कर छलीमा जोडिएका मालपानीलाई जोगाउन को को सक्रिय ?

राज्यलाई कंगाल तथा सीमित ब्यवसायीलाई मालामाल बनाउनमा सरकारी कर्मचारी नै उद्यत छन् । रूपन्देहीका नवधनाढ्य उद्योगपति कमलकिशोर मालपानीको दाहिने हात छन्, रघुनाथ घिमिरे । उनी जनार्दन शर्मा अर्थमन्त्री हुँदा मध्यराती सिंहदरबार छिरेर करका दर हेरफेर गर्ने उनै घिमिरे अहिले नव धनाढ्य उद्योगपति कमलकिशोर मालपानीलाई सघाइरहेका छन् ।

बिज्ञापन

घिमिरे झण्डै दुई वर्षदेखि मालपानीका उद्योगहरू यशोदा फुड्स प्रा लि र श्रीराम टोबाको उद्योगलयायतमा जोडिएका छन् । बुटवलको मैनाबगरस्थित श्रीराम टोबाको उद्योगको मुख्य उत्पादन भोला, करेन्ट र जीत ब्राण्डको गुट्खा, सुर्तीले अन्तःशुल्क छल्दै आएको बताइन्छ । सुर्ती, गुट्खा उत्पादन गर्ने देशकै सबैभन्दा ठूलो सो उद्योगमा कमलकिशोर मालपानीको लगानी छ । गुट्खा, सुर्ती, सुपारीसँगै चाऊचाऊ, मसलालगायतका उद्योगमा साम्राज्य फैलाएका कमलकिशोर मालपानीलगायतको समूहले लजिष्टिक अधिकृतमा तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको कार्यकक्षबाट बजेट आउने दिन करका दर हेरफेर गराउन सफल पूर्व नासु रघुनाथ घिमिरेलाई नियुक्त भएका छन् । उनका काम प्रहरीदेखि प्रशासनसम्म आफू अनुकुलको लैजाने,कसैले कारवाही गर्न खोजे मिलाउने हो भन्छन्,उद्यागकै कर्मचारी ।

बिज्ञापन

भोला ब्राण्डको गुट्खा देशैभर खपत हुन्छ । मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भए पनि श्रीराम उद्योगका उत्पादनको सितिमिति चेकजाँच हुँदैन । प्रहरीले छुनै हिम्मत गर्दैन भने राजश्वका अधिकारीहरूले पूर्व सूचना दिएर मात्र निरीक्षण गर्ने गरेको आरोप लाग्दै आएको छ ।

त्यहाँका प्रहरी र प्रशासनले छुन नसकेको उनै मालपानीको उद्योगमा एक जब्बर सहसचिवले हालैमात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको महानिर्देशक बनेर गएका कुमार दाहालले विगतमा चौधरी समूहमाथि हानेझैं अहिले तिनै मालपानीको उद्योगमा हात हालेको छ । विगतमा चौधरी समूहको गाडीको ब्रह्म लुटमा हात तानेर त्यहाँबाट खेदिएका उनले विभागले सूर्तिजन्य पदार्थको नाममा अरबौं रुपैयाँको करछली गर्ने श्रीराम टोवाकोमाथि हात हालेको हो । विभागले ललितपुरको सानेपास्थित पशुपति इन्टरनेशनल बिजनेस प्रा.लिमा विभागले छापा मारेर श्रीराम टोबाको उद्योगबाट उत्पादित गुट्खा–खैनी ब्राण्डहरूमा तोकिएको तौल नपुगेको, उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएको प्रमाणसहित सिलबन्दी गरेको छ ।

बिज्ञापन

‘भोला’, ‘करेन्ट’, ‘जित खैनी’, र ‘पावर खैनी’ ब्राण्डहरूमा कम्तीमा २०–२५ नमुनाको परीक्षण हुँदा प्याकेटमा लेखिएको २.१४ ग्राम तौल वास्तविक तौलभन्दा कम भेटिएको विभागको निष्कर्ष छ । श्रीराम टोबाको कम्पनीका सञ्चालक कमलकिशोर मालपानीको कम्पनीले करोडौंको राजस्व छली गर्दै आएको प्रमाणित भएको छ । विभागको कारबाहीपछि ती व्यवसायीहरु सम्पर्कमा आउन आनाकानी गरिरहेपछि विभागले ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन दिएको हो ।

एक सुव्वा त अहिले उनको दायाँ हात बनेर काम गरिरहेका छन् । यस्का अलवा पूर्वदेखि वर्तमान प्रशसकहरु,जो अर्थ र राजश्वतिर बसेका छन्,उनीहरुलाई मालपानीलाई जोगाउन लागिपरेका छन् । मालपानीको पक्षमा लबिङ गर्दै सिलबन्दी खुलाउन तल्ला तहका केही कर्मचारीदेखि माथिल्ला तहमा बसेर कार्यरत रहेर अवकाश पाएकादेखि वहालवाला केही प्रशासकहरुले जोगाउन लागिपरेका छन् । तर महानिर्देशक दाहाल भने सिलबन्दी खोलेर करछलीका प्रमाण लुकाउन दिने पक्षमा छैनन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

मेयर कमरेडविरुद्ध जर्वजस्ती करणीको जाहेरी

राजपत्र अनंकित कर्मचारीको सुर्खेत जिल्ला कार्यसमिति गठन,संयोजक तोकिए शिव केसी

भाँडियो शिक्षक र सरकारबीचको वार्ता

नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनमा नयाँ नेतृत्व

प्रतिनिधि सभा बैठक { LIVE}

कर छलीमा जोडिएका मालपानीलाई जोगाउन को को सक्रिय ?

मन्त्रालय बाहेकका कर्मचारीलाई सिंहदरबार प्रवेशमा कडाई

बैंककको भ्रमण सकाएर स्वदेश फर्कदै देउवा दम्पत्ति

बिशेष