भूमि मन्त्रालय कस्ले चलाउँछ ?

पछिल्ला दिनमा ‘चन्दने’ अर्थात दीपक भट्टलाई माथ खुवाउने गरी एक जना विचौलिया स्कारपिओमा दैनिक मन्त्रालय धाउने र सामान्य प्रशासन,भूमि,गृहमा अड्डा जमाएर बस्दै आएका छन् । उनकै अनुसार कर्मचारीहरु खटन पटन हुने गरेको भुक्तभोगी कर्मचारीहरु पीडा पोख्छन् । मास्क कहिल्यै नखोल्ने र क्याप टोपीले अनुहार छोपेर हिड्ने ती विचौलिया हुन‑ प्रमोद खड्का । उनको वास नै गृह,सामान्य,भूमि मन्त्रालयको  कर्मचारी प्रशासन महाशाखा र मन्त्री ‑सचिवको कार्यकक्षमा देख्न र भेट्न पाइन्छ । तिनै खड्काले भक्तपुर,डिल्लीबजार,साँखु,कलकी,भक्तपुर,ललितपुरका हाकिमहरु परिवर्तन गराएकै थिए । पछिल्लो समय  पोखरा मालपोतको प्रमुख परिवर्तन गर्न हात धोएर लागिपरेका छन् । त्यसका लागि बहालवाला भूमि व्यवस्था मन्त्रीमात्र होइन निवर्तमान भूमि व्यवस्था मन्त्रीलाई नै प्रयोग गरेर सामान्य प्रशासन मन्त्रालयमा दुई सातादेखि धर्ना दिइरहेका छन् ।

बिज्ञापन

क्यान्सर रोगी श्रीमतीको उपचार र रेखदेख गर्नुपर्ने भएको कारण घर पायक सरुवा मागेर कास्की मालपोतमा कार्यालय प्रमुख भएर गएका थिए, चिरञ्जिवी पौडेल । तर तीन महिना नपुग्दै उनलाई त्यहाँबाट नझिकी भएको छैन,विचौलियाको समूहलाई । ०५६ सालका १ नम्बरका अधिकृत हुन,पौडेल । उनका व्याजीहरु कोषहरि निरौला,नेत्र सुवेदी इन्दु घिमिरे सहसचिवको भूमिका छन् । रामेश्वर दंगाल सचिवै भए । श्रीमती रोगी हुँदा अध्ययन र परीक्षामा जुट्न नसकेका कारण उपसचिवमै छुटेका उनी अवको आठ महिना पछि उमेर हद लागेर घर फर्किदै छन् । जागिरे जीवनको १३ बर्ष दमौली,लमजुङ्ग,स्याङ्गजा मालपोतमै बिताएका वेदागी कर्मचारीका रुपमा चिनिएका पौडेलभन्दा पनि तीन बर्ष जुनियर (५९ का शाखा अधिकृत) हुन, गोकर्णमणि दुवाडी । दुवाडी भूमि मन्त्रालयको सचिव हुँदा कास्की मालपोतमा खटाइएको थियो पौडेललाई  तर एक दिनमै त्यहाँबाट सरुवामा परे अर्थात उपसचिवको सरुवा गर्दा गोकर्णको कुर्सी हल्लियो र लमजुङ्ग खटाइयो । कास्कीमा दुई बर्षभन्दा बढी समय बिताएका  रामचन्द्र अधिकारीलाई लमजुङ्ग पठाएर पौडेललाई कास्की सरुवा गरिएको थियो गत असोज ६ गते । अवधि नपुगी सरुवा गरिएको भन्दै रामचन्द्र अदालत पुगे । अदालतले उनको माग अनुसार स्टे अर्डर नदिएपछि त्यहाँ गत पुस २६ देखि हाजिर भएका हुन चिरञ्जिवी । तर तीन महिना नबित्दै उनको सरुवा गर्न विचौलियाको समूह लागि परेको छ । सो समूहले  आफू अनुकुलको उपसचिव रामचन्द्र  अधिकारी नै खोज्नुको रहष्य हो ‑भाट,राणा,शाह हुँदै थकालीहरुको नाममा कास्कीको बाटुलेचौरमा रहेको १३५ रोपनी क्षेत्रफलमा फैलिएको लिचि बगैचा । सो जग्गा हत्याउने योजना अनुरुप विचौलियाले आफ्नो स्वार्थ अनुरुप पूर्व मन्त्री रञ्जिता श्रेष्ठलाई प्रयोग गरिरहेका छन् भने सामान्य प्रशासन मन्त्रीलाई समेत कन्भिन्स गराइसकेका छन् । यसमा पूर्व मन्त्री श्रेष्ठको समेत स्वार्थ जोडिएको भूमि प्रशासन मन्त्रालयको स्रोतको दावी छ ।

