मुलुक संघीयतामा गएको ९ बर्ष व्यतित भयो तर स्थानीय तहका हाकिम खोज्दै मेयर तथा पालिका अध्यक्षहरु सिंहदरबारमा परिक्रमा लगाउनु पर्ने वाध्यता र अझैं अन्त्य भएको छैन । त्यही पीडाका बीच कर्मचारी खोज्दै मन्त्रालयमा पुगेका एक मेयर र सामान्यका कर्मचारीबीच भनाभन उत्कर्षमा पुग्दा विवाद मिलाउन प्रहरीकै सहायता लिनुपर्ने स्थिति आइलागेको छ ।
बिज्ञापन
बारास्थित पचरौता नगरपालिकाका मेयर प्रमुख प्रशासकीय अधिकृत खोज्दै सिंहदरबारका मन्त्रालयका चोटा र कोठा चाहार्दा हैरान हेपिरहेका एक जनप्रतिनिधि हुन । मन्त्रालयको कर्मचारी प्रशासन फाँट हेर्ने कर्मचारीको फोन नउठेको दुखेसो सहित उनलाई कर्मचारी खटाइदिन गुनासो पोख्न जाँदा उल्टै भनाभनको स्थिति पैदा भएको हो ।
बिज्ञापन
पालिका विगत लामो समयदेखि निमित्त प्रमुख प्रशासकीय अधिकृतको भरमा चलिरहेको छ । अहिले त्यहाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत छन्,गौरी साह । प्रमुख प्रशासकीय अधिकृत माग्दै मेयर जलन्धर सिंह जैसवाल सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय आइपुगेका थिए ।
मध्यान्हतिर मन्त्रालयमा पुगेका मेयर सिंह मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा हेर्ने बलराम रिज्यालको कार्यकक्षमा पुगे । एक त पटक पटक फोन गर्दा समेत सहसचिवले फोन नउठाएका कारण उनी चिढिएका थिए । त्यही माथि मेयरले सहसचिवलाई घण्टौ कुर्नु परेको पीडा उनले भेट्ने वित्तिकै सहसचिव रिज्यालसँग पोखे ।
बिज्ञापन
तपाई फोन पनि उठाउनु हुन्न,न कर्मचारी नै पठाउनुहुन्छ भन्ने गुनासो गरे पछि ‘मेरो फोन उठाउँ वा नउठाउँ मेरो इच्छा भन्ने टर्राे जबाफ दिए पछि आफू चिढिएको मेयर सिंहको भनाई छ । यही पछि शुरु भएको भनाभन चर्काचर्कीमै रुपान्तरण हुन पुगेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
दिउँसो साढे १ बजे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेका उनीहरुबीच शुरु भएको वार्ता भनाभन हुँदै चर्काचर्कीमा रुपान्तरण भए पछि मन्त्रालयले तत्कालै प्रहरीलाई खबर गरेको थियो । मेयर जलनधर सिंह र बलराम रिज्याल बीच मन्त्रालयभित्रै चर्काचर्की परेपछि प्रहरी बोलाइएको हो । उक्त विवाद मिलाउन सिंहदरबार वृत्त र सिंहदरबार सुरक्षा गणको टोली नै त्यहाँ विवाद मिलाउन मन्त्रालयमा पुगेका थियो ।
यही दुई पक्षको लफडा र भनाभन पछि प्रहरी नै पुगेर मिलाउनु परेको थियो । मेयर र सहसचिवबीचको यो लफडालाई प्रहरीले भने सामान्य बिषय भएको प्रतिक्रिया दिएको छ ।
यो बिषयमा मेयरले पछि मन्त्री राजकुमार गुप्तासँग गुनासो पोखेका छन् । उनले प्रमुख प्रशासकीय खटाइदिनुहोस भनेर पटक पटक फोन सम्पर्क गर्दा समेत कप्र महाशाखा हेर्ने रिज्यालको फोन नउठेको,मेयरले घण्टौंसम्म कुरेर कर्मचारीलाई भेट्दा उल्टै अमानवीय व्यवहार गरेको गुनासो मन्त्रीलाई गरेसँगै मन्त्री गुप्ताले सहसचिवमाथि कारवाही गर्ने आश्वासन दिए पछि उनी अहिले बारा फर्कदै छन् ।
प्रमुख प्रशासकीय अधिकृतको बिषयमा दिँउसो मेयर र कर्मचारीबीच लफडा परे पछि साँझै मन्त्रालयले ३९ जना उपसचिवको पदस्थापन गर्दा पचरौता नगरपालिकामा नरेन्द्र परियारलाई खटाएको छ ।
मन्त्रालयले पत्र दिएको भए पनि त्यहाँ कर्मचारी खटेर नआइसकेका कारण प्रमुख प्रशासकीय अधिकृत पाइसकेको बिषयमा मेयर सिंह अझैं ढुक्क छैनन् । यो बिषयमा थप बुझ्नका लागि कर्मचारी प्रेसले रिज्यालसँग सम्पर्क प्रयास गर्दा उनको मोवाइल स्वीचड अफ गरिएको कारण उनको प्रतिक्रिया लिन सकिएन ।