मधेश प्रदेशका स्वास्थ्यमन्त्री चढेको गाडी दुर्घटना, मन्त्री सिंह घाइते

मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह सवार गाडी दुर्घटना भएको छ । सोमबार बेलुका जनकपुरधामस्थित रामानन्द चोकमा उनी सवार मधेश प्रदेश ०२-००१ झ ०१६५ नम्बरको गाडीलाई खानेपानी डिभिजन पर्साको मधेश प्रदेश ०३-००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको हो ।

बिज्ञापन

करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुर्घटना हुँदा मन्त्री सिंहसहित तीनजना घाइते भएका छन् । स्वास्थ्यमन्त्री सिंह सवार गाडी खानेपानी डिभिजन कार्यालयको गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।

बिज्ञापन

एसपी तिवारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मन्त्री सिंहसहित चालक र सुरक्षाकर्मी तीनैजनाको अवस्था सामान्य रहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन् ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

“स्पेक लकको सिन्डिकेट” : स्वास्थ्य सचिव डा. सुमित्रामाथि करोडौंको भ्रष्टाचार आरोपसहित अख्तियारमा उजुरी

भिजिट भिसा : पूरानो व्यवस्था खारेज,अब ६ महिनाको वैध पासपोर्ट भए पुग्ने

११ करोडको आइरन चक्की घोटाला: स्वास्थ्य सचिवमाथि गम्भीर आरोप

९ जना लेखा अधिकृतको सरुवा

लेखाका १२ उपसचिवहरुको सरुवा

निजामतीमा राजीनामा दिनेको लर्काे,पछिल्लो ४ बर्षमा २९ सयले बीचमै छाडे जागिर

भिजिट भिसासम्बन्धी ६ बुँदे मापदण्ड खारेज,यसरी बनाइँदैछ सरलीकृत

स्थानीय तहमा खटाइएका १७९ हाकिमहरु दुई महिनादेखि सिंहदरबारमै

बिशेष