बिज्ञापन

यो खेलोफड्कोमा लागेका उदयपुरे विचौलिया प्रमोद मोहन कृष्ण सापकोटा सचिव हुँदादेखि नै मन्त्रालयमा प्रवेश पाएको र यसरी सरुवाको खेतीपाती गर्दै आएका कर्मचारी हुन । भूमिसुधार मन्त्री रञ्जिता हुँदा गोकर्णमणिमार्फत उनै खड्काले धेरै ठाउँमा अनुचित लाभ उठाएको बताइन्छ । अहिले त्यही योजना अनुसार नै दाई गोकर्णलाई गृह सचिव र भाइ नारायण दुवाडी (काकाको छोरा) अख्तियार पु¥याइएको समाचार स्रोतको दावी छ ।

यसरी अकस्मात आफ्नो सरुवा हुन लागेको चाल पाए पछि अस्ति मन्त्रालयमा आइपुगेका उपसचिव पौडेलले सामान्य प्रशासन सचिव रविलाल पन्थलाई भेटेर वस्तुस्थिती जानकारी गराएर फर्किएका छन् । पन्थ उनीभन्दा जुनियर ५७ सालका शाखा अधिकृत हुन । त्यहाँको सार्वजनिक जग्गा व्यक्तिको नाममा पार्ने काम कुनै कर्मचारीले होइन स्वयं विचौलियालाई त्यही कुर्सीमा राखे पनि गर्न सक्दैनन् श्रीमान भन्दै उनले नियमविपरित काम भए श्रीमानलाई विपक्षी बनाएर मुद्धा मामिला गर्ने दिन नआओस भन्दै पोखरा फर्किएका छन् । यसरी पछिल्ला सात दिनमा पाँच दिन लगातार सामान्य प्रशासन मन्त्रीको कार्यकक्षमा किन पुग्नुभयो भन्दै पूर्व मन्त्री रञ्जिता श्रेष्ठसँग जिज्ञासा राख्दा उनले टक्टकिदैं भनिन्, कर्मचारी सरुवाको बिषयले होइन  तराई मधेश सम्बृद्धि कार्यक्रमका बिषयमा मन्त्रीज्यूसँग छलफलका लागि भेट भएको प्रतिक्रिया दिइन । भनिन्,‑‘पोखरा मेरो निर्वाचन क्षेत्र होइन,त्यहाँ कर्मचारी सरुवामा दवाव किन दिनु मैले ?’

बिज्ञापन

उसो त पछिल्लो समय भूमि व्यवस्था मन्त्रालयमा नापी चलाएर आएका कर्मचारीहरुको बोलबोला रहेको छ । सहसचिव गणेश भट्ट,महानिर्देशक प्रकाश जोशी उपसचिव दामोदर वाग्ले,सञ्जीवन श्रेष्ठकै टिमको दबाबमा सार्वजनिक जग्गा, सडक विस्तार तथा संघीय संरचनासँग सम्बन्धित विवादबाहेक अन्य अवस्थामा हालसाविक गरिरहनु नपर्ने व्यवस्था लागू गरिएको बताइएको छ । यो निर्णयले सर्वसाधरणले अझैं सास्ती पाउने मालपोतका प्रशासकहरु बताउँछन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रमेश अर्याल राष्ट्रिय जीवन बीमा कम्पनीको अध्यक्ष नियुक्त

संघीयता पूर्णरुपमा कार्यान्वयन नहुँदा प्राकृतिक स्रोतको परिचालनमा समस्या आयो: मुख्यसचिव अर्याल

सशस्त्र प्रहरीको प्रवक्तामा डिआइजी थापा

लोकप्रियताका आडमा छोपिएका कुलमान घिसिङका दर्जनौं अनियमितता

निर्वाचनका लागि ८० करोडको गाडी किन्दै सरकार

सर्वाेच्चका करारका कर्मचारीलाई सचिवसरहको सुविधा,नातेदारले भरिए प्रधानमन्त्री सचिवालय

राप्ती प्रतिष्ठानमा प्राथमिक स्वास्थ्य सेवामा पीएचडी कार्यक्रम सन्चालनको तयारी

क्रिकेट टिमलाई कलेजद्वारा नगदसहित सम्मान

बिशेष