एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लियो : प्रभु साह

आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा सांसद प्रभु साहले नेकपा एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लिएको आरोप लगाएका छन् ।

बिज्ञापन

सिरहाको गोलबजारमा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा नेकपा एमालेले भाटभटेनीका सञ्चालकसँग खुलमखुला घुस लिएको आरोप लगाएका हुन् ।

बिज्ञापन

‘यो खुलमखुला घुस हो,’ उनले प्रश्न गरे, ‘यदि त्यसो होइन भने के उहाँले हामीजस्ता गरिब पार्टीलाई दान दिनुहुन्छ त ?’

`अर्वौको सम्पत्ति भएको, केन्द्रदेखि प्रदेश, पालिका सरकारमा सहभागी नेकपा (एमाले) लाई जग्गा दान गरि पार्टी कार्यालय बनाइदिने भाट्भटेनीका संचालक मिनबहादुर गुरुङले हामी जस्तो गरिब पार्टीको कार्यालय पनि बनाइदिए हुन्थ्यो नि ! अर्बौंको सम्पत्ति एक अरबपति पार्टीलाई दान गरिएको छ । दान त गरिब, असहाय, निमुखालाई पो गरिन्छ । प्रधानमन्त्री, मन्त्री, मुख्यमन्त्री,  मेयर भएको पार्टीलाई यो दान नभई खुलमखुल्ला घुस दिएको हो´ आजपा अध्यक्ष साहले भने ।

बिज्ञापन

एमालेसंग लाखौं सदस्य भएको अर्बपतिको पार्टी भएको बताउदै उनले सदस्यहरुबाटै १००/१०० रुपैयाँ चन्दा उठाएर पनि पार्टी कार्यालय बनाउन सक्ने  सक्थ्यो तर घुसमा पाएको जग्गा र कार्यालय पाएर एमालेजन रमाएको बताए ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

कागजमा मात्र ९३ प्रतिशत प्रगति,सचिव र डिजीको कार्यसम्पादनबाट मन्त्री रुष्ट

अबदेखि आधा सिलिण्डर मात्रै ग्यास,उपभोक्तावादीको आपत्ति

यस्तो बन्दैछ वालेन क्याविनेट,सामान्य प्रशासनमा ढकालको चर्चा

अर्थमन्त्री खनाललाई राष्ट्रियसभामा मनोनित गरिने ‘च्याप्टर क्लोज’

आयल निगममा कार्यकारी निर्देशक चण्डिकाको मनपरी: अख्तियारको अनुसन्धान पनि अन्तिम चरणमा

यस्तो छ उपसचिव बढुवाको संशोधित सूची

पूर्व आईजीपी सर्वेन्द्र खनाल र निर्वाचन आयोगका सचिव राउतसहित १० जनामाथि कर्तव्य ज्यान अनुसन्धान गर्न परमादेश

पशुपति पोखरेलको नयाँ सरकारलाई खुला पत्र, प्रशासनिक सुधार र कर्मचारी व्यवस्थामा तत्काल कदम चाल्न आग्रह

बिशेष