अध्ययनको बिषय विज्ञान,योजना थियो डक्टर बन्ने । डाक्टर र लाहुर बन्ने सपना तुहिएर के भयो ? उनका लागि अर्को द्धार खुल्लै थियो । मोडे आफ्ना पाइला । सम्भवनाको त्यही ढोका ढकढाए । खुल्यो पनि नेपाल प्रहरीतर्फ भर्ना । भरे फाराम,बने इन्सपेक्टर । जीवनमा देखेको कम र लेखेको बढी पाइन्छ भन्छन्,भाग्यवादमा विश्वास नगर्नेहरु यो कुरा मान्न तयार छैनन् तर जीवन रहरले कम र संयोगले बढी चल्दछ सायद । सत्कर्म,इमानको परिणामत राजु अर्यालले विगत तीन बर्षदेखि झण्डै ३७ हजार फौजीको कमाण्डरको भूमिकामा छन् । साथीहरु त भन्थें पनि ‘ एक दिन तँ प्रहरीको महानिरीक्षक बन्छस ।’तर अर्यालकै शब्दमा उनले कहिल्यै त्यस्तो सपना देखेनन्,महत्वकाक्षा पाल्दै पालेनन् । भनिन्छ ,सफल हुनका योजना बुन्नुपर्दछ,सपना देख्नुपर्दछ । तर उनी कर्म गर्दै गए,निष्काम । गीतामा भनिएकै छ,’कर्म गर,फलको आश नगर ।’ निस्काम कर्मकै परिणाम तीन बर्षदेखि उनी सशस्त्र प्रहरीको महानिरीक्षकको जिम्मेवारीमा छन् ।
बिज्ञापन
संयोग
पिता दामोदर प्रसाद अर्याल र माता शारदाको कोखबाट काठमाडौंको गोलढुंङ्गामा जन्मिएका हुन उनी ४९ बर्ष अघि । त्रिभुवन विश्वविद्यालयबाट विशिष्ट श्रेणीमा ग्रामीण विकास, प्रथम श्रेणीमा समाजशास्त्र तथा राजनीतिशास्त्र संकायमा स्नातकोत्तर र अन्तर्राष्ट्रिय मानविय कानुन विषयमा पोष्ट ग्रायजुएट डिप्लोमा पार लगाएका अर्याल ०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवामा पाइला राखेका हुन । जतिखेर उनी बीएस्सी तह अध्ययन गर्दै थिए । सेवा प्रवेश गरेको चार बर्ष पछि नेपाल प्रहरीबाट सशस्त्र प्रहरीतर्फ पाइला मोडे । ०५८ जेष्ठ ८ मासशस्त्र प्रहरी बलतर्फ सेवा स्थानान्तरण गरेकाउनी सोही बर्ष सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) मा उक्लिए । ०६३ सालमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी),०७० मा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हुँदै ०७५ सालमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका उनी ३ बर्ष अघि सशस्त्र प्रहरीको महानिरीक्षकको कुर्सीमा छन् । र संयोग मान्नुपर्दछ उनको बहिनी राधिका अर्याल अहिले नेपाल सरकारको सञ्चार सचिवको भूमिकामा छन् । एकै पटक दाजु बहिनी नै नेपाल सरकारको उच्च प्रशासनिक पदमा पुगेको घटना विरलै देख्न पाइन्छ ।
बिज्ञापन
सुधारका यत्न
०७९ साल वैशाख १८ गते सशस्त्र प्रहरी महानिरीक्षकमा नियुक्ति हुनुभएका राजु अर्यालको तीन बर्षदेखि महानिरीक्षकको कुर्सीमा छन् उनी। पछिल्लो तीन बर्षको कार्याकालमा विभिन्न नीतिगत, कार्यविधि, निर्देशिका, मापदण्ड, स्थायी आदेश, प्रतिवेदन, कार्य योजना, अवधारण पत्र, विधानहरु निर्माण भएको छ । यो अवधिमा भएका सुधारका कामलाई प्रशासनतर्फ,कार्यतर्फ,एकेडेमी, स्टाफ कलेज तथा तालिम,विपद् व्यवस्थापन, सीमा सुरक्षा,कल्याणकारीतर्फ र विविध गरी यसरी वर्गीकरण गरिएको छ ।
