देशकै ठूलो जिल्लाका चार स्थानीय तह :- ६ बर्षदेखि निमित्तकै ‘राज’

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तको खेतीपाती हटाउने अभियान शुरु गरेको छ । हालैमात्र निर्वाचन आयोगबाट संघीय मामिला तथा सामान्य प्रशासन सचिवको जिम्मेवारी सम्हाल्न आइपुगेका रविलाल पन्थले एकै पटक २३ वटा पालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको आर्थिक र प्रशासनिक अधिकार रद्ध गरेका छन् । यो सँगै निमित्तको भरमा चल्दै आएका कतिपय स्थानीय तहमा आशा पलाएको छ ।

बिज्ञापन

सामान्य प्रशासनले बर्ष दिनभन्दा लामो समयदेखि शिक्षा,कृषि,स्वास्थ्य र प्रशासन सेवाका छैटौं र सातौं तहका कर्मचारीलाई निमित्त दिइएकोमा १३ गाउँपालिका र १० वटा नगरपालिकाबाट निमित्तको राज हटाइएको हो । सामान्यको यो निर्णयलाई अधिकांश स्थानीय तहका कर्मचारीहरुले प्रंशशा गरेका छन् ।

बिज्ञापन

कर्मचारी प्रेसले भने कुन कुन जिल्लाका के कति वटा स्थानीय तह निमित्तको भरमा सञ्चालित छ,सो खोजी शुरु गरेको छ । कर्णाली प्रदेशका कतिपय स्थानीय तहमा पछिल्ला ६ बर्षमध्ये ५ बर्ष निमित्त हाकिमकै भरमा चलिरहेको पाइएको छ । देशकै सबैभन्दा ठूलो जिल्ला मानिएको डोल्पामा यस्तो स्थिति भेटिएको हो । जिल्लाका काइके गाउँपालिका ६ बर्षदेखि निमित्त हाकिमकै भरमा चलिरहेको पाइएको छ ।

त्यहाँ अहिले निमित्तको जिम्मेवारीमा छिन्,सम्झना पराजुली,उनी महिला विकास तर्फकी समायोजित अधिकृत हुन्। उक्त गाउँपालिकामा उनको दरबन्दी नभए पनि उनले सो पालिकाको निमित्तको जिम्मेवारी सम्हालिरहेकी छिन् । लोकसेवा आयोगले महिला विकास शाखाका लागि चौथौं तहका दरबन्दी पठाइसकेको अबस्थामा नियम विपरित उनी पालिकाको निमित्तको भूमिकामा छिन् । मन्त्रालयले गत वैशाखमा जाजरकोटका गोपाल शाहीलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर खटाएको भए पनि उनलाई त्यहाँ टिक्न नदिएर निमित्तको राज चलिरहेको कर्मचारीहरुले बताउँदै आएका छन् ।

बिज्ञापन

अहिले डोल्पा जिल्लामा ठुलिभेरी नगरपालिका,त्रिपुरासुन्दरी नगरपालिकासहित डोल्पोबुद्ध गाउँपालिका,शे फोक्सुण्डो गाउँपालिका,जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,काईके गाउँपालिका र छार्का ताङसोङ गाउँपालिका रहेका छन् । जसमध्ये चारवटा स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत रहेका छन् भने काइके, ठूली भेरी,त्रिपुरा सुन्दरी र जगदुल्लामा निमित्तकै राज रहेको छ । जसमध्ये काइकेमा पछिल्लो पाँच बर्षदेखि निमित्तकै राज छ । त्यहाँ अहिले निमित्तको कुर्सीमा छिन्,सम्झना पराजुली । यस्तै ठूली भेरी नगरपालिकामा सन्तोष ड्का निमित्त छन् ।

सो पालिकामा विगत दुई बर्षदेखि निमित्तकै भरमा चलिरहेको छ । यस्त त्रिपुरासुन्दरि नगरपालिका हिराचन्द्र धराला निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् । उक्त पालिका विगत बिगत २ बर्ष देखि निमित्तको भरमा चलिरहेको छ भने जगदुल्ला गाउँपालिकामा केशवराज जैसी निमित्त छन् सो पालिका पनि ०७६ देखि निमित्त को भरमा चलिरहेको छ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

अन्तरिम सरकारका चार मन्त्री लस्करै विदेश भ्रमणमा

दल र दलीय कर्मचारीको दबाबका कारण काम गर्न कठिन भएको सचिवको स्वीकारोक्ति

प्रशासनका १२,शिक्षा २ र इञ्जिनियरिङका १ सहसचिवको सरुवा :गृहमा १ भित्रदा ३ बाहिरिए

सरुवा,बढुवादेखि आयोग खारेजीसम्म : यस्ता छन् मन्त्रिपरिषद्का २० निर्णय

मालपोतको सुव्वा,कम्युटर अपरेटर,भूमाफियासहित चार विरुद्ध पक्राउ पूर्जी जारी

प्रचण्ड र ओलीको सुरक्षार्थ खटिएका २७ सशस्त्र प्रहरी फिर्ता

काठमाडौं प्रशासनले एमालेलाई दिएन मोटरसाइकल र्याली र सभा गर्न अनुमति

सरकारी जग्गा व्यक्तिको नाममा! रंगेली मालपोतको सेटिङमा सुकुमबासी बस्ती बेचियो

बिशेष