सहकारी ठगीमा मुछिए एमालेका अर्काे सांसद

सहकारी ठगी प्रकरणमा रवि लामिछानेसहितका एमालेकै कतिपय नेता तथा कार्यकर्ताहरु मुछिरहँदा अर्काे एमालेका सांसद समेत सहकारी ठगी प्रकरणमा मुछिएका छन् । प्रतिनिधिसभा सदस्य ऋषिकेश पोखरेलदेखि काँग्रेसका उपसभापति धनराज गुरुङसम्म यो प्रकरणमा जोडिरहँदा एमालेकै एक धनाढ्य सांसद झण्डै एक अर्व ठगी प्रकरणमा जोडिएको तथ्य बाहिर आएको छ ।

बिज्ञापन

नेकपा एमालेका अर्काे सांसद  सांसद देवीप्रकाश भट्टचन पनि सहकारी ठगी प्रकरणमा मुछिएका हुन । सहकारी ठगी प्रकरणमा मुछिएर रास्वपाको सभापति प्रहरी हिरासतमा पुगिरहँदा यस्तै ठगी प्रकरणमा मुछिएका हुन सांसद भट्टचन । एमाले पार्टीलाई आर्थिक साहयता गरेकै आधारमा समानुपातिक सांसद बनेका भट्टचनमाथि सहकारी ठगीको आरोप लागेको छ । भट्टचन लामो समयदेखि काँग्रेसी राजनीतिमा सक्रिय थिए । तर गत निर्वाचनमा नेपाली काँग्रेस त्यागेर एमाले बनेका हुन । काँग्रेससँगको झण्डै तीन दशक लामो सम्बन्ध तोडेर उनी निर्वाचनताका एमाले बनेका हुन ।

बिज्ञापन

बाग्लुङ स्थायी बासिन्दा भट्टचन काँग्रेसमा रहँदा शेरबहादुर देउवाले पार्टीको संगठन विभाग उपप्रमुख समेत बनाएका थिए । गोपालमान श्रेष्ठ विभाग प्रमुख हुँदा भट्टचन उपप्रमुख बनेका थिए । त्यस अघि ०७४ सालको निर्वाचनमा पनि समानुपातिका कोटामा जनजातितर्फ सूचीमा समावेश थिए । यस अघि ०४९ सालमा नेपाली काग्रेसकाबाट निर्विरोध जिल्ला विकास समिति सदस्य भएका उनी अन्तिममा एमालेमा प्रवेश गरेर सांसद भएका हुन ।यस अघि प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचन प्रभु बैंक, प्रभु लाइफ इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स, प्रभु क्यापिटल, प्रभु हेलिकप्टर, प्रभु मनि ट्रान्सफर, प्रभु पे, प्रभु टेलिभिजनलगायत १ दर्जन भन्दा बढी कम्पनी सञ्चालन गर्दै आएका व्यवसायी हुन ।

प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचन माथि ९८ करोड रुपैयाँ बढी ठगी गरेको आरोप लागेको हो ।  उनीविरुद्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले नै जाहेरी दिएको भेटिएको हो ।
भट्टचनविरुद्ध गत ११ असोजमै सरकारी वकिल कार्यालयले प्रहरीमा जाहेरी पठाएको थियो । तर जिल्ला प्रहरी परिसर, काठमाडौंले शक्तिको दबाबमा उक्त जाहेरीको अनुसन्धान अगाडि नबढाएको खुलेको छ । कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि कुसुम लामाले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको खुलेको हो ।
डिस होमका अध्यक्ष अध्यक्ष समेत रहेका भट्टचनमाथि यो प्रकरणमा अनुसन्धान अगाडि बढेको खण्डमा प्रभु बैंकका सिइओ अशोक शेरचन समेत तानिने स्थिति रहेको कारण यो प्रकरणलाई अगाडि नबढाउनका लागि प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नै चलखेल गरिरहेको बताइन्छ ।

बिज्ञापन

प्रभु म्यानेजमेन्ट प्रालिले विभिन्न पब्लिक कम्पनीहरूमा ६२ करोड हाराहारीमा लगानी गरेको देखिएको छ । जसमा म्यानेजमेन्टको सम्पूर्ण कर्जा रकम भट्टचनदेखि अशोक शेरचनले सासुका नाममा समेत लगानी भेटिने उक्त बैंकसँग जोडिएका कर्मचारीहरु बताउने गरेका छन् ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

पोखरा विमानस्थल ८ अर्ब घोटला : यी हुन अख्तियारले प्रतिवादी बनाएका मन्त्री,सचिव,सहसचिवसहितका ५५ प्रतिवादी

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्री र १० सचिवसहित ५५ जनाविरुद्ध अख्तियारको मुद्दा

खरिदार- उपसचिव तहका ४७२ को बेमौसमी खटन पटन, सरुवा माग्दै ७७ को निवेदन

यी हुन शाखा अधिकृतमा नियुक्तिका लागि सिफारिस भएका १७८ जना उमेद्धार

मानव चेतना र भौतिक जीवनको सन्तुलन

नागरिक उड्डयन प्राधिकरणः नेतृत्व चयनले ‘स्वार्थको द्वन्द्वको खतरा’

शाखा अधिकृतको अन्तिम नतिजा सार्वजनिक

बिधान विपरित बढुवा भन्दै उपाध्यक्ष ओलीको आपत्ति, ‘लाज पनि लाजाउने निर्णय’

बिशेष