प्रशासनतर्फ
बिज्ञापन
१. वर्ष अधिकृत (जुनियर अधिकृत र सिनियर अधिकृत) घोषणाको लागि आवश्यक कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने ।
२. १७ आश्रित गुल्मलाई अनाश्रित बनाउने प्रकृयामा ।
३. मातहतलाई सपोर्ट गर्नको लागि मद्दति तथा सेवा गुल्ममा आवश्यक जनशक्ति तथा श्रोतसाधन उपलब्ध गराउने।
४. सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकास योजना निर्माण गरी नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने O&M पश्चात ७१५८ जनाको पदोन्नती भएको ।
५. पुरस्कार तथा सम्मान कार्यविधि बनाई २२औं सशस्त्र प्रहरी दिवसदेखि पुरस्कार वितरण गरिएको ।
६. सशस्त्र प्रहरी कर्मचारीहरुको पदस्थापना, सरुवा तथा काज सरुवा सम्बन्धि कार्यविधि निर्माण गरिएको।
७. युनिटहरुको स्थापना दिवस मनाउने कार्यविधि निर्माण गरी हाल स्थायी युनिटहरुले कार्यालय स्थापना भएको दिनमा युनिट दिवस मनाउँदै आईरहेको ।
८. O&M पश्चात प्रधान कार्यालय मद्दती तथा सेवा निर्देशनालय अन्तर्गत रहने गरी हातहतियार तथा यान्त्रिक कार्यशाला (आर्मोरर शाखा) को पुर्नस्थापना भएको ।
९. कमाण्डको लागि पूर्वानुमान सूचि प्रकाशन गरी सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकसम्म कमाण्डमा खटाउने गरिएको ।
१०. अधिकृतहरुका लागि व्यावसायीक ज्ञान परीक्षा मासिक रुपमा प्रधान कार्यालय तथा बाहिनी मुख्यालयहरुमा निरन्तर लिने गरिएको । Instructor, Staff Command(ISC) Concept नीति बमोजिम सरुवा गर्ने गरिएको ।
११. केन्द्रिय निरीक्षण निर्देशिका संशोधन गरि बि.सं.२०८१ सालको निरीक्षण सोही बमोजिम गरिएको ।
१२. सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालयमा software बनाई Unit Progress reporting system मार्फत दैनिक रुपमा अनुगमन तथा मासिक र त्रैमासिक रुपमा मूल्याङ्कन गर्ने गरिएको ।
१३. उत्कृष्ट कार्य गर्ने सप्रकहरुलाई Ig apf Commendation २२औं सशस्त्र प्रहरी दिवसदेखति कार्यविधि अनुसार ५६२ जनालाई प्रदान गरिएको।
१४. दर्ज्यानी चिन्ह सुशोभन सम्बन्धी स्यायी आदेश परिमार्जन गरी हाल कार्यान्वयनमा रहेको ।
१५. परिचरहरुको श्रेणी छुट्टिने चिन्हको प्रयोग व्यवस्था ।
१६. सशस्त्र प्रहरी बल नेपालका स्कुलहरुको केन्द्रिय सुपरीवेक्षणको लागि सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकलाई जिम्मेवारी ।
१७. समारोह तथा आन्तरिक व्यवस्थापन शाखा स्थापना गरी कार्य संचालन ।
१८. अवकास गएका तथा राजीनामा स्वीकृत गराई उपदानमा गएका पूर्व सशस्त्र प्रहरी कर्मचारी एवं विरगतिप्राप्त सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई परिचयपत्र उपलब्ध गराउने (हालसम्म बिरगति प्राप्त सशस्त्र प्रहरी कर्मचारीको १११ आश्रित परिवारलाई परिचय-पत्र वितरण गरिएको र अवकास तथा राजिनामा गएका १६२६ जनालाई परिचय-पत्र वितरण गरिएको)।
