यी १० स्थानीय तहमा अत्याधिक भ्रष्ट्राचार,पोखरा महानगरपालिकाको मात्र ३५९ उजुरी

भन्नलाई त भनियो गाउँगाउँमा सिंहदरवार तर सिंहदरबारको अधिकारमात्र होइन सिंहदरबारभित्र व्याप्त भ्रष्टाचार अहिले गाउँ गाउँमा सर्यो । यस्तै देखिन्छ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन केलाउँदा ।

बिज्ञापन

अख्तियारको पछिल्लो प्रतिवेदन अनुसार बर्षभरीमा त्यहाँ परेका ३६ हजार १८६ उजुरीमध्ये १९ हजार १०६ वटा उजुरी स्थानीय तह सँग सम्बन्धित रहेको छ । अर्थात यो आँकडाको आधारमा कुल भ्रष्टाचारमध्ये स्थानीय तहमा ५२ दशमलव ८० प्रतिशत हुने गरेको छ ।

बिज्ञापन

देशका ७५३ स्थानीय तहमध्ये १० वटा स्थानीय तहमा सबैभन्दा धेरै भ्रष्टाचार र अनियमितता हुने गरेको भन्दै उजुरी परेको छ । अख्तियारको प्रतिवेदन केलाउँदा पोखरा महानगरपालिकाका भए गरेका काम कारवाहीका बिषयलाई लिएर ३५९ वटा छन् । त्यहाँका मेयर छन्,धनराज आचार्य । दोश्रोमा मेयर बालेन साहले कमाण्ड गरिरहेको काठमाडौँ महानगरपालिकासँग सम्बन्धित २७५ भ्रष्टाचार तथा अनियमितता सम्बन्धी उजुरी परेका छन् ।
यस्तै,तेश्रोमा पचरौता नगरपालिका, चौथो सुवर्ण गाउँपालिका र पाँचौंमा मधेश प्रदेशस्थित जनकपुर उपमहानगरपालिकाका गतिविधि विरुद्ध १७६ वटा उजुरी अख्तियारमा परेका छन् । यस्तै हेटौंडा उपमहानगरपालिकाको काम कारवाहीसँग सम्बन्धित १२२ वटा उजुरी अख्तियारमा परेको छ ।

बढी भ्रष्टाचारको उजुरी पर्ने १० स्थानीय तहमध्ये छैटौँ नम्बरमा छिपहरमाई गाउँपालिका, सातौँमा कृष्णनगर नगरपालिका, आठौँमा जलेश्वर नगरपालिका, नवौँ स्थानमा राजपुर नगरपालिका र १० औँ स्थानमा हेटौँडा उपमहानगरपालिका छन् ।

बिज्ञापन

‘बढी उजुरी पर्ने १० स्थानीय तहमा स्थानीय तहविरुद्धका कुल उजुरीको ९ दशमलव ८ प्रतिशत छन् भने बाँकी स्थानीय तहसँग सम्बन्धित ९० प्रतिशतभन्दा बढी उजुरी रहेको अख्तियारले भनेको छ ।

यी उजुरी प्रतिशतमा केलाउँदा कुल उजुरीमध्ये पोखरा महानगर पालिकामा १ दशमलव ८८, काठमाडौँ महानगरपालिकामा १ दशमलव ४४, पचरौता नगरपालिकामा १ दशमलव २९ र सुवर्ण गाउँपालिकामा १ दशमलव १५ प्रतिशत उजुरी हुन आउँछ ।

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

सरकारी कर्मचारी काममा भन्दा बढी लोकसेवा पढ्नमा ब्यस्त देखिए: मन्त्री न्यौपाने

प्रकाशचन्द्र खतिवडाको कविता : साम्यवाद

पालिका अध्यक्षद्धारा गर्भवती महिलाको उद्धार

मन्त्री सुडी र सचिव बस्नेतबीच कार्यसम्पादन सम्झौता

शहरीमा भद्रगोल :दुई दर्जन कर्मचारी बरण्डामा, दर्जन कर्मचारीलाई दोहोरो जिम्मेवारी र निमित्त

बिशेष