सामाजिक सञ्जालको बलमा उदाएका काठमाडौंका मेयर वालेन साह निर्वाचित भए यता मात्र चार जना प्रमुख प्रशासकीय अधिकृत हेरफेर भइसकेका छन् । देशको सबैभन्दा ठूलो महानगरपालिकामा जान सहसचिवहरुका प्रतिष्प्रर्धा हुनुपर्ने हो,जस्तो कि कुनै विभागमा जान सहसचिवबीच तिव्र होडबाजी चल्छ तर मेयर वालेन साहको शैलीका कारण त्यहाँ कर्मचारीहरु जान नमान्ने स्थिति बन्दै गएको छ । काठमाडौं महानगरपालिकाको मेयरमा वालेन्द्र साह आएसँगै चार जना प्रमुख प्रशासकीय अधिकृतहरु त्यहाँ पुगे । शुरुमा त्यहाँ कार्यरत लोकनाथ पौड्याल सरुवा गरेर वालेन साहले रोजेर लगेका थिए सहसचिव बसन्त अधिकारी । २०७९ भदौ १७ गते काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्न पुगेका थिए तर पाँच महिना पनि त्यहाँ टिकेनन् । सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको कर्मचारी भर्ति गर्दा कार्यापालिकाको निर्णय कीर्ते विवादमा मुछिएर उनलाई यहाँबाट लखेटेर मधेसी आयोग पठाइएकोमा पछि गृह हुँदै अहिले प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा छन्,अधिकारी । बसन्तको सरुवा पछि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बन्न पुगेका थिए प्रदीप परियार । परियार पनि सात महिनाभन्दा बढी समय त्यहाँ टिकेनन् ।
बिज्ञापन
माघमा महानगरपालिका पुगेका उनी २७ भदौंको मन्त्रिपरिषद् बैठकले सञ्चार मन्त्रालय मातहत खटाएको थियो । परियार अहिले सूचना तथा प्रसारण विभागका महानिर्देशकको जिम्मेवारीमा छन् । उनको सरुवामा एक जना विादित ठेकेदार नै हाबी भएको थियो । काठमाडौं महानगरपालिकाले ठेक्का नं ०६–२७–०८०–८१ एनसीबीडब्ल्यू–केएमसीअन्तर्गत सामाखुशी करिडोरमा बसुन्धरादेखि म्हेपीसम्म ढल निर्माण कार्यको ठेक्का खोल्यो । तथ्य बंग्याएर समानान्तर निर्माण सेवाले ठेक्का प्रक्रियामा भाग लिएको भेटिएसँगै काठमाडौंका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढााएको खबर उतिबेलै तामाकोशी सन्देशले प्रकाशन गरेको थियो ।
बिज्ञापन
महानगरपालिकाले तीन वर्षका लागि समानान्तर निर्माण सेवालाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस ग¥यो । सोही बदलामा प्रदीप परियार महँगो मूल्य चुकाउन बाध्य भए । र, सात महिनामै लखेटिए । काठमाडौं महानगरपालिकाले समानान्तार निर्माण सेवालाई कारवाही प्रक्रिया अगाडि बढाएसँगै ऊ मुद्दा मामिलामा गयो । र, उल्टै सार्वजनिक खरिद अनुगमन कार्यालयले प्रमुख प्रशासकीय अधिकृतसहित यो प्रक्रियामा जोडिएकाहरूलाई कारवाही गर्न सामान्यलाई पत्र लेख्यो । सामान्यलाई पत्र काटेको हप्ता दिन नबित्दै प्रदीप परियार सञ्चार मन्त्रालय हुँदै अहिले सूचना विभागको डिजी छन् । प्रदीपको सरुवा भए पछि त्यहाँ उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोज गुरागाईलाई महानगरपालिकामा खटाइएको थियो भदौं २७ गते । काठमाडौं टावर निर्माण गर्न नक्सा पासको स्वीकृती दिने क्रममा उनले बदमासी गरेको भेटिएसँगै गुरागाईमाथि कारवाही प्रक्रिया अगाडि बढाइएको महानगरले जनाएको छ । १२ तलाको भवन निर्माण गर्ने क्रममा १९ तलाको स्वीकृत दिएको र त्यसमा कुनै पनि प्रकृया गुरागाईले पुरा नगरेको कारण गुरागाईमाथी थप छानविन गरी कानून बमोजिम कार्वाही प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई सिफारिस गरेको हो । यसरी बालेन काठमाडौं महानगरपालिकाको मेयर भए यताको दुई बर्षमा चार जना प्रमुख प्रशासकीय हेरफेर भइसकेका छन् । बालेन अहिले पाँचौं हाकिम खोजिरहेका छन् । तर त्यहाँ प्रमुख प्रशासकीय अधिकृत भएर जान चाहने कोही सहसचिव भेटिएको छैन । पछिल्लो समय बालेनले शिक्षा विभागका प्रमुख गोविन्द्रप्रसाद शर्मालाई निमित्तको जिम्मा दिएका थिए तर उनी पनि समय अवधि छँदै राजीनामा बुझाएका भए पनि उनको राजीनामा स्वीकृत भएको छैन अहिले वालेनले उनैलाई निमित्त हाकिमको जिम्मेवारी दिएका छन ।
जानकारहरु चाहिँ उनले शर्मालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिँदा नियम मिचेको बताइरहेका छन् । कानुनतः महानगरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी नेपाल सरकारले मात्र दिनसक्छ । स्थानीय सरकार संचालन ऐन २०७४ मा प्रमुख प्रशासकीय अधिकृत नेपाल सरकारले मात्र तोक्ने प्रावधानलाई बालेन साहले ठाडै चुनौती दिएर गैरकानुनी काम गरेको आरोप लाग्न थालेको छ ।
बिज्ञापन
उसो त पछिल्लो समय संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले एमाले इतरका मेयर तथा उपमेयर भएका पालिकाहरुलाई पेल्दै आएका छन् । त्यहाँ कर्मचारी नखटाइदिने,भएका कर्मचारीहरु समेत फिर्ता बोलाएर पेल्ने सिलसिला जारी राखेका छन् । जितपुर सीमरा उपमहानगरपालिकामा माओवादीका मेयर छन्,राजन पौडेल त्यहा उर्मिला काफ्ले प्रमुख प्रशासकीय अधिकृत छिन्,उनलाई पछिल्लो चार महिनामा मन्त्रालयले चार पटक सरुवा गरिसकेको छ तर उनी अटेर गरेर त्यही बसिरहेकी छिन् । यस्ता उदाहरण अनिगिन्ती भेटिन्छन्,स्थानीय तहतिर । अहिले मन्त्री र उनको सचिवालयको टिम नै निमित्त हाकिम दिएर उठ्ती पुट्तीमा सक्रिय रहेको जनप्रतिनिधिहरु नै बताउँदै आएका छन् ।