१९. प्रत्येक सशस्त्र प्रहरी कर्मचारीको गोप्य प्रतिवेदन फारम (CRF) भर्ने व्यबस्था (समय समयमा भए नभएको फ्लोअप गर्ने गरिएको) ।
२०. सशस्त्र प्रहरी कर्मचारीहरुको लागि Ethical and Professional Code of Conduct तयार गरी लागु गरिएको।
२१. सबै ईकाइको आदर्श वाक्य निर्माण गरिएको।
२२. सम्पूर्ण ईकाईहरुको निरीक्षण तथा मुल्याङ्कन गरी युनिट ग्रेडिङ्ग केन्द्रिय निरीक्षण पश्चात् निकाल्ने गरिएको ।
२३. २३औं सशस्त्र प्रहरी दिवसबाट Best Integrity Award बाट प्रत्येक बर्ष १ जना सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कृत गर्न सुरुवात गरिएको ।
२४. युनिट/युनिट सरुवा नीति अनुसार १२ वटा गुल्महरुको परस्पर सरुवा गरिएको ।
२५. कर्मचारीहरुको वृत्तिविकास योजना निर्माण गर्ने पहिलो चरणको प्रस्तुतिकरण भएको ।
२६. भर्ना छनौट कार्यमा खटिने सशस्त्र प्रहरी कर्मचारीहरुलाई अनुशिक्षण तालिम प्रदान गरि भर्ना छनौट कार्यमा खटाउने गरिएको ।
२७. धनुषामा रेल्वे सुरक्षा बेश स्थापना भएको र गुल्म स्थापना गर्ने प्रकृयामा रहेको ।
२८. २२औं सशस्त्र प्रहरी दिवसदेखि कार्यविधि अनुसार उत्कृष्ट कार्य गर्ने ५६२ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई Ig apf Commendation प्रदान गरिएको ।
२९. बरिष्ठ अधिकृत सम्मेलनको आयोजना गर्ने २०७९ सालदेखि निरन्तर भईरहेको ।
३०. सम्पूर्ण युनिटहरु तथा कर्मचारीहरुबाट हुने आर्थिक अनियमितता सम्वन्धी अनुगमन, नियन्त्रण तथा कारवाही सिफारिस गर्न सप्रमनिको सचिवालय प्रधान कार्यालयमा Disciplinary Tracking and Action Unit को स्थापना गरी गण तथा गुल्म तहको अनुगमनको भईरहेको ।
३१. सशस्त्र प्रहरी बलमा हुने विभिन्न खाले सलामीहरु सम्बन्धमा मापदण्ड तयार गरी एकरुपता कायम गरिएको ।
३२. सशस्त्र प्रहरी कर्मचारीहरुले कुटनैतिक नियोग तथा विभिन्न नेतृत्वसँग भेटघाटको क्रममा पालना गर्नुपर्ने आचरण सम्बन्धी स्थायी आदेश जारी भई हाल कार्यान्वयनमा रहेको ।
३३. १२ वर्ष र २५ बर्ष सेवा अवधि पुगेका सप्रकहरुलाई राष्ट्रसेवा पदक उपलब्ध गराउन गृह मन्त्रालयबाट स्वीकृति लिई लगाउने कार्य भईरहेको ।
३४. संगठनको छवि उच्च राखे सशस्त्र प्रहरी कर्मचारीहरुको पदोन्नती भईरहेको (हालसम्म ३५ जना लाई पदोन्नती गरिएको, साथै ५ जना द्वन्द्वकालिन घटनाका असक्त सशस्त्र प्रहरी कर्मचारीलाई बढुवा गरिएको)
३५. लामो समयसम्म एउटै प्रदेशमा कार्यरत र अन्यत्र प्रदेशमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई घरपायक प्रदेशमा सरुवाको लागि व्यवस्था मिलाउने तथा हाल पुन पायक पर्ने दरवन्दीको सम्बन्धित कर्मचारीसँग माग गरी कार्यान्वयनमा लगिएको ।
