कात्तिक महिनासम्मको तलब दिएर करारका कर्मचारी बिदा गर्ने तयारी

पोखरा महानगरपालिकाले करार सेवामा कार्यरत कर्मचारीलाई कात्तिक महिनासम्मको तलब दिएर बिदा गर्ने भएको छ । महानगरको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो ।
पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउनुपर्ने माग सहित कांग्रेसले महानगरमै तालाबन्दीको चेतावनी दिएपछि समस्या समाधान गर्न कार्यापालिका बैठक बसेको थियो उक्त बैठकले करार सेवाका कर्मचारीहरुको अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको छ । महानगरपालिकामा अहिले करारका कर्मचारीले भरिएका छन् ।

बिज्ञापन

लोकसेवा आयोगबाट दरबन्दी अनुसारका इन्जिनियर र ओभरसियर पठाइसकेको छ । सोही पदमा महानगरले पनि करारमा कर्मचारी भर्ना गरेपछि दोहोरो खर्च भएको भन्दै कांग्रेस विरोधमा उत्रिएको हो ।

बिज्ञापन

यही बिषयमा लफडा हुँदा काँग्रेस तालाबन्दीमै उत्रने अवस्था आएको थियो । तर मेयर धनराज आचार्य र कांग्रेस दलका नेता दिवसमान प्रधानाङ्गबीच भएको छलफलमा बिहीबार कार्यपालिका बैठक बसेर यस्तो निर्णय गरिएको महानगरपालिकाले जनाएको छ ।

कात्तिकपछि करार कर्मचारीको म्याद थप नगरिने बिषयमा सर्वसहमतबाट निर्णय भएको महानगरपालिकाले जनाएको छ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

समानुपातिकबाट ७७ महिला आउँदै,कुन दलबाट कति ?

बालेनको पहिलो काम: निजामती सेवा पुनर्गठन

रास्वपाको दुई तिहाइ पुग्न २ सिट कम, फेरि प्रचण्ड नै निर्णायक

संसदको नयाँ स्वरुप : ६ दल अस्तित्वमा,बढारिए ६ दल

भ्रष्टाचार मुद्धामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत,इन्जिनियर र लेखापाल दोषी ठहर

रास्वपाको जितसँगै कर्मचारी संगठनमा हलचल : संगठनका जिल्ला सचिव मैनालीको राजीनामा

निर्वाचन परिणाम विश्लेषण र आगामी योजना 

लोकसेवा आयोगले माग्यो ३५३ जना खरिदार (विज्ञापनसहित)

बिशेष