगायत ठाउँमा आक्रमण गरिएको जनाइएको छ।

बिज्ञापन

सो घटनालाई चीनले खेदजनक भनेको हो । पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न क्षेत्रहरूमा हवाई हमला गरेपछि बुधबार चीनको विदेश मन्त्रालयले पाकिस्तानविरुद्ध भारतले चलाएको सैन्य कारबाहीलाई ‘खेदजनक’ भनेको हो ।

दक्षिण एसियाली प्रतिद्वन्द्वी मुलुकहरूबीच बढ्दो तनावबारे सोधिएको प्रश्नमा मन्त्रालयका प्रवक्ता माओ निङले चीन यो परिस्थितिप्रति ‘चिन्तित’ रहेको बताएका छन्।

बिज्ञापन

चिनियाँ विदेश मन्त्रालयको प्रवक्ताले भनेका छन्,चीन हालको परिस्थितिप्रति चिन्तित छ। भारत र पाकिस्तान एक अर्काका छिमेकी हुन् र सधैं रहिरहनेछन्।

ती दुवै चीनका पनि छिमेकी मुलुकहरू हुन्। चीन सबै प्रकारका आतंकवादको विरोध गर्छ। हामी दुवै पक्षलाई शान्ति र स्थायित्वको बृहत्तर हितका लागि सोच्न, शान्त रहन, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउने कुनै पनि कदम चाल्नबाट जोगिन आग्रह गर्छौं।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

ड्युटीमा खटिएका कर्मचारीको निधन

सिंहदरबार,सर्वाेच्च अदालत जलाउने १३ विरुद्ध मुद्धा दर्ता,अर्बाैको विगो

कर्तव्यको मैदानमै अस्ताए आधा दर्जन राष्ट्रसेवक

यी ६ प्रकारका सरकारी कागजात देखाएर गर्न पाइन्छ मतदान

निर्वाचन आचारसंहिता, मौन अवधि र लोकतान्त्रिक उत्तरदायित्व

उम्मेदवारी खारेजपछि घण्टी चिह्नमा खसेका सबै मत गणना नहुने

निर्वाचनमा खटिएका भन्सार कर्मचारीको दुर्घटनामा परेर मृत्यु

मतदान केन्द्रमै ढले सिनियर अहेब, उपचारका क्रममा निधन

बिशेष