३६. BMI फिट नहुने सशस्त्र प्रहरी कर्मचारीलाई पदोन्नती भएपनि दर्ज्यानी चिन्ह नलगाउने परिपत्र भई कार्यान्वयनको क्रममा रहेको ।
३७. सशस्त्र प्रहरी कर्मचारीहरु लक्षित कानून महाशाखा अन्तर्गत कानपूनी सहायता कक्ष स्थापना भई कार्यान्वयनमा रहेको र हाल सम्म १३८ जना सप्रकहरुले परामर्श लिएको।
३८. सशस्त्र प्रहरी बल नेपालको ऐन/नियम संशोधनको कार्य मस्यौदा तयार गरी हाल संघिय संसदमा पेश रहेको ।
३९. संघिय ऐनहरुमा सशस्त्र प्रहरी बल, नेपालको भूमिका सम्बन्धमा संसोधनको लागि लेखापढी गरिएको
४०. BMI को लागि कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याउन नियमावलीमा सम्बोधन गर्ने तयारीमा रहेको ।
कार्यतर्फ
१. Social Media monitoring Desk स्थापना (प्रवक्ता कार्यालयमा स्थापना गरी हालसम्म १५७ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिभिन्न किसिमको विभागीय कारवाही गरिएको साथै १२ जना कारवाहीको लागि लेखापढी गरिएको)।
२. सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्लाटुन फर्मेशनमा विभाजन गरी समय समयमा सामेलीको व्यवस्था ।
३. विष्फोटक पदार्थको भण्डारण सम्बन्धमा अध्ययन गरी ३ स्थानमा बंकर निर्माण सम्पन्न भएको।
४. प्रति आतंकबाद ईकाई गठन गर्ने (हाल अन्तराष्ट्रिय आतङ्कवादको घटनाहरुको मुल्याङ्कन गर्ने, स.प्र.बलमा तालिमको लागि, सिलेबस बनाउने र AGP/TF अन्तर्गतको कार्यहरु गर्ने गरेको)।
५. Professional Activities Cycle-PAC संचालन (६ वटा शिर्षकहरु पेशागत ज्ञान अभिवृद्धि, जिन्सी सामग्री व्यवस्थापन, कला तथा संस्कृति प्रवर्द्धन, फिल्ड फोर्टिफिकेसन, व्यावसायिक कौशल अभ्यास, खेलकुद महिना गरी प्रत्येक २ महिनामा PAC अन्तर्गतको कार्यहरु संचालन भईरहेको ।
६. Railway, Tunnel तथा Boat/Ship/Cruise हरुको सुरक्षार्थ कस्तो तयारी गर्ने भन्ने सम्बन्धमा अध्ययन गर्ने ।
७. ७.६२ मिमिका हतियारलाई प्रतिस्थापनको व्यवस्था मिलाउने ।
८. पृथ्वी राजमार्गमा सेमुलेसन Exercise गर्ने ।
एकेडेमी, स्टाफ कलेज तथा तालिमतर्फः-
१. सीमा सुरक्षा सम्बन्धि विषयहरु समेटेर विपद् अनुशिक्षण तालिमसँगै संचालनमा ।
२. सशस्त्र प्रहरी बल नेपालमा रणनैतिक व्यवस्थापन (Strategic Management) तालिम संचालन गर्ने ।
३. प्राविधिक, कानुन तथा लेखा समुहका कर्मचारीहरुले गर्नुपर्ने आवश्यक तालिमहरु एकिन गर्ने ।
४. विपद् उद्दारको सामानहरु मर्मतको लागि तालिम संचालन गर्ने ।
५. सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरुलाई प्रवक्ता तालिम संचालन गर्ने ।
६. कैलाली र सप्तरीमा विपद व्यवस्थापन तालिम केन्द्र स्थापना गर्ने ।
७. सशस्त्र प्रहरी बल नेपालमा संचालन हुने सम्पूर्ण तालिमहरुको तालिम पाठ्यक्रम परिमार्जनको लागि समिति गठन गरी ८७ वटा पाठ्यक्रम संशोधन गरिएको ।
