अख्तियारमा परेको उजुरी मिलाइदिन्छु भन्दै घुस खाने अधिकृतविरुद्ध मुद्धा दायर

अख्तियारमा रहेको मुद्दा मिलाइदिने भन्दै आफ्नै कार्यालयका कर्मचारीसँग घुस माग्ने कर्मचारीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

बिज्ञापन

अख्तियारमा उजुरी परी पत्र आएको र उजुरीसँग सम्बन्धित प्रमाण मेटाइदिने भनी सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा गत ७ चैतमा रंगेहात पक्राउ परेका अधिकृत कपिल गिरी विरुद्ध अख्तियारले महिना दिन पछि विशेषमा मुद्धा लगेको हो ।
गिरी महानगरको उजुरी फर्स्यौट तथा समन्वय शाखामा कार्यरत थिए । महानगरपालिकाले उनलाई अख्तियारले सोधेको प्रष्टीकरण वा प्रश्नहरूको महानगरपालिकाका तर्फबाट जवाफ पठाउने जिम्मेवार व्यक्ति तोकेको थियो । सोही पदीय दुरुपयोग गर्दै उनले आफ्ना महानगरकै अर्का कर्मचारीसँग ‘अख्तियारमा उजुरी छ म मिलाइदिन्छु’ भनी घुस मागेका थिए । अख्तियारमा उजुरी नै नपरेका व्यक्तिलाई नक्कली उजुरी बनाएर अख्तियारमा परेको भन्दै घुस मागेका प्रकरणमा उनी २५ हजार घुस सहित रंगेहात पक्राउ परेका थिए ।

बिज्ञापन

अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ (१) बमोजिमको कसुरमा २५ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ३(१)(क) अनुसार कैद सजाय र बिगो बराबर जरिवाना मागदाबी गरेको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

निर्वाचन परिणाम विश्लेषण र आगामी योजना 

लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)

रास्वपाको उदयसँगै कर्मचारीमा हलचल : निजामती कर्मचारी संगठनका सचिवले दिए राजीनामा

रास्वपाका सभापतिको भन्दा बरिष्ठ नेताको चुनाव खर्च ४ लाख ७३ हजारले बढी

निजामती अस्पतालको सेवा अब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि

भ्रष्टाचार र लुटतन्त्रविरुद्ध नवनिर्वाचित नेताहरूलाई ट्रान्सपरेन्सी नेपालको खबरदारी

कर्मचारीतन्त्र किन र कसरी सुध्रिनुपर्छ ?

आयल निगममा करोडौँ बुझाएर जुनियर र फरक समूहका कर्मचारी बने डिपो प्रमुख, अख्तियार मौन

बिशेष