नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पार्ने सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले आफ्नो प्रतिवेदन फिर्ता लिने भएका छन् ।
सर्वोच्च अदालतले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाशमा गएर उनको बिदाइ लगतै सर्वाेच्चका उपरजिष्ट्राले उक्त अभिव्यक्ति दिएका हुन । प्रधानन्यायधीश श्रेष्ठको पदावधि यही असोज १९ गतेसम्म पदावधि रहेपनि दशैंका अवसरमा भोलिदेखि अदालत बिदा हुने भएकाले हिजो उनको बिदाइ गरिएको थियो ।
बिज्ञापन
श्रेष्ठ अवकाशमा गएर उनको बिदाई टुंग्याए लगतै मध्यरातमा बारका उपरजिष्ट्रार घिमिरेले अब आफू कसैको प्यादा नबन्ने भन्दै प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको दबाबमा बारअध्यक्षविरुद्ध अवहेलना मुद्दा दर्ता गराउनु परेको संकेत गरेका छन् । उनले अदालत खुले लगत्तै आफ्नो भनाइसहित प्रतिवेदन फिर्ताको निवेदन दिने बताएका छन् । दशैं बिदाका कारण घटस्थपनादेखि कोजाग्रतसम्म अदालत बन्द रहने गर्दछ ।
बिज्ञापन
बारअध्यक्ष घिमिरेविरुद्धको पेसी कार्तिक १ गते तोकिएको छ । प्रधानन्यायाधीश श्रेष्ठका अनियमित र गैरसंवैधानिक गतिविधिको आलोचना गरेबापत अध्यक्ष घिमिरेमाथि अपहेलनाको मुद्दा चलाए लगतै बार र बेञ्चको द्धन्द उत्कर्षमा पुगेको छ ।
घिमिरेले मध्यरातमा लेखेका छन्,’म हिजोदेखि निदाउन सकेको छैन । जीवनभर प्रजातन्त्रको पछि लागियो । बा सधैं यसकै लडाइ लड्नुभयो,ु उनले लेखेका छन्, ुबार जनताको आवाज हो लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु । अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिनेछु । म कसैको प्यादा बन्न चाहिनँ ।’
बिज्ञापन