८. सशस्त्र प्रहरी बल नेपालमा अपराध अनुसन्धान तालिम संचालन गर्ने (१ जना सशस्त्र प्रहरी निरीक्षकले नेपाल प्रहरीमा अपराध अनुसन्धान तालिम सम्पन्न गरेको) ।
९. नेपाली सेनाको समन्वयमा प्रतिविद्रोह र आतंकवाद नियन्त्रण तालिम संचालन (हाल सशस्त्र प्रहरी बलमा तालिम शिक्षालय पोखरा र तालिम शिक्षालय सप्तरीमा तालिम संचालन गरी २४६ जनाले तालिम प्राप्त गरेको र वैशाख १५ गतेबाट ७० जनाको तालिम संचालन भएको) ।
१०. आगामी आ.व.मा STF र DM तालिमको संख्या वृद्धि गर्ने योजना रहेको (यो वर्ष १०० जनाले STF र १०४० ले DM तालिम सम्पन्न गरेको) ।
११. High Altitude तालिमको शुरुवातसँगै रोप रेस्क्यु तालिम संचालन भएको (हालसम्म ३० जनाले तालिम गरिसकेको र ४५ जनाले हाई अल्टिच्युट तालिम शिक्षालय मनाङमा तालिम गर्दै गरेको) ।
१२. नेपाल प्रहरी र नेपाली सेनासँग तालिम Exchange गर्ने कार्य भईरहेको ।
१३. CTEVT बाट मान्यता प्राप्त शिक्षण संस्थाहरुमा एक सिपाही एक सीप तालिम संचालन गर्ने कार्यविधि अनुसार तालिम संचालन भईरहेको । (५६३ जना सशस्त्र प्रहरी कर्मचारीहरुले तालिम प्राप्त गरिसकेको र ३२५ जनाले तालिम गरिरहेको)
१४. Post Graduate Diploma in Security and Disaster Management Studies-PGDSDMS तालिम संचालन (हालसम्म ३४ जना अधिकृतहरुले सम्पन्न गरेको र ४० ले गर्दै गरेको) ।
१५. २० वर्ष सेवा अवधि पुरा गरेका सशस्त्र प्रहरी परिचरदेखि सशस्त्र प्रहरी नायव निरीक्षकसम्मका सम्पूर्ण सप्रकहरुलाई क्रमशः हलुका सवारी चालक तालिम गराई दक्ष बनाउन २०८१ साल चैत्र १७ गतेबाट ३५ जनाको लागि तालिम संचालन भईरहेको ।
१६. ६ वटा तालिम शिक्षालयहरुको स्तरोन्नती गर्ने ।
१७. पोखरामा Fire Fighting Training School स्थापना गर्न स्वीकृतिको लागि सम्बन्धित मन्त्रालयमा पत्राचार गरिएको ।
१८. कमाण्ड तथा स्टाफ कलेजको विधान निर्माण ।
१९. कमाण्ड तथा स्टाफ कलेजको प्रशिक्षार्थी छनौट कार्यविधि संशोधन ।
विपद् व्यवस्थापनतर्फ
१. INSARAG बाटमान्यता प्राप्त Medium Level Search and Rescue Team तयार गर्ने ।
२. अस्थायी बेश बिओपिसम्म विपद् व्यवस्थापन Rope Rescue को लागि रोप, हार्नेस र क्याराविना लगाएतको समानहरुको व्यवस्था ।
३. हरेक प्रदेशमा विपद व्यवस्थापन बेसहरु थप गर्ने नीति अनुरुप ९ वटा बेस स्थापना ।
४. सबै प्रदेशमा गरी १० स्थानमा १०८ जना गोताखोर तथा व्यवस्थापन तालिम प्राप्त कर्मचारी थप परिचालन ।
५. National Road Safety Council (NRSC) सँग सहकार्य गरी नागढुङ्गा नौबिसे मुग्लिन सडकमा दुर्घटना तत्काल उद्धार गर्न सशस्त्र प्रहरी बल नेपालले Post-Crash Response and care service प्रदान गर्न MOU मा हस्ताक्षर गरी कार्यान्वयनमा लगिएको।
