अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

अख्तियारमा रहेको मुद्दा मिलाइदिने भन्दै आफ्नै कार्यालयका कर्मचारीसँग घुस माग्ने कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारमा उजुरी परी पत्र आएको र उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने भनी सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा गत ७ चैतमा रंगेहात पक्राउ परेका अधिकृत कपिल गिरी विरुद्ध अख्तियारले महिना दिन पछि विशेषमा मुद्धा लगेको हो ।
गिरी महानगरको उजुरी फर्स्यौट तथा समन्वय शाखामा कार्यरत थिए । महानगरपालिकाले उनलाई अख्तियारले सोधेको प्रष्टीकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट जवाफ पठाउने जिम्मेवार व्यक्ति तोकेको थियो । सोही पदीय दुरुपयोग गर्दै उनले आफ्ना महानगरकै अर्का कर्मचारीसँग ‘अख्तियारमा उजुरी छ म मिलाइदिन्छु’ भनी घुस मागेका थिए । अख्तियारमा उजुरी नै नपरेका व्यक्तिलाई नक्कली उजुरी बनाएर अख्तियारमा परेको भन्दै घुस मागेका प्रकरणमा उनी २५ हजार घुस सहित रंगेहात पक्राउ परेका थिए ।

बिज्ञापन

अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

जन्तीबाख्रो सार्वजनिक

प्रधानमन्त्री ओलीको रोजाईका महामहिम वलीका कार्यशैलीप्रति थाइ नेपाली असन्तुष्ट

उत्कृष्ट राष्ट्रसेवकको तक्मा-पुरस्कार थापेका कर्मचारी नै भ्रष्टाचार मुद्धामा

परराष्ट्रका २८ नायब सुब्बा अधिकृतमा बढुवा

यी हुन शाखा अधिकृतमा बढुवा सिफारिस भएका ३५ कर्मचारी

१५ शाखा अधिकृत उपसचिवमा बढुवा

सचिव बढूवाको लाइनमा रहेका अर्काे सहसचिव पनि निलम्बित

एकै पटक २१ वटा सरकारी कार्यालयबाट तलब बुझ्ने पत्रकार अख्तियारको फन्दामा

बिशेष