एक लाख धरौटीमा छुटे दुर्गा प्रसाई

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा बुझाएर रिहा भएका छन् । ९ दिन अगाडि पक्राउ परेका उनी अदालतको आदेशमा एक लाख धरौटी बुझाएर रिहा भएका हुन ।

बिज्ञापन

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले एक लाख धरौटीमा छोड्न आदेश दिएको हो । साइबर अपराधसम्बन्धी दुई वटा कसूरमा ५०–५० हजार रुपैयाँ धरौटी तिर्न आदेश भएको अदालतले जनाएको छ । काठमाडौँ जिल्ला अदालतले माग गरेको १ लाख रुपैयाँ धरौटी बुझाएर उनी मंगलबार बेलुका रिहा भएका हुन् ।

बिज्ञापन

राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीपछि गत असोज ६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६, कमेरोटारस्थित निवासबाटै पक्राउ परेका उनलाई विद्युतीय कारोबार ऐन, ०६३ को दफा ४७ को कसूरबमोजिम पाँच वर्ष कैद र एक लाख जरिवाना माग गर्दै जिल्ला सरकारी वकिल कार्यालयले हिजो अदालतमा मुद्दा दायर गरेको थियो ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

भ्रष्टाचार मुद्धामा मुख्य सचिवलाई उन्मुक्ति दिएको भन्दै सर्वाेच्च पुग्यो अख्तियार

“नाडा अटो शोमा फ्लाइङ कारको नाममा ड्रोन देखाएर ठगी, पूर्वसचिव उपाध्यायको टिप्पणी

दुई मन्त्री हेरफेर गर्ने तयारी,नयाँ नाम प्रधानमन्त्रीको गोजीमा

निजामती पुरस्कारमा ‘स्वार्थको द्धन्द’ : इमान्दार वञ्चित, नजिकका पुरस्कृत

‘सामान्य प्रशासन मन्त्रालयको काम कर्मचारी सरुवा बढुवा मात्र गर्ने होइन’

फ्लाइङ कार’ को नाममा ड्रोन देखाएर प्रधानमन्त्री ओलीसम्म झुक्याइयो

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

नाडा अटो शोको बदनाम खेल—उड्ने कार भन्दै ड्रोन प्रदर्शन

बिशेष