६. Mass Casualty Vehicle संचालनको लागि आवश्यक कार्यविधि, स्थानिय अस्पतालहरुसँग MOU र Simulation Exercise हरुमा Mass Casualty Vehicle हरुको प्रयोग (सोही अनुसार हाल बाहिनी मातहत ८ अस्पतालहरुसंग MOU गरिएको ।
७. सम्पुर्ण युनिटहरुमा Rope Rescue को लागि चाहिने Equipment पुऱ्याउन। (टेण्डरको लागि स्पेसिफिकेसन तयार हुँदै)
सीमा सुरक्षातर्फ
१. Digital Border Concept को कार्यान्वयन ।
२. सीमा ईलाकामा बसोवास गर्ने स्थानिय वासिन्दाहरुलाई सशस्त्र प्रहरी बल, नेपालमा हुने भर्ना छनौट सम्बन्धी अनुशिक्षण कक्षाहरु संचालन ।
३. २०७९ साल भाद्र २७ गते ८५ जनाको दरवन्दी कायम हुने गरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक प्रमुख रहने गरि सीमा सुरक्षा विभागको स्थापना ।
४. नापी विभागबाट स्ट्रिप नक्सा ल्याउने र प्रयोग (मन्त्रिपरिषदको २०७९/०३/२४ गतेको निर्णयले नेपाल भारत सीमाको १८२ थान नक्सा नापि विभागबाट ल्याएको ।
५. Border Resource and Research Center को स्थापना ।
६. यस आ.व.मा ४९८ गरी पहिला २१३७ हालसम्म गरी २७५३ वटा सीमास्तम्भको मर्मत संभार तथा रंग रोगन सम्पन्न ।
७. हिमाली गोर्खाको साम्दो र दार्चुलाको टिङ्करमा BOP स्थापना ।
८. सिमावर्ती जिल्लामा सुचना संयन्त्र मजबुत बनाउनको लागि हाल ईन्टेलिजेन्स ब्युरो मार्फत ईन्ट अफिसर परिचालन गरिएको ।
९. सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत २०८० सालदेखि हालसम्म १२९३ कार्यक्रम भएको 1
१०. सीमा सुरक्षा तथा सीमावर्ती राजश्व चुहावट नियन्त्रण गोष्ठी संचालन गर्ने।
११. २०८० साल माघबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५८ जना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रहेको भन्सार सुरक्षार्थ टोलि परिचालन गरिएको ।
१२. २४ औं सशस्त्र प्रहरी दिवसको उपलक्ष्यमा लागुऔषध सम्बन्धि बिभिन्न र्यक्रमहरु गरिएको लागुऔषध सीमा सुरक्षा र युवा Theme मा सचेतनामुलको कार्यक्रम गरिएको ।
१३. सीमा सुरक्षा सहजीकरण समितिको कार्यविधि, २०७९ (मन्त्रालयमा विचाराधिन रहेको वडा अध्यक्षको संयोजत्वमा सीमा सहजिकरण समिति) हालसम्म ५०० वटा समिति गठन ।
१४. थप वि.ओ.पी.हरु स्थापना गर्ने (२६ स्थानमा थप गरि वि.ओ.पी. संख्या २५४ पुन्याईएको र अन्य स्थानमा विओपि स्थापनाको लागि प्रक्रियामा) ।
१५. चेन अफ कमाण्ड मजबुत बनाउनको लागि प्रस्तावित सीमा सुरक्षा गुल्महरुको स्थापना भएको (४५ वटा वि.ओ.पी. मा सशस्त्र प्रहरी नायव उपरीक्षक खटाईएको) ।
१६. सीमा ईलाकामा बि.ओ.पि. प्रमुखको अगुवाईमा सीमावासीसँग अन्तरक्रिया कार्यक्रम संचालन ।
१७. Border Area Development Program लागु गर्ने अवधारणा तयार गर्ने कार्य ।
१८. भारतीय सशस्त्र सीमा बलसँग संयुक्त अभ्यास संचालन ।
१९. Quick impact project मार्फत सार्वजनिक निर्माण (४९५ स्थानमा विभिन्न कार्यहरु गरेको) ।
