भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले मनलाग्दी ढंगबाट जग्गाको कित्ताकाट हुने गरेको भन्दै बिनाअनुमति जग्गाको कित्ताकाट नगर्न सचेत गराएको छ ।
बिज्ञापन
पालिकाले नगर क्षेत्रभित्र विभिन्न व्यक्ति वा संघसंस्थाले बिना स्वीकृति अवैध रुपमा जग्गा खण्डीकरण, कित्ताकाट गरिरहेको पाइएको भन्दै नगरपालिकाले त्यसो नगर्न समेचत गराएको छ । अवैद्य ढंगबाट कित्ताकाटको घटनाले व्यवस्थित आवासको हक हनन् हुनुका साथै अव्यवस्थित बसोबास र असुरक्षा बढेको नगरपालिकाले जनाएको छ ।
बिज्ञापन
जग्गा किन्नेलाई पनि मापदण्डअनुसार स्वीकृत भए नभएको यकिन गरेर मात्र खरिद गर्न नगरपालिकाले सुझाएको छ । अन्यथा प्रचलित कानुनबमोजिम कारवाही हुने चेतावनी दिइएको छ ।
जग्गा वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट यो सरकार आएसँगै खुला गरिएको हो । कित्ताकाट नै ठप्प भएपछि नियमावली संशोधन गर्दै २०८० साउन ३० को मन्त्रिपरिषद् बैठकले कित्ताकाट खुलाउने निर्णय गर्यो । संशोधित नियमावलीले पालिकालाई जग्गाको वर्गीकरण गर्न एक वर्ष समयसँगै कित्ताकाट गर्न लचिलो नीति पनि बनाएको थियो ।
यही नीतिमा खेलेर अहिले उपत्याकामा अधिकांश मालपोत कार्यालयले मनलाग्दी जग्गा कित्ताकाट गर्ने र कित्ताकाट गरिएको बिषय समेत लुकाउने,एउटा शाखाले गरेको कित्ताकाट अर्काे शाखाले हेर्ने नमिल्ने बनाइएको भेटिएको छ,यस्तो बदमासी सबैभन्दा बढी भक्तपुर मालपोतमा देखिएको छ ।
बिज्ञापन
अवैद्य कित्ताकाट बढेसँगै नगरपालिकाले सूचना नै निकालेर विना अनुमति जग्गा कित्ताकाट नगर्ने सुझाएको हो ।