कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी इटालीको राजधानी रोम प्रस्थान गरेका छन् ।सोमबारदेखि सुरू हुने बैठक १८ अक्टोबरसम्म सञ्चालन हुने जनाइएको छ ।
बिज्ञापन
संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनको आयोजनामा हुने विश्व खाद्य मञ्चको बैठकमा भाग लिन मन्त्री अधिकारी नेतृत्वको प्रतिनिधिमण्डल आइतबार रोम प्रस्थान गरेका हुन् ।
बिज्ञापन
नेपाली प्रतिनिधिमण्डलले खाद्य सुरक्षा र खाद्य स्वच्छताका क्षेत्रमा गरेका कामका विषय मञ्चको बैठकमा प्रस्तुत गर्ने जनाइएको छ ।