२०. सीमावासी लक्षित कल्याणकारी कार्यहरु (शैक्षिक वृत्ति कार्यक्रम, सीपमूलक तालिम तथा स्वास्थ्य शिविर संचालन, सीमा इलाकामा बसोबास गर्ने नागरिकका सन्ततीलाई बार्षिक १५ जनालाई १२ हजार बरावरको छात्रवृति प्रदान गर्ने कार्यक्रम) ।
नेपाल एपीएफ अस्पतालतर्फ
१. प्रत्येक युनिटहरुमा नेपाल एपिएफ अस्पतालबाट चिकित्सक खटाई सम्पूण सशस्त्र प्रहरी कर्मचारीहरुलाई ६/६ महिनामा स्वास्थ्य परिक्षण गर्ने गरिएको ।
२. APF Nepal institute of medical science, Insurance Claim Desk र अन्कोलोजी युनिटको स्थापना गरिएको।
३. अस्पतालमा डायल्याशिस सेवा, HDU सेवा, Telemedicine/Tele-health System, प्रसुति सेवा र
विदाको दिनमा निश्चित समयको लागि OPD सेवा संचालन गरिएको।
४. टाढाबाट बिदा वा अन्य कामको शिलशिलामा अस्पताल आउने बहालवाला स.प्र.क.हरुलाई परिचयपत्रको आधारमा नै उपचारको व्यवस्था ।
५. १८ जना चिकित्सक सशस्त्र प्रहरी अधिकृतलाई शैक्षिक दरवन्दी अनुरुपको हाल २० जना चिकित्सकले जिम्मेवारी पत्र प्राप्त ।
कल्याणकारीतर्फ
१. कल्याणकारी सेवा केन्द्र बाट प्राप्त हुने ऋणको दायरा बढाएर हाल अन्य दर्जाले ६ लाख, जुनियर अफिसरले ७ लाख र सिनियर अफिसरले १० लाख रुपैयाँ पाउने बनाईएको।
२. कल्याणकारी सेवा केन्द्रवाट १० लाख रुपैयाँसम्मको सीमा आवास कर्जा व्यवस्था । (हालसम्म ७६ जना सशस्त्र प्रहरी कर्मचारीहरु लाभान्वीत) ।
३. सशस्त्र प्रहरी कर्मचारीहरुका अपाङ्ग सन्ततिहरुलाई राहतको व्यवस्था ।
४. विपद् राहत कोषको स्थापना, भई हाल सम्म रु ४०,१२००० जम्मा ४ जनाको आश्रित परिवारलाई ५ लाखको दरले २० लाख रकम वितरण गरिएकोमा हाल रु २१,११७५३ बाँकी रहेको ।
५. सशस्त्र प्रहरी कर्मचारीहरुलाई ३० लाख रुपैयाँसम्मको ऋण उपलब्ध गराउन ग्लोबल आईएमई बैंकसँग सम्झौता।
६. आश्रित परिवारको लागि सीपमुलक तालिम संचालन ।
७. एक जवान एक बेडिङ्गअवधारणा लागु ।
८. ९७ स्थानमा मन्टेश्वरीसहितको शिशु स्याहार केन्द्र निर्माण ।
९. सुपथ मुल्य क्यान्टिन संचालन ।
१०. सशस्त्र प्रहरी परिवार महिला संघ र PABSON विच छात्रवृत्ति सम्बन्धि सम्झौता कार्यान्वयन ।
११. देशभरका ५९ वटा कार्यालयहरुले सशस्त्र प्रहरी कर्मचारीहरुको सेवा सुविधाकोलागि विभिन्न निकायसँग MOU गरिएको छ ।
१२. सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, प्रशिक्षण प्रतिष्ठान एवं वाहिनीहरु अन्तर्गत उत्कृष्ट कार्य गर्ने ५.५ जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई रु/१० हजार भत्ता सहितको पारिवारिक भ्रमणको व्यवस्था ।
१३. ए. नेपालको खेलकुदलाई समयानुकुल सुधार.एफ.पी. विकास र विस्तार गर्ने सम्बन्धि कार्य योजना तयार गर्ने कार्य ।
