कार्यकक्षमै वडा सचिवको घाँटी अठ्याउने वडा अध्यक्ष पक्राउ

कर्मचारीलाई कुटपिट गर्ने वडा अध्यक्ष पक्राउ परेका छन् । कार्यक्रमको बिल स्वीकृत  गर्न नमानेको भन्दै वडा सचिवको घाँटी अठ्याएर, चड्कन हान्ने तनहुँ गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

सोमबार बिहान गुरुङले वडासचिव नवीन भुसालको घाँटी अठ्याउँदै चड्कन हानेका हुन् । गत माघमा सञ्चालन भएको वडास्तरीय भलिबल कार्यक्रमको कार्यक्रम स्वीकृत नगरिएकाले र शीर्षक नखुलाई आएको विल स्वीकृत गर्न नसक्ने अडान लिए पछि कार्यकक्षमै वडा अध्यक्षले सचिवमाथि हातपात गरेका थिए ।

बिज्ञापन

सो घटना पछि वडाध्यक्षविरुद्ध इलाका प्रहरी कार्यालय बन्दीपुर, जिल्ला प्रशासन कार्यालय तनहुँमा उजुरीसमेत दिइएको थियो ।
घटना घटेको आठ घण्टा पछि वडा अध्यक्ष गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।

वडा अध्यक्षको प्रहारबाट वडासचिवको घाँटी र गालामा निल डाम छ । उनलाई बन्दीपुर अस्पतालमा प्रारम्भिक उपचारपछि भरतपुर अस्पताल रिफर गरिएको छ ।

बिज्ञापन

यता गाउँपालिकाका कर्मचारीहरूले वडासचिवमाथि घाँटी नै अठ्याएर र हातपातसमेत भएकाले कडा कारबाहीको माग गरेका छन् । यस्तै जिल्लाका कर्मचारी ट्रेड युनियनले समेत वडाध्यक्षमाथि कडा भन्दा कडा कारवाहीको माग गरेका छन् ।

अध्यक्ष गुरुङ एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष