बाढीपहिरोमा परी एक सय २ को मृत्यु, बागमती प्रदेशकै ८५ जना

बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय जना २ जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपदमा परी १०१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौँ, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा बढी मानवीय क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सबैभन्दा बढी उपत्याकामा ज्यान गुमाएका छन् । जसमा काठमाडौंमा काठमाडौंमा २५,ललितपुरमा १८ र भक्तपुरमा ५ जना गरी ४८ जना काठमाडौं उपत्याकामै रहेका छन् । यस्तै काभ्रेमा १२,सिन्धुलीमा २, धादिङ २, मकवानपुर ७, सिन्धुपाल्चोक ९ जना, दोलखा ३,नुवाकोटमा १,सोलुखुम्बु ५, धनकुटा २,झापा १,सोलुखुम्बुमा ५ जनाले ज्यान गुमाएका प्रहरीको आँकडा छ । कोशी प्रदेशमा १५,मधेशमा २,बाग्गमतीमा ३७,उपत्याकामा ४८ गरी कूल १०२ जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।

बिज्ञापन

काठमाडौंमा एक हजार तीन सय २४, ललितपुरमा पाँच सय र भक्तपुरमा चार सय १७ गरी उपत्यकामा दुई हजार दुई सय ४१ घर डुबानमा परेका छन् । विपद्का घटनाको उद्धार र राहत कार्यमा काठमाडौँमा तीन हजार ६०, ललितपुरमा एक हजार एक सय र भक्तपुरमा तीन सय ५० जना प्रहरी खटिइएको उपत्यका प्रहरीका कार्यालयले जनाएको छ ।

गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको छ ।

बिज्ञापन

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

विचौलियालाई समाएर घुस्याहा कर्मचारीलाई उन्मुक्ति दिने तयारी

खरिदार र नायब सुव्वा तहका कर्मचारीहरुको सरुवा

एक लाख घुससहित रंगेहात पक्राउ परेका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्धा दायर

यस्ता छन् सचिव बैठकका निर्णयहरु

निर्वाचन आयोगले माग्यो ७ अर्ब ८१ करोड,अर्थले निकासा गर्ने भयो ५ अर्ब मात्र

अन्नपूर्ण बेसक्याम्पमा बाक्लो हिमपात, १ सय ८२ जना पर्यटकको उद्धार

निजामती प्रवेश : जुम्ला पहिलो,मनाङ शून्य,यस्तो छ ७७ वटै जिल्लाको पोजिसन

सचिव बनेको तीन महिना पछि श्रीमतीलाई नर्सिङ प्रशिक्षकमा ठाडो नियुक्ति

बिशेष