थप १६ स्थानीय तहको निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक अधिकार कटौती

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप १६ वटा स्थानीय तहका निमित्तको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको छ । दरबन्दीका हाकिम रोकेर निमित्तलाई नै जिम्मेवारी दिने खेल स्थानीय तहमा चलिरहेको छ । संघीय सरकारले खटाएका दरबन्दीका शाखा अधिकृतहरुलाई हाजिरै गर्न नदिई निमित्तका भरमा आर्थिकदेखि प्रशसनिक बदमासी गर्दै आएका स्थानीय तहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अंकुश लगाएको हो ।

बिज्ञापन

कतिपय स्थानीय तहले दरबन्दीका कर्मचारी रोकेर निमित्त र करारका भरमा स्थानीय सरकार सञ्चालन गर्ने अभ्यास गरिरहेको समयमा मन्त्रालयले एक पछाडि अर्काे स्थानीय तहको निमित्तको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको हो । संघीय सरकारले पठाएका कर्मचारीहरुले जनप्रतिनिधिले बाटोमै रोक्नेदेखि हाजिरै गर्न नदिइ फिर्ता पठाउने प्रवृत्ति बढेपछि सरकारले त्यसमा रोक लगाएको छ । एकातिर सरुवा भएको ठाउँमा हाजिर हुनै नजाने,जान खोज्ने कर्मचारीले हाजिरै गर्न नपाउने परिपाटी अहिले स्थानीय तहमा बढ्दै गएको छ । यही कारण २ सय ५० भन्दा बढी स्थानीय तह निमित्तकै भरमा चलिरहेको छ । त्यहाँ प्रशासनबाहेक शिक्षा, स्वास्थ्य, पशु लगायतका सेवाका शाखा प्रमुखहरुले निमित्त प्रमुख भएर स्थानीय तहको प्रशासन चलाइरहेका छन् ।

बिज्ञापन

यही विकृतीलाई न्यूनीकरण गर्ने भन्दै मन्त्रालयको शुक्रवारको निर्णय अनुसार,बारा,डोल्पा,मुगु,बाजुरा,डोटी,सप्तरी,महोत्तरी,सर्लाही,काभ्रेपलाञ्चोक,पर्वत,जाजरकोट,हुम्ला र बझाङ गरी १६ वटा पालिकाको निमित्तको प्रशासनिक र आर्थिक जिम्मेवारी रद्ध गरेको हो । ८ वटा पालिकाका स्वास्थ्य सेवाका छैटौं तह र सातौं तहका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइदै आएको थियो भने ६ वटा गाउँपालिकामा पाँचौं र छैंटौ तहका प्रशासन सेवाका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइएको थियो । यस्तै दुई वटा गाउँपालिकामध्ये एक पालिकामा शिक्षा सेवा र अर्काेमा विविध सेवाका अधिकृतस्तरका कर्मचारीलाई निमित्तको जिम्मेवारी दिइदै आएकोमा ती पालिकाबाट निमित्तको प्रशासनिक र आर्थिक अधिकार कटौती गरिएको हो ।

डोल्पाका चार स्थानीय तहमा निमित्त प्रमुख प्रशसकीय अधिकृतको रजगज रहेको बिषयमा कर्मचारी प्रेसले यस अघि समाचार प्रकाशन गरेपछि मन्त्रालयले ती स्थानीय तहको निमित्त हाकिमको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको हो ।

बिज्ञापन

यस अघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत माघ १० मा १० वटा नगरपालिका र १३ गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक जिम्मेवारी रद्ध गरेको थियो ।

Notices-20250207081924518

प्रतिक्रिया दिनूहोस्

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।