वेवारिसेको अभिभावकलाई ललितपुर महानगरपालिकाको सम्मान

वेवारिसेहरुको अभिभावक विनजजंग बस्नेतलाई ललितपुर महानगरपालिकाले सम्मान गरेको छ । ललितपुर महानगरपालिका १ सय ६ओैं स्थापना दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको हातबाट बस्नेतलाई पुरस्कृत गरिएको हो ।

बिज्ञापन

विगत एक दशकभन्दा बढी समयदेखि सडक,अस्पतालमा भेटिएका वेवारिसे शवको सद्गद् तथा व्यवस्थापन गर्दै आएका बस्नेतलाई नगद रु एक लाख सहितको महानगर गौरव पुरस्कारद्धारा पुरस्कृत गरिएको हो ।

बिज्ञापन

बस्नेतको संस्था एक्सन फर सोसल चेञ्जले पछिल्ला एक दशक अवधिमा देशैभरबाट ५ हजार ६ सय भन्दा बढी वेवारिसे शवको सद्गद् तथा व्यवस्थापन गरिसकेको छ ।

कलिलै उमेरमा आमा गुमाउनु, बुबा गाडी दुर्घटनामा परेर बित्नु र जीवनसंगिनीले पनि त्यही बेलामा छाडेर गएपछि सुरु भएको थियो बस्नेतको जीवनको कठिन परीक्षाको घडी । भन्छन नि जीवनमा सबैथोक खानु तर हरेश नखानु । हो, हरेश खाएनन् उनले । दुव्र्यसनबाट तग्रिएका उनको मोडिएको थियो एक दशक अगाडि बाटो ।

बिज्ञापन

त्यस पछि होमिए वेवारिसेहरुको जीवन र मुहारमा खुसी भर्न । आफू रित्तिएर पनि ऋणमा डुबेर भए पनि उनी निरन्तर क्रियाशिल रहे वेवारिसेहरुको उपचारदेखि शवको व्यवस्थापनसम्ममा । एउटा शवको सदगद् गर्न झण्डै १० हजार बढी खर्च लाग्ने गरेको छ । आम्दानीको स्रोत कोही छैन । बेवारिस लास जलाउने पैसा नहुँदा सहकारीको चर्को ब्याजको ऋृण, आफैँले चढिरहेको बाइक कैयौंपटक धरौटीमा राखेका छन् । घर नै बैंकमा धितो राखेर ऋण लिएर बेवारिस लासको निस्वार्थ सद्गद गर्ने काम गर्दै आइरहेका बस्नेतको कर्मको एक दशक पछि राज्यले कदर गरेको हो ।
यस अघि काठमाडौँ महानगरपालिकाले ३ लाख सहयोग दिएको थियो । संस्थाको नाममा आफ्नो बैंक खाता नहुँदा उक्त रकम ढुस हुन पुगेको थियो ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

रेडपाण्डा चोर आफै जाकिए खोर

इञ्जिनियर न्यौपानेलाई वेष्टक्लिफ विद्यालयको उत्कृष्ट अवार्ड

वडाध्यक्षमाथि सार्वजनिक सम्पति हिनामिनाको आरोप

कर्मचारीले आज पनि धर्ना कसे, २५ गतेदेखि कालोपट्टी बाँध्ने

आन्दोलनको तयारीप्रति पोखरेलको आक्रोश : ‘बच्चा जन्मिएपछि अप्रेसनको तयारी!’

मालपोत प्रमुख आचार्य फेरि विवादमा, भैरहवाको विमानस्थल प्रकरणपछि पनि मिलेको छैन शैली

मिनेन्द्र रिजालको आशीर्वाद:- उद्योगको ट्रेडमार्कमा गौतमको “राज”

ट्रेड युनियनकर्मीहरूद्वारा आन्दोलनको घोषणा, आज संघीय संसदको पश्चिम गेटमा धर्ना

बिशेष