१४. अमर सशस्त्र प्रहरी कर्मचारीको सिलालेख व्यवस्थापन, ५५ स्थानमा निर्माण गरिएको र ९ स्थानमा तयारी ।
१५. नेपाल विद्युत प्राधिकरणको समन्वयमा चार्जिङ्ग स्टेशनहरु निर्माण गर्ने कार्य ।
१६. भूमिहिनको लागि भूमि कार्यक्रम ।
१७. कल्याणकारी सेवा केन्द्रबाट फ्रेन्च भाषा र चिनिया भाषाँको पढाईलाई निरन्तरता दिने कार्य ।
१८. बैंक तथा वित्तीय संस्थाहरुसँगको सहकार्यमा सशस्त्र प्रहरी कर्मचारी र आश्रित परिवार लक्षित स्वास्थ्य विमा प्रक्रिया अगाडि बढाउने कार्य।
१९. प्रदेश स्तरिय ४ ठाँउमा स्कुल विस्तार, स्कुल तथा फ्युल स्टेशनहरु स्थापनाको लागि सम्भाब्यता अध्ययन गर्ने कार्य ।
२०. बाहिनी, प्रतिष्ठान, तालिम शिक्षालय र काठमाण्डौ स्थित गणहरुमा भेण्डिङ्ग मेशिन जडान गर्ने कार्य ।
२१. सबै वाहिनी मुख्यालयहरुमा बाहालवाला तथा आश्रित परिवारहरुलाई लक्षित गरि निश्चित रकम लिएर छोटो समय बस्नको लागी पाउना घर निर्माण कार्य ।
२२. मिशनबाट फर्किएका सप्रकहरुले आफ्नो जन्मस्थानमा IP’sले ५०० डलर र FPU ले १०० डलर सम्मको जनकल्याणकारी कार्य गर्ने ।
२३. सशस्त्र प्रहरी कर्मचारीहरुलाई अत्यावश्यक परेको अवस्थामा सहयोग गर्ने उद्देश्य अनुरुप मासिक रुपमा सुवेदार मेजर र हवल्दार मेजरको अभिलेखमा रहने गरी युनिट फन्डको स्थापना । प्रत्येक युनिटले स्थापना गर्ने (आफ्नै थैली)।
बिबिधतर्फ
१. सशस्त्र प्रहरी महिला संघद्धारा गार्मेन्ट उद्योग संचालन गर्ने ।
२. एपिएफ समर्पण मासिक पत्रिका प्रकाशन, हाल प्रकासन भईरहेको (बर्ष ३, अंक-६ प्रकाशित भएको)
३. तालिमप्राप्त अधिकृतहरुलाई बाहिनीहरुमा खटाई मनोपरामर्श सेवा संचालन ।
४. २४औ सशस्त्र प्रहरी दविसमा सप्रनाउ सुरेश गैह्रलाई संगतितर्फको कला, साहित्य सम्मान पुरष्कार प्रदान गरिएको ।
५. सशस्त्र प्रहरी बल नेपालबाट २०८१ साल जेष्ठ ७ गते सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलद्वारा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण ।
६. सशस्त्र प्रहरी कर्मचारीहरुले सशस्त्र प्रहरी महानिरीक्षकज्यूलाई भेटघाटको समय तालिका मिलाउने व्यवस्था ।
७. विरगतिका आश्रित परिवारहरुलाई जिल्ला स्थित कार्यालयका पतिहरुले नियमित भेट्ने व्यवस्था ।
८. २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री राहत कोषमा ५१ लाख ३९ हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको ।
९. अर्धसैनिक फौजहरुको छाता संगठन FIEP मा आवद्ध हुने ।
१०. खाली जमिनमा कृषि कार्यक्रम ।
११. सबै प्रदेशमा भुतपूर्व सशस्त्र प्रहरी कर्मचारीहरुको सम्मेलन ।
१२. सशस्त्र प्रहरी बल नेपालका ईकाईहरुमा प्लाष्टिक निषेध गर्ने कार्य ।
सशस्त्र प्रहरीबाट निवृत्त भएकादेखि बहालरत सुरक्षाकर्मीहरुकै शब्दमा सशस्त्र प्रहरीको महानिरीक्षको कुर्सीमा अर्याल जतिको इमान्दार अफिसर यस अघि कोही आएका थिएनन् ।