उपमेयरसँग प्रशासनका हाकिमको नोक झोक,पालिकाको काम काज ठप्प

इटहरी उपमहानगरपालिकामा शुक्रवारदेखि ताला लागेका छ । जनप्रतिनिधि र कर्मचारीबीच विवाद हुँदा उपमहानगरपालिकाका जनप्रतिनिधिकै नेतृत्वमा प्रशासन शाखामा ताला लगाइएपछि कर्मचारीहरुले कामकाज ठप्प पारेका छन् । गत शुक्रवार साँझ उपप्रमुख संगीता कुमारी चौधरीसहित केही वडाअध्यक्षले गत शुक्रवार प्रशासन शाखामा तालाबन्दी गरेका थिए । शुक्रबार उपमेयरको नेतृृत्वमा प्रशासन शाखामा तालाबन्दी गर्ने क्रममा प्रशासनको प्रमुख अधिकृत छैंटौं तहका कर्मचारी सञ्जिव खड्कासँग नोक झोक चलेको थियो । आफू कार्यकक्षबाट निस्किएपछि गत शुक्रवार तालाबन्दी भएको र सो क्रममा उपमेयर चौधरी र प्रशासन शाखाका प्रमुख सञ्जीव खड्कासँग विवाद भएका कारण सेवा प्रवाह ठप्प हुन पुगेको पालिकाको प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले कर्मचारी प्रेसलाई बताए । उनका अनुसार, उपप्रमुख संगीताकुमार खड्कासहितको टोलीको नोकझोक चलेको बताइएको छ । कर्मचारीहरुले भने सो घटनाको आत्मालोचना हुनुपर्ने अडान लिइरहेका छन् ।

बिज्ञापन

सो घटना पछि त्यहाँका कर्मचारीले असुरक्षा भएको भन्दै आइतबार तालाबन्दी गरेका हुन् । उपप्रमुखले तालाबन्दी गरेपछि त्यसको प्रतिकार गर्दै सुरक्षाको माग गर्दै आइतबार कर्मचारीहरुले विरोध गरेको मेहता बताउँछन् । पालिका मातहत झण्डै ६ सय कर्मचारीहरु रहेका छन् । ती मध्ये पालिकाका विभिन्न शाखाका कर्मचारीहरु विरोधमा उत्रदा पालिकाको सेवा प्रवाह ठप्प हुन पुगेको छ ।

बिज्ञापन

 

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

सुदन समूहद्धारा मुख्यसचिवलाई हप्कीदप्की,चर्काचर्की पछि बाहिरिएका थिए कानुन सचिव

राष्ट्र निर्माणमा दलित : समाजले बिर्सनु नहुने पात्रहरूको चर्चा

थारु समुदायमा सिकलसेल खतरा बढ्दै: राप्ती प्रतिष्ठानले पहिलोपटक ५ हजार जनामा परीक्षण शुरू

कसले दियो अख्तियार प्रमुखलाई धम्की ?

“डिजिटल ढोका र बिचौलियाको ताला”

सरकारी तलब खाएर एमाले पार्टीको प्रतिनिधि डाक्टरहरू

दुई उपसचिव सहसचिवमा बढुवा सिफारिस

बिशेष