स्थानीय सेवा ऐनको दफा ८,२६ र १३६ प्रति कर्मचारीको आपत्ति,संशोधन नगरिए आन्दोलनको चेतावनी

कर्णाली प्रदेश सरकारले तीन महिना अगाडि जारी गरेर राजपत्रमा समेत प्रकाशित भइसकेको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनप्रति त्यहाँका कर्मचारीहरुले चित्त दुखाइ गर्दै आएका छन् । ऐनका कतिपय प्रावधानहरु प्रति सोही प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारीहरुले आपत्ति जनाउँदै संशोधनको माग उठाइरहेका छन् ।

बिज्ञापन

स्थानीय सेवाको गठन गर्दा स्थानीय इन्जिनियरिङ, कानुन, कृषि, प्रशासन, विविध, शिक्षा तथा स्वास्थ्य सेवा रहने लगायतमा ऐनमा १४० वटा दफा रहेका छन् । यस्तै कर्मचारीको पदस्थापन गर्दा निजको नतिजामूलक कार्य विवरण उपलब्ध गराउनुपर्ने, कामको मूल्याङ्कन गर्ने सूचकाङ्क सहित कार्यसम्पादन सम्झौता गरी कामका लगाउनु पर्नेछ । गत २९ असोजमा जारी भएको ऐनलाई १९ पुस २०८१ मा नियमावली स्वीकृत गरी प्रदेश सरकारले उक्त ऐन कार्यान्वयन गर्न स्थानीय तहलाई निर्देशनसमेत दिइसकेको छ । तर, स्थानीय तहमा कार्यरत कर्मचारीहरूको उक्त ऐनका कतिपय बुँदाप्रति असहमति जनाउँदै विरोधमा उत्रदै आएका छन् ।

बिज्ञापन


ऐनमा अधिकृतस्तरको पदमा २१ वर्ष पूरा भएको हुनुपर्ने छ । पुरुष उम्मेदवारको हकमा ३५ र महिला उम्मेदवारको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने प्रावधान राखिएको छ । यद्यपि संघीय निजामती सेवा, प्रदेश निजामती सेवा वा स्थानीय सेवामा रहेका स्थायी कर्मचारीहरूको हकमा उमेर हद लाग्ने छैन । तोकिए बमोजिम शैक्षिक योग्यता, संघीय निजामती, प्रदेश निजामती र स्थानीय सेवाको समान तहको पदमा कार्यरत नरहेको हुनुपर्ने प्रावधान पनि ऐनमा छ ।

१४० दफा रहेको उक्त ऐनका कतिपय प्रावधानप्रति कर्मचारीहरुको असन्तृष्टि रहँदै आएको छ । ऐनमा अन्तरप्रदेश सरुवाको व्यवस्था गरिएको छैन । उनीहरुले अन्तर प्रदेश सरुवाको व्यवस्था राख्न माग गर्दै आएका छन् । ऐनमा सरुवा गर्दा एक पटकमा सम्बन्धित स्थानीय तहको दरबन्दीको ७० प्रतिशत कर्मचारी कायम राखी सरुवा गर्नुपर्ने छ । यस्तै स्थानीय सेवाको कर्मचारीले ६० वर्ष उमेर पूरा भएपछि अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

बिज्ञापन

ऐनका दफा २६ को उफदफा ७ मा कर्मचारीको तिव्र असन्तृष्टि रहेको छ । यस्तै दफा ८ र नियमावली बाझिँदा कर्मचारी असन्तृष्टि पोख्दै आएका छन् भने दफा १३६ प्रति कर्मचारीहरुको तिव्र असन्तृष्टि रहेको छ । जहाँ ऐन जारी भएको तीन महिनाभित्रै  कार्यान्वयन गरिसक्नुपर्ने व्यवस्था छ । तर, ऐन विवादमा परेपछि त्यो व्यवस्था हालसम्म पनि कार्यान्वयनमा जान सकेको छैन । प्रदेश सरकारले उक्त ऐन बनाउँदा २०७६ पुसमा लोकसेवा आयोगबाट सिफारिस भएका स्थानीय तहका कर्मचारीलाई ६ फागुन २०७७ को मिति निर्धारण गरी राखिएको स्तरवृद्धि प्रयोजनको व्यवस्थाप्रति कर्मचारीहरूले उक्त बुँदामा पूर्ण असहमति जनाइरहेका छन् । ऐनको दफा २६ को उपदफा ७ मा मा ऐन जारी भएको दुई महिनाभित्र स्तरवृद्धि गरिसक्नुपर्ने व्यवस्था पनि कार्यान्वयनमा जान सकेको छैन ।

उनीहरु ज्येष्ठताका विषयमा पनि असन्तुष्ट बनिरहेका छन् । तर चार किसिमको ज्येष्ठताको व्याख्या गरिएको छ । ऐनको दफा ८ को ४, ५, ६ तथा नियमावली १४ मा फरक फरक तरिकाले ज्येष्ठता कायम गरिएको छ ।ऐनका यी व्यवस्थाले स्थानीय तहका कर्मचारीको वृत्ति विकास अवरोध हुने भन्दै उनीहरुले आपत्ति जनाउँदै आएका हुन ।

473_स्थानीय-सेवा-(गठन-तथा-सञ्_चालन)-ऐन,-२०८१-(1)-1737609923

 

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

३९ उपसचिवको सरुवा,स्थानीय तहमा कार्यरत १९ जना यता उता

५४ शाखा अधिकृतको सरुवा :-गृहमा १२ को ‘इन्ट्री’ हुँदा ४ बाहिरिए

टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका यी ‘हाइप्रोफाइल’ले कसरी पाए सफाइ ?

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ३० निर्णय (सूचीसहित)

प्रधानमन्त्री देखी मन्त्रीका सल्लाहकारले बिचौलिया हावी गराएः रामहरी खतिवडा

सांसदका थरी थरी काण्ड : दुई जेलमा,एक निलम्बित,अर्काे फरार

नायव निरीक्षक खड्का वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित

भ्रष्टाचार मुद्धामा सफाई पाएको दुई महिना नबित्दै पाँच कर्मचारीविरुद्ध फेरि अर्काे मुद्धा

बिशेष